वार्तामा आउँन प्रधानमन्त्रि कोइरालाको विपक्षी दलहरुलाई लिखित आह्वान

आईतवार २५ माघ, २०७१   |   राजनीति

Print This   |   Font Size + -

  
माघ २५, काठमण्डौं ।
प्रधानमन्त्रि शुसिल कोइरालाले प्रतिपक्षि दलहलाई वार्तामा आउन लिखित आह्वान गरेका छन् । सत्तामा रहेका दल नेपाली कांग्रेस, नेकपा एमालेको एकपक्षिय आडमा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले जबरजस्ति संविधानसभामा बहुमतिय प्रकृया शुरु गरेपछि आन्दोलनमा लागेका दलहरुलाई आज प्रधानमन्त्रि कोइरालाले वार्ताका लागि आह्वान गरेका हुन ।
यसअघि भेटर र फोन मार्फत वार्तामा आउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका कोइरालाले विभिन्न तह र तप्काबाट सहमतिय आधारमा संविधान निमार्ण गर्न दबाब परेपछि वार्तामा बोलाउन तत्परता देखाएका हुन् । राष्ट्रिपति रामवरण यादवले प्रधानमन्त्रि कोइराला, एमाले अध्यक्ष केपी ओलीलाई शितल निवकासमा छुट्टाछुट्टै बोलाएर विपक्षी दलहरुलाई अलग राखि संविधान निमार्ण नगर्न ध्यानकर्षण गराएका थिए । राष्ट्रपति यादवले ध्यानकर्षण गराएपछि शनिबार बसेको कांग्रेस र एमालेको संयक्त बैठकले पनि विपक्षी दललाई वार्तामा बोलाउने निर्णय गरेको थियो ।
उता एमओवादीसहित विपक्षी दलहरुले भने संविधान निमार्णमा बहुमतियका लागि अगाढि बढेका सबै प्रकृया खारेज हुनुपर्ने बताएका छन् । उनिहरु अहिले आन्दोलनका लागि देशभर तयारीमा जुटेका छन् । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको मर्म अनुसार जातिय, वर्गिय, लैंगिक वा  क्षेत्रिय उत्पिडनमा परेका जनताको अधिकारको ग्यारेन्टि हुने प्रतिवद्धता नअएसम्म विपक्षी दलहरुले वार्तामा नबस्ने जनाएका छन् । आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपाल र नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने जनाए पनि अहिले सम्म कार्यक्रमहरु आएका छैनन् ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook