आदिवासी आन्दोलन नेपालद्धारा आन्दोलनका कार्यक्रम तय

सोमबार ०४ फाल्गुन, २०७१   |   राजनीति

Print This   |   Font Size + -


फागुन ४, काठमण्डौं । नेपाल आदिवासी जनजाति आन्दोलन नेपालले पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संविधान जारी गराउन दबाब दिन भन्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु तय गरेको छ ।
आज राजधानिमा बसेको आन्दोलन नेपालको बैठकले पुर्वदेखि पश्चिम सम्म पहिचान यात्रा, युवामार्चपास, देशका विभिन्न स्थानमा सभा गर्ने निर्णय गरेको आदिवासी आन्दोलन नेपालका सचिवलय सदस्य महासचिव निर्मल तामाङले जानकारी दिनुभयो । 
आन्दोलन नेपालले यहि फागुन ६ गते आदिवासी जनजाति उद्योग ब्यवसायीहरुसंग अन्तरकृया गर्ने, १० गते आदिवसाी जनजाति संघसंस्थाहरुसंग छलफल गर्ने कार्यक्रम तय गरेको छ भने १४ गते जनजाति युवामार्चपास गर्नेछ । १६ गते ३० दलिय मोर्चाले काठमण्डौंमा गर्ने भनिएको बृहत आमसभामा झाँकिसहित सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
त्यस्तै आन्दोलन नेपालले अन्तराष्ट्रिय समुदायसंग फागुन १८ गते अन्तरकृया गर्ने कार्यक्रम बनाएको छ । २६ गते काभ्रेको बनेपामा आमसभा गर्ने निर्णय भएको लामाले बताउनु भयो ।
आन्दोलन नेपालले यसअघि नै गर्ने भनेको पहिचान यात्रा भने फागुन २७ गतेबाट शुरु गर्ने जनाएको छ । पुर्वाको झापा बिर्तामोडबाट शुरु गर्ने  पहिचान यात्रा विभिन्न स्थानमा सभा गर्दै चितवनको नारायणगढमा पुगेर समापन हुनेछ ।
पहिचान यात्रका क्रममा मोरङको उर्लाबारी, धरान, सर्लाहीको लालबन्दि, बुटवल, धनगढि, हेटौडामा पहिचान सभा गरिनेछ भने चितवनमा पुगेर सकिनेछ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook