प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन हुने

मंगलवार १२ फाल्गुन, २०७१   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -


फागुन १२, काठमाडौं । प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन काठमण्डौंमा हुने भएको छ । नेपाल मगर संघको ३३ औं स्थापना दिवसका अवसरमा नेपाल मगर संघ र अन्तरािष्ट्रय मगर मञ्चको संयुक्त आयोजनामा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन हुन लागेको हो । नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अन्तराष्ट्रिय मगर सम्मेलनको बारेमा जानकारी दिएको हो । संसारभर छरिएर रहेका मगरहरुको सामुहिक सहकार्य र कार्यगत एकता गरी मगरात प्राप्तिका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने मगरहरुको विश्वास रहेको छ ।
फागुन १५ गते सम्मेलनको औपचारिक उद्घाटन हुने भएपनि ३३ औं मगर एकता दिवस तथा ४३ औं चिन्डिके डुप्के कार्यक्रमको अवसरमा फागुन १४ गतेदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने मगर संघले जनाएको छ । अन्तराष्ट्रिय मगर सम्मेलनमा १९ वटा विदेश शाखामध्ये १३ वटा शाखाका प्रतिनिधि सहभागी हुने नेपाल मगर संघका उपाध्यक्ष गंगा थापामगरले जानकारी दिए ।
मगरहरुको संस्कार संस्कृतिको जगेर्ना गर्ने, मगरात पहिचान प्राप्तिका लागि एकता पैदा गर्ने, सबैखाले विभेद र उत्पीडनको विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्ने लगायका उद्देश्यकासाथ स्थापना दिवस, चिन्डिके डुप्के एवं अन्तराष्ट्रिय प्रथम मगर सम्मेलनको आयोजना गरिएको नेपाल मगर संघको विज्ञप्तिमा उल्लेख छ । मगर संघ तथा मगर मञ्चको आयोजनामा फागुन १४ गते मैत्रिपूर्ण फुटबल, लिगलिग दौड, हाजिरी जवाफ प्रतियोगिता, लोकदोहोरी लगायतका कार्यक्रमहरु गरिने छन् भने फागुन १५ गते सांस्कृतिक झाँकीसहितको ¥याली वसन्तपुरबाट शुरु भई टुडिखेल प्रवेश गर्नेछ ।
सोही दिन दिनको १ बजे ३३ औं स्थापना दिवस, ४३ औं चिन्डिके डुप्के (वनभोज) कार्यक्रम २०७१ तथा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलनको उद्घान गरिने कार्यक्रम तय भएको छ । देशभरका ७३ मगर संघ जिल्ला शाखामध्ये ७१ जिल्ला शाखा नेपाल मगर संघमा आवद्ध छन् । नेपाल मगर संघ तथा मगर मञ्चको आयोजनामा हुने उक्त संयुक्त कार्यक्रममा सय वटा स्टल राखिने आयोजकले जनाएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook