पहिचानमा आधारित स्वायत्त प्रदेशको माग गर्दै युवा महासंघको राष्ट्रिय भेला सम्पन्न

सोमबार २१ पौष, २०७१   |   राजनीति

Print This   |   Font Size + -

पुष, २१, पहिचानमा आधारित स्वायत्त प्रदेश स्थापना गनुपर्र्ने लगायतका १३ बुँदे घोषणापत्र जारी गर्दै आदिवासी जनजाति युवा महासंघको राष्ट्रिय युवा भेला सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा सम्पन्न युवाहरुको राष्ट्रिय भेलाले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको घोषित कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आदिवासी जनजातिका सबैखाले हकअधिकार सुनिश्चतताका लागि भुमिका निर्बाह गर्ने उद्घोष गरेको छ ।

आदिवासी जनजातिहरुको हक अधिकारका प्राप्तिका निम्ती विद्यामान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक विभेदहरुको अन्त्य गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । भेलाले केन्द्रदेखि स्थानीय स्तरसम्म आदिवासी जनजातिहरुको पहिचान, संघीयता आदिको विपक्षमा बोल्ने कृर्याकलाप गर्ने, असहयोग गर्ने व्याक्तिहरुलाई खबरदारी, सचेत र आवश्यक संस्थागत, नैतिक, बौद्धिक, भौतिक कारवाही संचालन गर्ने विषय पारित गरेको छ । युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुनको अध्यक्षतामा तीनदिनसम्म चलेको भेला १३ बु“दे आदिवासी जनजाति युवा महासंघ, नेपालको नवलपरासी घोषणा पत्र २०७१ घोषणसंगै सोमबार सम्पन्न भएको हो ।


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook