जातीय संग्रहालयमा पहिचान विरोधी नेतृत्व चयन

आईतवार १७ आस्विन, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

जातीय संग्रहालयमा पहिचान विरोधी नेतृत्व चयन तस्विरः जीवन रानाको फेसबुक

 

काठमाडौं

नेपाल राष्ट्रिय जातीय संग्रहालयको असोज १४ गतेको पाँचौ साधारण सभाले टिकाराम चौधरीको अध्यक्षतामा तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपालको विविधतालाई संग्रहालयको माध्यमबाट प्रदर्शन गर्ने उद्धेश्यले कार्य सम्पादन गरिरहेको छ । तर संग्रहालयको यस पटकको पाँचौ साधारण सभाले नेतृत्व पहिचान विरोधीको पक्षमा गएको एक प्रतिनिधिले बताए । उनका अनुसार, ‘एमाले–राप्रपा–कांग्रेसका कार्यकर्ताहरू नै अधिकांश निर्वाचित भएका छन् ।’

उसो त कार्य समितिमा राजावादीदेखि पूर्व सभासद र वर्तमान सभासदहरू समेत रहेका छन् । पहिलो संविधान सभाका पूर्व सभासदहरू दालकुमारी सुनुवार र टासी स्याङ्बो गुरुङसेनी, पञ्चायतकालीन समयमा सोलुखम्बुबाट राष्ट्रिय पञ्चायत सदस्य आङ ङावा शेर्पा, राजावादी ताम्ला उक्याव कार्य समितिमा रहेका छन् । पहिचानको कट्टरविरोधी एमालेबाट दोस्रो संविधानसभाका सभासद प्रा. डा. गणेशमान गुरुङ समेत सदस्य रहेका छन् । अहिलेका अध्यक्ष टिकाराम चौधरी राप्रपाका केन्द्रिय सदस्य हुन् ।

उसो त एक÷दुई जना पहिचान पक्षधर पार्टीका पनि अपवादको रुपमा निर्वाचित भएका छन् । कोषाध्यक्ष इन्दिरा जिमी याक्खा र एक सदस्य सुकवीर थामी सङ्घीय समाजवादी फोरमका कार्यकर्ताहरू हुन् । तथापि अधिकांश एमालेका कार्यकर्ताहरू निर्वाचित छन् ।

संस्थाको उद्धेश्य विविधताको व्यवस्थापन र सहभागिताको, कार्य भने ‘मै खाउँ, मै लाउँ र सुखसयल मै मात्र गरुँ’ भन्ने उखानजस्तै आप्mनो मयार्दाको समेत ख्याल नगरी ‘सदस्य’मा मात्र टाँसिरहने कुरा आपैmमा हाँस्यासपद छ । 

अनौठो रहस्य

राजावादीदेखि सभासदसम्म मरिहत्ते गरेर समितिमा रहन किन प्रयास गरे भन्ने कुराको रहस्य अनौठो छ । पहिचानलाई खिसितिउरी गर्दै बाहुनवादी सत्ताको र्याल चातिरहेका डा. गणेशमान गुरुङ संस्थापक अध्यक्ष हुन् । तर पनि उनी अध्यक्ष छाडे यता निरन्तर सदस्यमा रहेका छन् । त्यस्तै अर्का व्यक्ति हुन् पूर्व अध्यक्ष आङ ङावा शेर्पा । शेर्पा पनि गुरुङकै शैली पच्छाएका छन् । स्थापनादेखि अहिलेसम्म विभिन्न पदमा फेरिदैँ–फेरिदैँ रहनेको एक लर्को नै छ । संस्थाको उद्धेश्य विविधताको व्यवस्थापन र सहभागिताको, कार्य भने ‘मै खाउँ, मै लाउँ र सुखसयल मै मात्र गरुँ’ भन्ने उखानजस्तै आप्mनो मयार्दाको समेत ख्याल नगरी ‘सदस्य’मा मात्र टाँसिरहने कुरा आपैmमा हाँस्यासपद छ । तर अर्को कुरा पार्टीको नेता कार्यकर्ताहरूलाई दुई÷चार हजारको काम दिन यो संस्था काफी छ । साधारण सभामा पेश भएको आर्थिक प्रतिवेदनले सो कुरा देखाउँछ । प्रतिवेदन अनुसार ५५ लाख २८ हजार ९ सय २४ रुपैयाँ संस्थामा रहेको देखिन्छ । संग्रहालयको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका पर्यटन तथा संस्कृति मन्त्री कृपाशुर शेर्पाले समेत आर्थिक अपारदर्शिता देखिएकोले यो आर्थिक वर्षमा संग्रहालयलाई बजेट निकासा नगरेको भनेर चकित पारे ।

नेपालका विभिन्न जातजातिहरूको सामाजिक, सांस्कृतिक तथा धार्मिक पक्षसँग सम्बन्धित अमूल्य निधिहरूलाई नेपालको नक्शाको आकृतिमा एकै थलोमा समेटिने अवधारणाअनुसार यस संग्रहालयको स्थापना भएको हो । २०५१ सालमा ‘ग्रामीण विकास संस्था’ स्थापना भएको संस्था नै २०५८ सालबाट मात्र ‘नेपाल राष्ट्रिय जातीय संग्रहालय’को नाममा रुपान्तरण भएको थियो । २०६७ जेठ ३० गतेको मन्त्रिपरिषद् निर्णय मुताबिक कीर्तिपुरस्थित चम्पादेवीमा करीब २ सय रोपनी जग्गामा धिमा गतिमा निर्माणाधीन अवस्थामा रहेको जातीय संग्रहालयमा यस संग्रहालयलाई सार्ने गरी १० वर्षका लागि मात्र पर्यटन बोर्डको २ वटा हलमा सञ्चालित रहेको छ ।


 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook