सर्वहारी सम्मानित

शनिवार ०७ कार्तिक, २०७२   |   कला र साहित्य

Print This   |   Font Size + -

सर्वहारी सम्मानित


घोराही
थारु पत्रकार संघका अध्यक्ष कृष्णराज सर्वहारीलाई घोराहीस्थित हर्चाली साहित्यिक समूहले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

समूहको दशौं साहित्यिक श्रृंखला तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष सर्वहारीलाई सम्मान गरिएको हो । सो अवसरमा केवी चौधरी, माधव अनुरागी, सीता चौधरी, विकास चौधरी, भुवन भाइ, प्रकाशप्रिय कुशुम्या, रोशन रत्गैंया, बालकृष्ण चौधरी, डा. तारालाल श्रेष्ठ लगायतले रचना बाचन गरेका थिए । चन्द्रप्रसाद चौधरी, बेझुलाल चौधरी तथा लक्ष्मीमान चौधरीले दशैंको अवसरमा गाइने बर्कीमार गाएर सुनाएका थिए ।

कार्यक्रममा पूर्व सभासद इन्द्रजित चौधरीले जारी संविधानमा थारुहरुको अधिकार सुनिश्चित नभएकोले आन्दोलन नरोकिने जनाए । एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेटमणि चौधरीले भने थारुका सबै माग पूरा भएकोले आन्दोलनको औचित्य नरहेको विचार राखे ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook