थाकसको राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माँगियो

आईतवार ०८ कार्तिक, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

थाकसको राष्ट्रिय भेलामा अध्यक्ष धनिराम चौधरीको राजीनामा माँगियो तस्विर जित थनैत

 

नवलपरासी

थरुहट आन्दोलनको समिक्षा गर्न थारु कल्याणकारिणी सभा (थाकस) को दुई दिने राष्ट्रिय भेलाको अन्तिम दिन  कार्तिक ९ गते नवलपरासीको अमलटारी होमस्टेमा बन्द सत्र शुरु भएको छ । जसमा थरुहट आन्दोलनको अगुवाइ गर्ने थाकसको केन्द्रीय नेतृत्व सेलाएकोमा जिल्ला प्रतिनिधिहरुबाट ब्यापक खोइरो खनिएको छ ।

थाकस बर्दियाका अध्यक्ष गोविन्द थारुले भने– टीकापुरको घटनाको जिम्मेवारी नलिई घुसपैठ भएको अभिव्यक्ति थाकस केन्द्रिय अध्यक्ष धनिराम चौधरीले दिनाले अहिले आन्दोलनकारीहरु पक्राउ परेका हुन् । यसको नैतिक जिम्मेवारी लिन अहिले पनि ढिलाइ गर्नुहुन्न । अध्यक्ष थारुले बर्दियाको मैनापोखरमा प्रहरीबाट प्रहरी नै मारिएपछि आन्दोलनकारीलाई पक्राउ गरिएकोमा सो कार्यक्रमको जिम्मेवारी आफूहरुले लिएकाले छुटाउन सफल भएको बताए । अर्को प्रसंगमा उनले भने– थाकसको राष्ट्रिय अध्यक्ष आफै जेल जानुपथ्र्यो, मुद्धाको डरले लुकेर बस्न पाइन्न । कि त पदबाट राजीनामा दिनुपर्छ ।

थाकस बर्दियाका अध्यक्ष गोविन्द थारुले भने– थाकसको राष्ट्रिय अध्यक्ष आफै जेल जानुपथ्र्यो, मुद्धाको डरले लुकेर बस्न पाइन्न । कि त पदबाट राजीनामा दिनुपर्छ ।

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट आन्दोलन मधेशीहरुको जस्तै अन्तर्राष्ट्रियकरण गर्न नसकिएकोले सरकारले आफूहरुले नपत्याएको बताए । उनले टीकापुरमा डेढ दर्जन घर जलेका थारुहरुको अवस्था बुझ्न थाकसको केन्द्रबाट कोही नगएकोमा दुःखेसो पोखे । उनले आन्दोलनबाट निराश नहुन आग्रह गर्दै प्रत्येक महिना प्रत्येक जिल्लामा बृहत आमसभा गरिनुपर्ने सुझाव दिए ।

थाकस बाँकेका आन्दोलनका प्रवक्ता गणेश थारुले आन्दोलनमा नआउने थाकसका केन्द्रिय अध्यक्षको राजीनामा माँगिनुपर्ने, नदिए विशेष अधिवेशन बोलाएर हटाइनसपर्ने राय राखे । थाकस कञ्चनपुरका प्रतिनिधि बलराम चौधरीले कैलालीलाई मात्रै भए पनि थरुहटमा मिसाइनुपर्छ भन्ने कही कतै आवाज उठ्ने गरेकोमा कञ्चनपुरलाई पनि कुनै हालतमा थरुहटबाट छुट्याउन नहुने बताए ।

थाकस देउखुरी क्षेत्रीय अध्यक्ष हिरालाल चौधरीले असली थारुहरु कैलालीका भएको टीकापुरको घटनाले देखाइदिएको बताए । उनले भने– टीकापुरको घटनाले थरुहट आन्दोलनलाई कमजोर होइन, उत्कर्षमा पु¥याएको अवस्था हो । अर्को प्रसंगमा उनले जिल्लाको आन्दोलन हाँक्न नसक्ने थाकस जिल्ला अध्यक्षहरुले पनि पद छाड्नु पर्ने जिकिर गरे ।  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook