बुद्ध सनेश साप्ताहिकको पहिलो बार्षिकी सम्पन्न

शनिवार २६ मंसिर, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

बुद्ध सनेश साप्ताहिकको पहिलो बार्षिकी सम्पन्न

कपिलबस्तु

कपिलबस्तुको गजेहडाबाट प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको पहिलो बार्षिकी मंसिर २६ गते एक कार्यक्रमको बीच मनाइएको छ ।

थारु तथा नेपाली भाषामा प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको बार्षिकीमा विभिन्न अतिथिहरुले निरन्तरताको शुभकामना दिएका थिए । प्रमुख अतिथि थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले कार्यक्रमको समुद्घाटन गर्दै थारु समुदायको बारेमा खोजमूलक समाचार, बिचारलाई प्राथमिकता दिन आग्रह गरे ।

सोही अवसरमा थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले श्याम बहादुर चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मानवअधिकारकर्मी सुशील चौधरीले बुद्ध सनेशलाई नियमित लेख पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाए । रुपन्देहीका गायक हरिनारायण चौधरीले पत्रिकालाई कपिलबस्तुमा सीमित नराखी आफ्नो जिल्लामा पनि पठाइए बिक्री बितरणमा सहयोग गर्ने बताए । थारु पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्रीनिवास चौधरीले थारु संचारकर्मी तथा कलाकारलाई आफ्नै समुदायबाट सम्मान नहुँदा यो पेशामा निरन्तरता नभएको बताए । बुद्ध सनेश साप्ताहिकका सल्लाहकार दोलख बहादुर पछाईले पत्रिका नेपाली भाषामा पनि प्रकाशित भइरहेकोले गैरथारुहरुको पनि राम्रो साथ रहेको जनाए । सो पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक श्याम बहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने स्तम्भकारदेखि विज्ञापनदाताहरु सम्मलाई सम्मान गरिएको थियो ।

थारु पत्रकार संघ पुनर्गठन

सोही अवसरमा थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले श्याम बहादुर चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अन्य पदाधिकारीमा उपाध्यक्ष उमाशंकर चौधरी, सचिव रन्जना रौतार, कोषाध्यक्ष सरिता चौधरी छन् । सदस्यमा सोनकली थारु, अनिता चौधरी, कल्पना चौधरी रहेका छन् । थारु पत्रकार संघ कपिलबस्तुका निवर्तमान अध्यक्ष सिताराम चौधरी तथा केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिए ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook