कारागारका बन्दीका मर्म

सोमबार २७ पौष, २०७२   |   राजनीति

Print This   |   Font Size + -

कारागारका बन्दीका मर्म

लक्ष्मण थारु

म अहिले धनगढी कारागारमा छुँ । त्यहाँ टीकापुर घटनामा थुनिएका ७ कक्षामा पढ्दै गरेका १३ बर्षिय नाबालाक करण थारूको कुराले मलाई अत्याएको थियो । अर्को दिन अर्काे युवकसंग कुराकानी गरें । शुरुमा उ बोलेन । गम्भीर भावमा दायाँ जाँघ देखायो । लहरै नौवटा गोली लागेको घाउहरू रातै थिए ।

– नाम के हो ?
– सुन्दरलाल कठरिया ।
– के भो ?
– पुलिसको गोली लाग्यो ।
– कहाँ पकडियो ?
– टीकापुर अस्पतालमा उपचार गर्दागर्दै पकडियो । कुट्नु कुट्यौ, अस्पतालमै ।
आँखाभरि आँसु लटपटिएको स्वरमा उनले मलाई भने,
– सर उपचार नभए नि हुन्छ । अब यातना दिन्छ कि दिदैन ?
म भाबुक भएँ । सास फुल्न थाल्यो । । तर बिश्वस्त पार्दै भने,
– म छु, कुट्यो भने भन्नु ।
उनको मुहार केही हँसिलो देखियो । अर्काे युवकलाई देखाउँदै भने– यसको नि चाकमै दश गोली लागेको छ ।
अचम्मित भएँ । धेरै लडाई लडे । तर दश गोली लागेर बाँचेकाहरू सायदै कम होलान् । आफ्नो आँखा अगाडि देख्दै थिएँ । चाकमा दश गोली लागेको युवकलाई सोधें ।
– के नाम हो ?
– राजकुमार कठरिया ।
मैले उनलाई धेरै नसोधी मुसारे मात्रै । उनको पीडा कम होस् चाहन्थे म । केही बेरमा आफै भन्न थाले ।
– हामीलाई त अस्पतालको बेडबाटै ल्यायो । डेली कुट्छ, कुन्नि कहाँ कहाँ दायाँ बायाँ सहीछाप नि गराउँछ ।

मैले उनलाई धेरै नसोधी मुसारे मात्रै । उनको पीडा कम होस् चाहन्थे म । केही बेरमा आफै भन्न थाले । – हामीलाई त अस्पतालको बेडबाटै ल्यायो । डेली कुट्छ, कुन्नि कहाँ कहाँ दायाँ बायाँ सहीछाप नि गराउँछ ।

मैले सोधे,
– अस्पताल कसले लगेको थियो ?
– रातो प्लस चिन्ह हरियो हाफ ज्याकेटमा देखे । अरु थाहा छैन ।
(पछि अरुलाई सोधे । रेडक्रसले अस्पताल पु¥याएको रहेछ)
– अरु के के भयो ?
राजकुमार कठरियाले अर्को युवा दिलबहादुर चौधरीलाई देखाउदै उनलाई सोध्नु सप्पै थाहा छ भन्यो ।
हेर्दा दुबै त्रसित । मतिर आए हतकडी सहित ।
– के के भयो ?
– अस्पतालमा खाना र कपडा दिन गाको । त्यहीबाट राम धुलाई गर्दै यहाँ ल्यायो ।
अदालतको त्यो अलि ठूलो कोठा, जहाँ हामी २२ जना थियौं ।

वाह न्यायालय । खाना, कपडा दिन गाको कुरुवा नि हत्या, अभियोगको कैदी रे । सबै मेरो वरिपरि झुम्मिए । सबैको फुंग उडेको मलिन अनुहार, त्रसित भाव हेर्दा यस्तो लाग्थ्यो । मानौं देशमा कुनै भीषण गृहयुद्ध छ र थारूहरू गलत धन्दामा संलग्न क्रुर मनुवा हौंं ।

वाह न्यायालय । खाना, कपडा दिन गाको कुरुवा नि हत्या, अभियोगको कैदी रे । सबै मेरो वरिपरि झुम्मिए । सबैको फुंग उडेको मलिन अनुहार, त्रसित भाव हेर्दा यस्तो लाग्थ्यो । मानौं देशमा कुनै भीषण गृहयुद्ध छ र थारूहरू गलत धन्दामा संलग्न क्रुर मनुवा हौंं 

काठमाण्डौ छँदा पत्रिका पढेका थिएँ, बर्दियाबाट एकजना शिक्षक पनि गिरफ्तार भएको । मैले सोधे,

– राम नरेश सर को हुनुहुन्छ ?
टाउकोमा हात राख्दै भने– म हो सर ।
– कहाँबाट ल्यायो ?
– स्कूलबाट ।
– कुन स्कूल ?
– बर्दिया नवप्रतिभा इंगलिस बोर्डिङबाट ।
– के गर्दै हुनुहुन्थ्यो ?
– क्लासमा पढाउँदै थिएँ ।
ती चक डस्टरसँगै गिरफ्तार भएका शिक्षकसंग कुरा गर्दागर्र्दै कैलाली थापापुर–६, योरचौराका भलमन्सा बिचमै बोले ।

– सर मेरो कुरा नि सुन्नु ।
    (उनी फटाफट भन्दै गए)
– घरमै सुतेको बेला, मध्यरातमा साले थारू नेता बन्छस् भन्दै कुट्दै ल्याए । म नेता सेता होइन, गाउँको भलमन्सा मात्रै हो भनें । यति भन्नसाथ पुलिसको हाकिम गर्जियो, सब थारू भलमन्सालाई छानि छानि मार्नु पर्छ ।
उनको दुबै आँखा रातो देखेर सोधें,
– आँखा के भयो ?
– डिएसपीले कुट्यो । दुबै कान राम्ररी सुन्दिन ।
उनलाई दिइएको यातनाको कुरा सुनेर मलाई मेरै कान बन्द भए जस्तो भयो । कति सुन्नु निर्दोषहरूलाई दिइएको क्रुर यातनाका दास्तान । जसलाई मात्र थाहा छ, बिगतको अन्याय र बन्ने लागेको संबिधानमा अरु जात्तिकै आफ्नो पनि हक अधिकार हुनु पर्ने कुरा ।

 डिएसपीले कुट्यो । दुबै कान राम्ररी सुन्दिन । उनलाई दिइएको यातनाको कुरा सुनेर मलाई मेरै कान बन्द भए जस्तो भयो । कति सुन्नु निर्दोषहरूलाई दिइएको क्रुर यातनाका दास्तान 

टीकापुर घटना जघन्य हो । प्रत्यक्ष संलग्नलाई कानूनको दायरामा लिनै पर्छ । तर यसैको बहानामा थारूहरूको पुस्तौ पुरानो सामाजिक सत्ता भलमन्सा प्रथा बदनाम गर्न किन खोजिदैछ ? किन शान्तिपूर्ण आन्दोलनमा सहभागी सर्बसाधारणको गिरफ्तारी र यातना ? अझ गम्भीर सवाल त घटनापछि टीकापुरमा थारूहरूको घर पसल, खोका, ठेला छानि छानि आगजनी किन गरियो ? त्यो पनि कडा कफर््यूको बीचमा । पछि पछि पुलिस, अघि अघि आगजनी गर्र्ने अखण्डका मनुवाहरू ।

यी र यस्ता हाम्रा गन्थन मन्थन अदालतमा दैनिक हुन्छ । एक दिन बन्दी कोठामा आयौं । रामप्रसाद चौधरीले भने,
– मलाई जनयुद्धको याद आयो ।
– माओबादी बन्नु भएको थियो ? (मैले सोधें)
– थिएन ।
– यातना र अरु कुरा सम्झिदा ।
– के के कुरा सम्झिदा ?
उनी हाम्रा टिममा सबैभन्दा बढी यातना पाएका ब्यक्ति थिए । उनले सरसरती भन्न थाले,

एउटा जमाना थियो । जतिबेला माओबादी कमजोर थियो । त्यसबेला सबका सब थारूहरूलाई माओबादी आरोप लगाइयो । हजारौ थारूलाई गिरफ्तार गरी यातना दिदै हत्या गरियो । पछिको समय जब राजाबादी कमजोर हुँदा सब थारूहरूलाई राजाबादीको आरोप लाग्यो

– एउटा जमाना थियो । जतिबेला माओबादी कमजोर थियो । त्यसबेला सबका सब थारूहरूलाई माओबादी आरोप लगाइयो । हजारौ थारूलाई गिरफ्तार गरी यातना दिदै हत्या गरियो । पछिको समय जब राजाबादी कमजोर हुँदा सब थारूहरूलाई राजाबादीको आरोप लाग्यो । आज हामी समाज, राजनीति बुझ्यौं । नेतृत्व गर्ने प्रयास गर्दा नि अर्काे बहाना पाए शासकहरू ।
रामप्रसादजीको भनाईले मलाई सोच्न बाध्य पा¥यो । समर्थन गरे उनको भनाईलाई । सम्झिन थाले धनगढीका सम्पूर्ण सरकारी कार्यालय । कुनैमा थारूहरूको पहुँच छैन । राणा, पञ्च र संकटकालिन एकाधिकारबादी सोच, चिन्तन, ब्यवहारमा कहि कतै परिबर्तन पाएको थिएनौ । उफ कस्तो देश, नयाँ संबिधानमा हामी छुट्यो भन्दा नि राम धुलाई ? त्यो नि थारू साले भन्दै ?
थारु कल्याणकारिणी सभाको कैलाली अध्यक्ष, उमेर साठी काटेका लाहुराम चौधरी मौन, तर बरबराउन सबैभन्दा अगाडि । केन्द्रमा आन्दोलनका अगुवाहरूले गरेको गल्ती र आन्दोलनको समायोजन गर्न नसकेकोमा उनी रिसाएको सोच्नै परेन । अझ आफ्नै अगाडि गोली लागेकाहरूलाई देख्दा उनी घरि घरि आन्दोलनको स्वरुपै बदलेर अघि बढ्ने कुरा सुनाउथे ।

भाग २
लक्ष्मण थारुको प्रकाशोन्मुख कृति सेक्स, युद्ध र जेलबाट


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook