चलचित्र महासंघको चौथो महाधिबेशन

विहिवार १६ भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

चलचित्र महासंघको चौथो महाधिबेशन

आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिबेशन भाद्र १८ गते शनिबार हुने भएको छ । आदिबासी जनजाति चलचित्रकर्मी हरुको छाता साझा संगठन २०६६ सालमा स्थापिना भएको थियो । चलचित्र बिकास बोर्डको सभाहल चाबहिल काठमाडौं मा सम्पन्न हुन लागेको महाधिबेशनको उद्घाटन सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्की ले गर्नेछन् । उद्घाटन समारोहमा नेपाल आदिबासी जनजाति महासंघ का अध्यक्ष नागेन्द्र कुमाल, आदिबासी तथा चलचित्र क्षेत्रका सांसद, आदिबासी जनजाति नेता, चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई चलचित्र जन्य संस्थाहरु, आदिबासी अभियन्ताहरु, देशभर बाट आदिबासी चलचित्रकर्मी हरुको सहभागीता रहने छ । २०४४ सालमा नेबारी भाषाको सिलु चलचित्र बाट निमार्ण सुरु भएको आदिबासी चलचित्र हाल सम्म आउदा बिभिन्न जाति समुदायका झण्डै ५५० भन्दा बढी चलचित्र निमार्ण भई सकेको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook