युद्धापराध अभियोग लागेको कर्णेल लामा निर्दोष सावित 

मंगलवार २१ भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

युद्धापराध अभियोग लागेको कर्णेल लामा निर्दोष सावित 

११ वर्ष अगाडि कपिलवस्तु, गोरुसिंगे व्यारेकमा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा बेलायतमा परिवार भेट्न जाँदा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको पक्षमा फैसला भएको छ । सेन्ट्रल लण्डनको ओल्ड वेलीस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा लामाको मुद्दाको सुनुवाई हुँदै आएको थियो । कर्णेल लामालाई जस्टिस स्वीनी नेतृत्वको इजालासले अभियोजनकर्ताको पक्षबाट पेश गरेको प्रमाणका आधारमा निर्दोष ठहर्याएको हो । संयुक्त राष्ट्र संघको शान्ति सेनामा खटिएको बेला दक्षिण सुडानबाट परिवार भेट्न बेलायत पुगेका लामा सन् २०१३, जनवारी ३ मा पक्राउ परेका थिए । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook