अपांग पुर्नस्थापना केन्दको आठौं अधिवेशन सम्पन्न

आईतवार २६ भाद्र, २०७३   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

अपांग पुर्नस्थापना केन्दको आठौं अधिवेशन सम्पन्न

मिङमा सिं तामाङ

काठमाडौं, २५ भदौं ।

अपांग पुर्नस्थापना केन्द्र नेपालको आठौं अधिवेशन सम्पन्न भएको छ । आज काठमाडौं गोकर्णस्थित केन्द्रमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुको पुर्नस्थापना कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुहुँदै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वाबलम्बन जीवन पद्धती केन्द्र काठमाडौंका अध्यक्ष गणेश के.सी.ले अपांगता भएका बालबालिकाको पुर्नस्थापनामा केन्द्रले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्नुहुँदै आफुहरु पनि केन्द्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता लालबहादुर लामाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । उच्चस्तरीय सहिद पार्क गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलले अपांगता भएका व्यक्तिहरुको लागि पुनस्थापना केन्द्रस्थापनामा स्थानीयहरुको सकारात्मक भुमिका रहेका स्मरण गर्नुुहुँदै केन्द्रलाई आवश्यक सहयोग गर्न आफुहरु सँधैं तयार रहेको बताउनु भयो । उद्घाटन समारोहलाई राष्ट्रिय अपांग पत्रकार संघका अध्यक्ष रविन थपलिया, केन्द्रका सल्लाहकार रामलाल श्रेष्ठ, सरोज चालिसे, समाजसेवी चन्द्रप्रकाश पौडेल लगायतले पुर्नस्थापना केन्द्रले नमुनायोग्य र अनुकरणीय काम गरिरहेको चर्चा गर्नुहुँदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

किपा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति आजै सर्वसम्मत चयन गरिएको छ । नयाँ कार्यसमिति उपाध्यक्षमा उर्मिला तिवारी, महासचिवमा अम्बिका हुमागाई, कोषाध्यक्षमा तेण्डी शेर्पा र सदस्यहरुमा शारदाप्रसाद आचार्य, सीतादेवी प्याकुरेल, हिराबहादुर मगर लगायत रहनु भएको छ ।

कार्यक्रममा केन्द्र संचालनको लागि सहयोग गर्नु हुने गोमा हुमागाई, सुभद्रा पौडेल, आशा मगर, दुर्गा खनाल, रमा थापा, दुर्गा खनाल, समाजसेवी गीता श्रेष्ठ, डा. सुशीलनाथ पाण्डे, मोहनकृष्ण श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । एसएलसी परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा सिलाई बुनाई तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष टंक तिवारी र संरक्षक उदय बहादुर लिम्बुको पनि उपस्थिती रहेको थियो भनें कार्यक्रम संस्थाका अध्यक्ष किपा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अधिवेशन उद्घाटन समारोह पछि आजै सम्पन्न बन्दशत्रबाट किपा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति आजै सर्वसम्मत चयन गरिएको छ । नयाँ कार्यसमिति उपाध्यक्षमा उर्मिला तिवारी, महासचिवमा अम्बिका हुमागाई, कोषाध्यक्षमा तेण्डी शेर्पा र सदस्यहरुमा शारदाप्रसाद आचार्य, सीतादेवी प्याकुरेल, हिराबहादुर मगर लगायत रहनु भएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook