श्रम मन्त्री भन्छन्– ‘गुरुङ हुँ, भेडी गोठाला नठानियोस’

मंगलवार १८ आस्विन, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

श्रम मन्त्री भन्छन्– ‘गुरुङ हुँ, भेडी गोठाला नठानियोस’

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले गत साता राजधानीमा आयोजना भएको एक कार्यक्रममा गजवको भाषण गरे । त्यसो त ताप्लेजुङका रैथाने सूर्यमान त्यसै पनि वाकपटुतामा नाम कमाएकै राजनीतिज्ञमा पर्दछन् । त्यसमा पनि मन्त्री भए पछि गरिने भाषण महत्वकै हुनु स्वभाविक हुन्छ । 

मुलुकका जानेमानेका गैरसरकारी संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय आप्रवासन सम्मेलनका क्रममा प्रमूख अतिथिको आसनबाट गरेको भाषण धेरै अर्थमा गतिलो थियो । किन भने पहिलो नम्बरमा उनले नेपाली मिडियाले गाली गर्न निकै समय लिए । त्यस पछि उनले अन्तरमन्त्रालयको समन्वयको पाटोमा पनि असन्तुष्ठि व्यक्त गरे । बाँकी उनकै पाटी नेपाली काँगेसको अस्तव्यस्थतालाई खोले र अन्तीममा ‘आफूलाई भेडि गोठालो गुरुङ’ नसम्झन धम्की दिए । 

मन्त्री गुरुङले मिडियामा आए जस्तो फि भिसा फ्रि टिकट रोक्ने कुनै प्रयास नगरेको स्पष्टीकरण दिए ।  तर अक्कलीहरुले फिभिसा र फ्रि टिकट कटौति गर्न लाग्यो भनेर प्रचार गरे । ‘श्रम तथा रोजगार आफनो लागि नयाँ विषय भएकाले जानकारी लिन खोज्दा मात्र पनि यस्तो कोकोहोलो भयो’,

निर्धारित समय भन्दा एक घन्टा ढिला आईपुगेका मन्त्री गुरुङले मिडियामा आए जस्तो फि भिसा फ्रि टिकट रोक्ने कुनै प्रयास नगरेको स्पष्टीकरण दिए । देशमा रेमिटेन्स घटिरहेको छ, केही कोणबाट बैदेशिक रोजगारमा जाने कामदार पनि घटेको तर्क गरिरहेका छन् । यो किन होला भन्ने मेरो प्रश्न थियो । तर अक्कलीहरुले फिभिसा र फ्रि टिकट कटौति गर्न लाग्यो भनेर प्रचार गरे । ‘श्रम तथा रोजगार आफनो लागि नयाँ विषय भएकाले जानकारी लिन खोज्दा मात्र पनि यस्तो कोकोहोलो भयो’, उनको भनाई थियो । 

आफूसंग सम्पर्कमा आएका धेरै मान्छेले अफगानिस्थान खोली दिन गरेको आग्रह गरेको प्रसंग झिक्दै मन्त्री परिषदको निर्णयबाट रोकिएको अफगानिस्थान मन्त्री परिषदले नै खोल्नु पर्ने जिकिर गरे । सामन्यतः मन्त्री परिषदको निर्णय गर्न विभागीय मन्त्री कै प्रमूख भूमिका हुन्छ । यसबारेमा भने उनले केही भनेन् ।  

उनले अधिकाँश समय बैदेशिक रोजगारका कुराले आफनो टाउको खाएको दिग्दारी व्यक्त गरी रहे । श्रम तथा रोजगार मन्त्री आफू भए पनि निर्णय अन्यत्रबाट नै हुने गरेको गुनासो गरे । उदाहरण दिदै उनले भने ‘व्यबस्थापिका संसदको श्रम समितिको बैठकमा दिन भरी बसियो, त्यहाँ कुनै निर्णय भएको थिएन, भोलि पल्ट बहराईनलाई बन्द गरेको समाचार आयो, भिसा, टिकट लिएको मान्छे छन्, सबै मकहाँ आए, ए बाबा ! मैले रोकेको होइन भन्छु मान्छेहरु पत्याउदैनन् । बल्ल बल्ल टिकट र भिसा लिएकालाई जान दिने भने पछि काम सल्टियो । यसरी श्रम तथा रोजगार मन्त्रालयको काममा अन्यत्रबाट पनि निर्णय हुन्छ ।’ 

‘व्यबस्थापिका संसदको श्रम समितिको बैठकमा दिन भरी बसियो, त्यहाँ कुनै निर्णय भएको थिएन, भोलि पल्ट बहराईनलाई बन्द गरेको समाचार आयो, भिसा, टिकट लिएको मान्छे छन्, सबै मकहाँ आए, ए बाबा ! मैले रोकेको होइन भन्छु मान्छेहरु पत्याउदैनन् । बल्ल बल्ल टिकट र भिसा लिएकालाई जान दिने भने पछि काम सल्टियो । यसरी श्रम तथा रोजगार मन्त्रालयको काममा अन्यत्रबाट पनि निर्णय हुन्छ ।’ 

कहिले संसदीय समितिले र कहिले परराष्ट मन्त्रालयले आफूलाई अप्ठ्यारो पार्ने गरेको बताउँदै श्रम तथा रोजगार मन्त्रालयको काम कारबाही एउटा सिस्टममा ल्याउने सफल हुन नसेकाकेमा दिग्दारी व्यक्त गरे । तर उनले आफूलाई असफल बनायन खोज्नेहरु नै पछि असफल हुने ठोकुवा गर्दै नेपालमा ‘बाघलाई मुसा र मुसालाई बाघ बनाउने’ प्रबृत्ति हाबी भएको किस्सा सुनाएर हसाए । देश भूटानीले चलाएको गाडी जस्तो भएको कथा सुनाउँदै सबै काम सिस्टममा नभएर भएको निश्कर्ष दिन भ्याए । उनी भन्दै थिए ‘मेची राजमार्गको ट्रयाक खोलिए पछि ताप्लेजुङको फुङलिङमा एकजना भूटानीले ट्रक पु¥याएका थिए । भूटानी भए पछि उनको लाइसेन्स, बिलबुक आदि इत्यादी हुने कुरै भएन, गाडीको हालत पनि त्यस्तै थियो । खराव बाटोका कारण सुरुमा नै तेलको ट्याँकी फुटि सकेको थियो, लाईटहरु पनि जलि सकेका थिए । अन्त्यमा जर्किनमा तेल हालेर जर्किनलाई हुटमा राखेर पाईपद्धारा तेल पास गराईयो भने लाईटको काम राँको बालेर गरियो ।’ उनले देशको हालत यस्तै भूटानीको ट्रकजस्तो भएको उपमा दिएका थिए । 

हरेक दुईबर्षमा सुरक्षित आप्रवासनका विविध क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरुको सम्लग्नतामा हुने आप्रवासन दिवसका आयोजक तिर फर्केर सम्मेलनको निर्णय आफूलाई मान्य हुने बताए । मन्त्रालयमा आफूले सबै बिज्ञता तथा स्वतन्त्रपूर्वक काम गर्न कर्मचारीहरुलाइ अराएको तर यस स्वतन्त्रताको दुरुपयोग भएमा चुप नलाग्ने भनेको स्मरण गर्दै गुरुङको छोर त हो तर भेडी गोठालो गुरुङ नसम्झन पनि सुझाए । 

श्रम मन्त्री गुरुङको सम्बोधनको मोटामोटी भनाई यति नै हो तर यस भनाईले नेपालको श्रम क्षेत्रमा मौलाएको बेथिति तथा आपुङगेबादको चित्रण गर्दछ । उनले आफनो सम्बोधनका क्रममा नेपालमा श्रम संम्बन्धी समस्यालाई समाधान गर्ने कुनै नौलो कुरा गरेनन् । तर चुनौतिका सम्भावित क्षेत्रहरु भने प्रष्ट नै भने । बैदेशिक रोजगारलाई व्यबस्थित गर्न नसकेको त बताए तर व्यवस्थि तगर्ने कायोजना केही पनि सुनाएनन् ।  यहाँसम्म कि दलाल र एजेन्टको चक्रव्युहका बारे मशसुष भएको तर त्यहाँबाट बाहिर आउने बाटो देखि नसकेको बताएर अचम्ममा पारे । 
गत असोज ११ र १२ गते राजधानी काठमाडौमा राष्ट्रिय आप्रवासन सम्मेलन आयोजना गरिएको थियो । एशियन फोरम, एडव्लुओ इन्टरनेशनल, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी), इसिमोड, आइएलओ,  आइओएम, माइति नेपाल, निड्स,  सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जाल, पौरखी नेपाल, सुरक्षित आप्रवाशन परियोजना (सामी)÷हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, टेरेडे होमस, दि एशिया फाउण्डेशन, युएन ओमनलगायतका अन्तराष्ट्रिय संघ संस्थाको आयोजनामा भएको सम्मेलनले पाँच पृष्ठ लामो निश्कर्ष र सुझाव निकालेको छ । 

बैदेशिक रोजगारमा सीपयुक्त जनशक्ति पठाउने भनेर जतिसुकै खोके पनि देशमा तालिमको कुनै पूर्वाधार छैन रहेछ ।  लोकतन्त्रमा सबै नागरिक, सबै संस्था जवाफदेही हुन्छन् भनेर नेताहरु भन्थे, अहिले लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । त्यतिले नपुयेर संघियता, धर्म निरपेक्ष र समाबेशी संविधान पनि आयो । तर खोइ त जवाफदेहिता ?

बैदेशिक रोजगारमा अनगिन्तिी समस्या छन् । वैदेशिक रोजगारलाई बेरोजगारी समस्या न्यूनीकरण गर्ने आकर्षक विकल्प बनाउने पनि धेरै भईसकेको छ । देशका सबै आधिकारिक दस्ताबेजहरुमा वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दाे बनाउने भन्ने नै बाक्य परेको हुन्छ । तर पनि यो क्षेत्र धेरै नै लथालिङ्गको अवस्थामा छ ।  मुलुकको अर्थतन्त्र तथा जनजिवनमा वैदेशिक रोजगारले उल्लेख्य परिवर्तन ल्याएको भएपनि बैदेशिक रोजगार समस्यारहित हुन किन सकिरहहेको छैन ? यो प्रश्नले मन्त्री गुरुङको भाष सुने पछि अरु जिज्ञाशा बढेको छ । 

सम्मेलनले मूलतः केही बुँदालाई आफनो निश्कर्ष बाक्य भनेको छ । जस्तो ः वैदेशिक रोजगार व्यवसायीहरुको गुणात्मक भन्दा संख्यात्मक बृद्धि,यसको पहिलो कारक तत्व हो । त्यसैगरी गन्तव्य मुलुकका रोजगारदातासंग सिधा पहुंचको अभावलाई पनि समस्याका रुपमा चित्रण गरेको छ । वैदेशिक रोजगारलाई नियमन गर्ने संरचना नै व्यवस्थित हुन नसक्नुलाई पनि समस्याको रुपमा औल्याएको छ । तर समस्या यति मात्र होइन, बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने अभियानमा लागेकाहरु नै समस्याको गपहराई प्रति कति सचेत छन् भन्ने मूल प्रश्न हो । किन भने बैदेशिक रोजगारको ढाँचा र सूचना प्रबाहको अवस्था झन्डै झन्डै सून्यको स्थितिमा छ । केही स्थान बिशेषमा कुनै कुनै संस्थाले समूह बनाएका होलान, तर सामुदायिक पचिालन अझ समाजलाई नै सचेत गर्ने कार्य सुरु नै भएको छैन । 

त्यही सम्मेलनको दौरानमा के थाहा भयो भने बैदेशिक रोजगारमा सीपयुक्त जनशक्ति पठाउने भनेर जतिसुकै खोके पनि देशमा तालिमको कुनै पूर्वाधार छैन रहेछ । प्राविधिक तालिम तथा व्यबसायीक शिक्षा परिषदका एकजना जिम्मेवार पदाधिकारीले नै नेपालमा तालिम दिने जनशक्ति नै उत्पादन नभएको बताएका थिए । उनले त्यति मात्र भनेन् तालिमका लागि गुणस्तरीय पाठ्यक्रम नै तयार नभएको बताएर निराशा व्यक्त गरेका थिए । समग्रतामा सम्मेलनमा जे भनिएता पनि जवाफदेहिताको यो लाचार स्वरुप हो । लोकतन्त्रमा सबै नागरिक, सबै संस्था जवाफदेही हुन्छन् भनेर नेताहरु भन्थे, अहिले लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । त्यतिले नपुयेर संघियता, धर्म निरपेक्ष र समाबेशी संविधान पनि आयो । तर खोइ त जवाफदेहिता ? सूर्यमान गुरुङहरुले दिग्दारी व्यक्त गर्नू कुनै अनौठो घटना होइन । यसको उयटै उपाय सामाजिक जवाफदेहिता नै हो । वैदेशिक रोजगारमा सामाजिक जवाफदेहिता खोज्न कै हामी सबै तयार छौ ? 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook