एक सैद्धान्तिक दृष्टिमा दसैं र वैकल्पिक प्रस्ताव

सोमबार २४ आस्विन, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

एक सैद्धान्तिक दृष्टिमा दसैं र वैकल्पिक प्रस्ताव

डीबी आङ्बुङ

दसैं चाड कसको हो र होइन बारे निक्कै नै बहस भइसक्यो । यो बहसले दशैं हिन्दू धर्मावलम्बी क्षेत्री–बाहुन जातिको मौलिक सांस्कृतिक चाड भएको र यहाँका रैथाले आदिवासी जनजातिहरूसँग खास धार्मिक–सांस्कृतिक सम्बन्ध नभएको कुरा प्रष्ट गरेको छ ।

१. लेखसार

दसैं चाड कसको हो र होइन बारे निक्कै नै बहस भइसक्यो । यो बहसले दशैं हिन्दू धर्मावलम्बी क्षेत्री–बाहुन जातिको मौलिक सांस्कृतिक चाड भएको र यहाँका रैथाले आदिवासी जनजातिहरूसँग खास धार्मिक–सांस्कृतिक सम्बन्ध नभएको कुरा प्रष्ट गरेको छ । यति हुँदाहुँदै पनि जब दशैं चाडको समय आउँछ तब किन र कसरी यसलाई अझै पनि समग्र नेपालीको राष्ट्रिय चाडकै रौनक दिइन्छ र सबैलाई प्रत्यक्ष वा परोक्ष रुपमा मान्नै पर्ने या मानेको जस्तै ने हुने अवस्था सिर्जना हुन्छ वा गरिन्छ ? साथै, अहिन्दू मौलिक किरात (युमा?) तथा बुद्धिष्ट धर्मावलम्बीहरूले यसलाई कसरी सही विकल्प दिएर जान सकिएला भन्नेबारे थप बहसका लागि केही छलफल गर्न–गराउन खोजिएको हो ।

२. दसैंको मिथकबारे छोटो कुरा

हुन त सबै मिथकहरू वास्तविकत हुँदैनन् । कुनै न कुनै रुपमा कथिएक कथा हुन् । यसको अभिप्राय कुनै जाति वा समाजलाई केही ज्ञान दिनु हुन्छ । कसैको विरुद्ध केही धारणाहरू निर्माण गर्न हुन्छ । अझ, कुनै जातीय समुदायदले अर्को जाति वा समुदायमाथि राज्य गर्नलाई निर्माण गरिएको भाष्य वा न्यारेटिभ्स हो । कसैको दिमागलाई जबर्जस्त मोड्न वा एकपक्षीय बनाउन बुनिएक तानाबानाहरू हुन् । यद्यपि, कथाहरू बनावटी नै भएपनि त्यसका घट्नावस्तु, परिस्थिति वा पात्रहरू भने कुनै ऐतिहासिक कालखण्डका विशेष परिस्थिति वा स–साना घट्नाहरूलाई आधार मानेर तानतुन गरी आफ्नो स्वार्थ अनुकूल व्यापक बनाई पूर्णरुप दिइएका हुन्छन् । अझ यसलाई अनेक देवी देवताका उपमासँग संयोजन गरेर स्वतः स्वीकार गर्नुपर्ने र विरोध गर्नै नमिल्ने अवस्थता सिर्जना गरिएको हुन्छ ।

सबै मिथकहरू वास्तविकत हुँदैनन् । कुनै न कुनै रुपमा कथिएक कथा हुन् । यसको अभिप्राय कुनै जाति वा समाजलाई केही ज्ञान दिनु हुन्छ । कसैको विरुद्ध केही धारणाहरू निर्माण गर्न हुन्छ । अझ, कुनै जातीय समुदायदले अर्को जाति वा समुदायमाथि राज्य गर्नलाई निर्माण गरिएको भाष्य वा न्यारेटिभ्स हो ।

३. दसैंलाई एक सैद्धान्तिक दृष्टिले नियाल्दा

मिथक निर्माणको चरणलाई सिद्धान्ततः ह्याबिटस वा डोक्सा निर्माणको चरणको रुपमा बुझ्न सकिन्छ । विद्वान पीर्रे बर्दिउ (बुर्दुवा) का अनुसार यो ह्याबिटस निर्माणको चरण यस्तो अवस्था हो जुन समाजमा बर्चश्वशाली जातीय समुदया वर्गले निर्माण गरेका विभिन्न मुल्य मान्यताहरूलाई थाहै नपाई पछ्याउन वा मान्न बाध्य पारिएका हुन्छन् । यो कुरालाई मान्ने अरु वा आफ्नै समुदायले पनि त्यो कुरा सत्य र ठीक होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि मान्न अभिषप्त भइसकेका हुन्छन् । विस्तारै एक पुस्तादेखि अर्को पुस्ताले त झन अन्धाधुन्ध नै मान्न वा पछ्याउन थाल्दछन् । त्यस्तै डोक्सा भन्नु पनि मानिसको दिमागमा घुसाइएको यस्तो विश्वास हो कि जसले मन र शरीरलाई नै नियन्त्रण गरिसकेको हुन्छ । त्यसको अभिव्यक्ति स्वतः हुन थाल्दछ । यस्ता कुराहरू विशेषतः कुनै धार्मिक वा सांस्कृतिक मुल्य मान्यताबाट ग्रहण गरी लिइएका हुन्छन् । यी कुराहरू कुनै व्यक्ति, समाज, वा समुदायको एकल वा सामूहिक विचारणलाई नियन्त्रण गरी कुनै कुरामा अन्धाधुन्य विश्वास गर्न वा आस्था जगाउन बाध्य पार्नका लागि सिर्जना गरिएका हुन्छन् । जस्तै, दसैंप्रति नेपाली जनमानसमा सिर्जना हुने आत्मगत वा वस्तुगत कुराहरूलाई यही ह्याबिटस वा डोक्सा निर्माणको रुपमा लिन सकिन्छ ।

दसैं भन्ने बित्तिकै यसलाई आत्मसात गरी मनाउने हिन्दूजनको मानसपटलमा उब्जिने काल्पनिकी र अहिन्दू किरात वा बुद्धिष्टजनमा उत्पन्न हुने कल्पनाबीचमा पनि पृथकता हुन्छ । एक हिन्दूजनमा यसको जति गहिरो प्रभाव रहन्छ अहिन्दूजनमा त्यस्तो प्रभाव नहुन सक्छ ।

दसैं भन्ने बित्तिकै यसलाई आत्मसात गरी मनाउने हिन्दूजनको मानसपटलमा उब्जिने काल्पनिकी र अहिन्दू किरात वा बुद्धिष्टजनमा उत्पन्न हुने कल्पनाबीचमा पनि पृथकता हुन्छ । एक हिन्दूजनमा यसको जति गहिरो प्रभाव रहन्छ अहिन्दूजनमा त्यस्तो प्रभाव नहुन सक्छ । हिन्दूजनको सोप्रतिको आस्था धार्मिक, सांस्कृतिक र आध्यात्मिक वा आत्मगत तहरमा परेको हुन्छ भने अहिन्दूजनमा केवल कुनै वस्तु वा घट्नासँग सम्बद्ध सम्झनाहरू मात्र रहन सक्दछन् । अहिले अहिन्दू किरात वा बुद्धिष्टजनको दशैंप्रतिको काल्पनिकी आत्मगत तहको नभएर केवल वस्तुगत तहको मात्र हो । अर्थात् भेटघाट तहको मात्र हो । तर, हिन्दूका लागि त्योभन्दा भिन्न र धेरै कुरा हो । यो हिन्दूजनका लागि महासंग्राम नै हो । शक्ति प्राप्त गर्ने, आफ्नो धार्मिक सांस्कृतिक र राजनीतिक सत्तालाई अझ मजबुत र सशक्त पार्ने महाआन्दोलन नै हो । अर्थात् त्यो समुदायको लागि यो पहिचानको लडाइँ नै हो । जसमा राज्यले र अहिलेको पुँजीवादी तथा नवउदारवादी अर्थतन्त्रले पनि पूर्णतः सघाएको छ, उक्साएको छ, जुन हिन्दू समुदायकै लागि पनि त्यति लाभदायक भने छैन ।

विद्वान पीर्रे बर्दिउ (बुर्दुवा) कै अभ्यस्तताको सिद्धान्त (प्र्याक्टिस थिअरी) अनुसार ह्याबिटस वा सो डोक्साको निर्माण चरणपछि अर्थोडोक्सी निर्माणको चरणमा जान्छ । यस चरणमा सो शक्तिशाली वा शक्तिमा पहुँच भएको जाति, समुदाय वा वर्गले जबर्जस्त शक्तिको आडमा आफ्नो धर्म, संस्कृति र आस्थाको आधारमा बनेको डोक्साकै जगमा विभिन्न नियम कानुनहरू बनाई ती आफ्ना मूल्य मान्यताहरू अरु सबै जाति वा समुदायमा कानुनतः लाद्न कोसिस गर्दछन् । नमान्नेलाई कानुनी रुपमै दण्ड वा सजाय हुन्छ । नेपालको सन्दर्भमा अझैसम्म विद्यमान मुलुकी ऐनको निर्माण र यसका विभिन्न प्रावधानहरू यसैका ज्वलन्त उदाहरण हुन् ।

अहिलेको नेपालको संघीयता संरचना त्यस्तो छ । अर्को चरणमा कथित् राष्ट्रवादको भाष्य निर्माण गरी सोप्रति खतरा र चुनौती आएको भन्दै देशद्रोही वा विखण्डनकारीको बिल्ला भिराएर सोझै नरसंहार पनि गर्न पछि हट्दैनन् । लिम्बुवान, थरुहट र मधेशको आन्दोलनमा देखिएका राज्यको ज्यादतिपूर्ण घट्नाहरूबाट यो सङ्केत पाउन सकिन्छ ।

यसमा भएको मान्छेलाईभन्दा पनि उच्च अधिकार र सम्मान दिएर राखिएको गौ हत्याको प्रावधान अहिन्दूहरूलाई ठेगान लगाउन वा हिन्दू संस्कृतिको सर्वोच्चलाई कायम गराउन नै हो । डोक्सा अवस्थाको चरणमा विरोध नगरी स्वतः स्वीकारिएका मुल्य मान्यताहरू यस अर्थोडोक्सीको चरणमा आएर नियम कानुननै बनाई लाद्न थालेपछि उत्पीडित पक्षले यसमा विरोध जनाउन थाल्दछन् । बहिष्कार गर्न थाल्दछन्. । पहिले पञ्चायत कालसम्म स्वतः स्वीकारिएको दसैं चाडलाई बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको चरणमा आएर अहिन्दू उत्पीडित जनताले आफूप्रति लादिएको एकपक्षीय दसैंको विरोध गर्नु यो अर्थोडक्सीको चरण हो । यो चरणमा शासक जाति वा उत्पीडक संस्कृतिले आफ्नो वर्चश्व कायम गर्न विभिन्न तर्कहरू पेश गर्ने गर्दछन् । त्यस्तै त्यसका विपक्षीहरूले पनि त्यसको विरुद्धमा आफ्न तर्क र प्रमाणहरू पेश गर्दछन् । यहाँ तर्क वितर्क हुन्छ, बहस छलफल हुन्छ । यसले वास्तविकताहरू उदाङ्गो हुँदै जान्छ । अहिले दसैंप्रति विभिन्न फोरुम र सञ्जालमा भएका तर्क वितर्कलाई यही रुपमा लिन सकिन्छ ।

अर्थोडोक्सी तहको बहस, छलफल, तर्क–विर्तक र यसका लागि गरिएका गहन अध्ययन वा चिन्तन मननले विपक्षी पीडित जाति वा समुदायहरू एक वैकल्पिक निष्कर्षमा पुग्दछन्, पुग्नुपर्दछ । यो निष्कर्षले डोक्सा र अर्थोडोक्सी तहका संज्ञान र भाष्यहरूलाई चुनौती दिँदै नयाँ समाधानका विकल्पहरू सार्दछन् । सो प्राप्तिका लागि सामूहिक सङ्घर्ष र आन्दोलन नै गर्दछन् । यो हेटेरोडोक्साको चरण हो । यो चरण भनेको बहुल सत्य वा वास्तविकताहरूलाई महशुस गर्ने, स्वीकार्ने र आत्मसात गर्ने चरण हो । यस चरणमा पुगेर डोक्सा र अर्थोडोक्साको तहमा जबर्जस्त सिर्जना गरिएका भाष्य र ऐन् कानुनहरूले काम नगर्ने भएपछि बहुल जाति, संस्कृति र सत्यतालाई अन्ततः स्वीकार्दै वर्चश्वशाली शासक वा उत्पीडक वर्गहरू एक विन्दुमा आएर सम्झौता गर्द बाध्य हुन्छन् ।

किरात र बुद्धिष्टहरूले दसैंको विकल्पमा आफ्ना चाडबाडहरूलाई बढावा दिँदै लगेका छन् । विभिन्न सङ्घर्षका स्वरुपहरू तय गर्न खोजेकासम्म छन् ।

दर्सैको सन्दर्भमा भएको बौद्धिक वा वैचारिक सङ्घर्ष यस चरणमा पुग्ने कि नपुग्ने सङ्क्रमणमा छ अहिले । किरात र बुद्धिष्टहरूले दसैंको विकल्पमा आफ्ना चाडबाडहरूलाई बढावा दिँदै लगेका छन् । विभिन्न सङ्घर्षका स्वरुपहरू तय गर्न खोजेकासम्म छन् । तर, ती सङ्घर्षहरू संयुक्त, एकीकृत र सशक्त भने हुन सकेका छैनन् । यसका लागि आधारभुत वैचारिक वा आत्मगत तयारीहरू परिपक्व रुपमा भएका छैनन् । वस्तुगत तयारी र चुनौतीका बारेमा गम्भीर विश्लेषण सहितको तयारी पुगेको छैन । यही बेला, अहिलेको मध्यम वर्गीय पुँजीवादी समाज, नवउदारवादी अर्थनीति र विश्वव्यापीकरणको प्रभावले यस्ता सङ्घर्षमा थप सहजता र असहजताहरू समेत थपिएका छन् । यी पक्षहरूलाई मिहिन रुपमा विश्लेषण गरी सोही अनुसारका संयोजन र प्रतिरोधका उपायहरू अवलम्बन गर्न सकिएको छैन ।

यस्तो तयारी राम्रो नगरी गरिएका सङ्घर्ष वा विद्रोहहरू आत्मघाती मात्र पनि हुन सक्छन् । शासक वर्गले उत्पीडित पक्षका यस्ता माग र विकल्पहरूलाई सुरुमा वास्ता नै गर्दैनन् । पछि वास्ता गरे पनि सीधै अस्वीकार वा निषेध गर्दछन् । त्यसपछि जे मागेको हो त्यो पूरा नगरी अर्कै विकल्पले प्रतिस्थापन गर्न खोज्दछन् । जस्तै, अहिलेको नेपालको संघीयता संरचना त्यस्तो छ । अर्को चरणमा कथित् राष्ट्रवादको भाष्य निर्माण गरी सोप्रति खतरा र चुनौती आएको भन्दै देशद्रोही वा विखण्डनकारीको बिल्ला भिराएर सोझै नरसंहार पनि गर्न पछि हट्दैनन् । लिम्बुवान, थरुहट र मधेशको आन्दोलनमा देखिएका राज्यको ज्यादतिपूर्ण घट्नाहरूबाट यो सङ्केत पाउन सकिन्छ ।

४. पहिचानको आन्दोलन र एकात्मक दसैं

नेपालमा पहिचानका लागि सङ्घर्षरत् आदिवासी जनजातिहरूले दसैं चाडमा आफ्नो पहिचान पाएनन् । दसैंको अनेक कथा र गाथाभित्र यहाँका आदिवासी जनजातिहरूले गर्व र गौरव गर्नुपर्ने कुनै मिथक वा मूल्य मान्यताका मूलहरू छैनन् । अझ विगतका शासकले प्रत्यक्ष र अहिलेको शासकले परोक्ष रुपमा हिन्दू संस्कृतिको द्योतक दसैं चाडलाई मान्न बाध्य पारेको तथ्यहरूलाई हेर्दा दसैं मान्ने प्रेरणा पनि जाग्दैन । उनीहरूको मौलिक मुन्धुम्, धार्मिक ग्रन्थ र संस्कृतिका कुनै पाटोमा दसैंको प्रसङ्ग आउँदैन । यति हुँदाहुँदै पनि एक नेपाली भएको नाताले दसैंलाई नेपाली राष्ट्रिय चाडको रुपमा मान्नै पर्ने गौरव गर्न लायकका कुनै विषय प्रसङ्ग वा चित्त बुझ्दो कारणहरू पनि छैनन् । तब किन मान्ने दसैं ? 

नेपालमा पहिचानका लागि सङ्घर्षरत् आदिवासी जनजातिहरूले दसैं चाडमा आफ्नो पहिचान पाएनन् । दसैंको अनेक कथा र गाथाभित्र यहाँका आदिवासी जनजातिहरूले गर्व र गौरव गर्नुपर्ने कुनै मिथक वा मूल्य मान्यताका मूलहरू छैनन् ।

यद्यपि, केही एक पुस्ताका आदिवासी जनजातिजनको मानसपटलमा आफ्ना बाल्यकालको दसैंको सम्झना आउँदो हो । राज्य शासकका कुबुद्धि, स्वार्थ र शोषणका कारण गरिबीका चपेटमा परेका जनताले ऋन काढेरै किन नहोस् केही छाक मिठो खाएको, एकसरो नयाँ लुगा लगाएको र केही दिन खेतीपातीको काम र साहूको मेलोमा काम गर्न जान नपरी उन्मुक्ति महशुस गरेका सम्झनाहरू आउलान् । गाउँघरमा आफन्त, साथीभाइ र पाहुनापातसँग हाँसखेल गरेका यादहरू आउलान् । यी बाहेक, उनीहरूका लागि दशैंमा कुनै मौलिक पूजाआजा गरेर पुन्य प्राप्त गर्नु पनि थिएन । कुनै कर्म गरेर दैवी वा राजनीतिक–सांस्कृतिक शक्ति ग्रहण गर्नु पनि थिएन र अझै छैन । एति हुँदाहुँदै पनि दसैंको दशाले यहाँका अहिन्दू आदिवासी जनजाति समुदायलाई समेत छपक्कै छोप्छ ।

यही बेला बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनका साधनहरू बिक्री गर्न अनेक खालका विज्ञापनहरू मिडियाभरि फिजाउँछन् । यता राज्य र सरकारले पनि यो चाडलाई मनाउन भनेर कर्मचारीहरूलाई बोनस दिन्छ । स्कुल, कलेजहरू र सरकारी कार्यालयहरु हप्तौं विदा दिन्छन् । बैंकले नयाँ नोटहरू छापेर वितरण गर्छ । त्यहीबेला आजीवन कैदीहरू समेत मुक्त गरिन्छन् । राज्यको ढुकुटीबाट करोडौंको बलिपूजा गरिन्छ । दूर सञ्चार माध्यमले यही बेला अनेकौं अफरहरू दिन्छन् । देश विदेशबाट खानेकुरा र लगाउने लुगाहरू राज्य सरकार नै लागेर झिकाइन्छ । पहिले महँगो पर्ने खसीको मासु निक्कै सस्तोमा वितरण गर्ने व्यवस्था मिलाइन्छ । आफूले मात्र खाँदा रमाइलो नलागे जस्तो गरेर छिमेकी गरिब सुकुम्बासीहरूलाई केही छाक खाने व्यवस्था पनि गरेजस्तो गरिन्छ । यहीबेला परिवारबीच भेटघाट गर्दा मात्र पुन्य मिल्ने, अरु दिन भेटेको त भेट नै हुँदैन जस्तो गरिन्छ ।

अहिले आएर दसैंमा नयाँ बहस उठाइँदै छ कि दसैं त यहाँका आदिवासीहरूको पो चाड हो । अझ किरातहरूको मौलिक चाड हो पनि भन्न थालिएको छ । खेतीपातीको मौसम सकिएपछि विशेषतः यो धानको चामलको पूजा गर्ने वा अक्षताको टीका लगाई अन्नप्रति सम्मान प्रकट गर्ने चाड हो भनेर पनि भन्न थालिएको छ ।

दशैं मान्नु ठूलो राष्ट्रियता र राष्ट्रवाद हो जस्तो वातावरण बनाइन्छ । मानौं दसैं नमान्ने वा यसलाई बेवास्ता गर्नेहरू सब अराष्ट्रवादी वा अनेपालीहरू हुन् जस्तो मनोविज्ञान सिर्जना गरिन्छ । मानौं नेपालमा दसैं नमान्ने कोही छैनन् । र, दसैं मान्नेहरूजति सबै हिन्दूहरू नै हुन् । त्यसैले नेपाललाई किन हिन्दू राष्ट्र नै नबनाउने जस्तो शक्ति राजनीति गरिन्छ । यति सबै कुरा देख्दा र बुझ्दा बुझ्दै पनि कोही विशेषतः पहिचान विरोधी आदिवासी जनजातिहरू नै पनि उता हिन्दूजनले भन्दा धेरै ढर्रा गरेर दसैं मानेको स्वाङ पार्छन् । यही मौका छोपेर राज्यले चौका र छक्का हान्छ । त्यसबेला सचेत पहिचानवादी बौद्धिक जमात र नेतृत्व हुँ भन्नेहरू छक्क मात्र भएर बस्ने या केही विकल्प खोज्ने भन्ने प्रश्नले सताउनु पर्ने हो । 

अहिले आएर दसैंमा नयाँ बहस उठाइँदै छ कि दसैं त यहाँका आदिवासीहरूको पो चाड हो । अझ किरातहरूको मौलिक चाड हो पनि भन्न थालिएको छ । खेतीपातीको मौसम सकिएपछि विशेषतः यो धानको चामलको पूजा गर्ने वा अक्षताको टीका लगाई अन्नप्रति सम्मान प्रकट गर्ने चाड हो भनेर पनि भन्न थालिएको छ । यसप्रतिको तथ्य के हो त ? यथासीघ्र सही अध्ययन गरी निचोड निकालेर यस्ता भ्रमहरूलाई चिर्नुपर्ने देखिन्छ ।

५. वैकल्पिक निष्कर्ष

कुनै पनि अस्तित्वान कुराको तत्काल र पूर्ण निषेध असम्भव हुन्छ । त्यसको अर्थ के अब अहिन्दूले पनि दसैंलाई एक डोक्साकै रुपमा मानेरै जाने हो ? वा, अर्थोडोक्सी हुँदै हेटेरोडोक्सीको चरणमा पुगेर नयाँ विकल्पसहित प्रतिस्थापित गर्ने हो ? वा, यसमा आवश्यक सुधार गरेर राज्यसँग सम्झौता गरेर सबैले मान्ने हो ? यो पहिचानवादी बौद्धिक जगत, राजनीतिक नेतृत्व र जातीय संस्थाका नेतृत्वहरूलाई गम्भीर र चुनौतीपूर्ण प्रश्न हो । यसका लागि दसैंका लािग दशदिन मात्र नभएर दसैं आउनुअघि, दसैंकै बेला र पछि पनि दमदार अध्ययन, बहस, छलफल र लेखन कार्यहरू गर्न आवश्यक हुन्छ । पहिचान र संघीयताको आन्दोलनलाई नै किनारा लगाउँदै उही एकल जातीय, धार्मिक र सांस्कृतिक सत्ता कायम गर्न खोजेको नेपाल राज्य र सरकारले तेति सजिलै टेर्ने वा मागहरू मान्ने अवस्था अझै छैन । महिनैपिच्छे सरकारी विदा र सरकारी पहलकदमी सहित मानिने एकल हिन्दू धार्मिक–सांस्कृतिक चाडपर्वहरूले धेरै गहिरोगरी जरा फिजाइ सकेको छ । यसलाई राज्य, शासक र राज्यका विभिन्न अङ्ग र एकात्मक मिडियाले समेत पूर्ण रुपले सघाउँदै आएका छन् ।

पहिचान र संघीयताको आन्दोलनलाई नै किनारा लगाउँदै उही एकल जातीय, धार्मिक र सांस्कृतिक सत्ता कायम गर्न खोजेको नेपाल राज्य र सरकारले तेति सजिलै टेर्ने वा मागहरू मान्ने अवस्था अझै छैन । महिनैपिच्छे सरकारी विदा र सरकारी पहलकदमी सहित मानिने एकल हिन्दू धार्मिक–सांस्कृतिक चाडपर्वहरूले धेरै गहिरोगरी जरा फिजाइ सकेको छ । यसलाई राज्य, शासक र राज्यका विभिन्न अङ्ग र एकात्मक मिडियाले समेत पूर्ण रुपले सघाउँदै आएका छन् ।

राजनीतिक रुपमा एकीकृत हुन नसकी विभिन्न व्यक्तिगत र पारिवारिक स्वार्थले तिनै पहिचान विरोधी राजनीतिक दलहरूको दलाल बनेका आदिवासी जनजातिहरू पनि सांस्कृतिक चाडहरूमासम्म जम्मा हुने लहर बढ्दै गएको छ । यो सांस्कृतिक लहरलाई कसरी राजनीतिक लहरमा रुपान्तरण गरी राजनीतिक शक्तिको रुपमा स्थापना गर्ने हो ? यो सवाल पहिचानवादी बौद्धिक वर्ग, राजनीतिक नेतृत्व र जातीय संस्थाका नेतृत्व हुँ भन्नेहरूले अविलम्ब गम्भीर गरी लिएर कदम चाल्नु पर्ने विषय हो ।

नेपालका चार किरात जाति (लिम्बू, याक्खा, सुनुवार र राई) र सम्बद्ध संस्थाहरूको सामूहिक प्रयास र निर्णयले उँभौली (याक्वा) र उँधौली (चासोक) लगायत चाडलाई एकै दिन पारेर सरकारी विदा समेत लिई थप सशक्ततापूर्वक मनाएजस्तै सबै किरातहरू, सबै बुद्धिष्टहरू– तामाङ, मगर, गुरुङ, थारु, शेर्पा र मधेशी लगायतले हिउँदको दुई–तीन महिनाबीचमा पर्ने उँधौली, ल्होछार (ल्होसार), माघी, छठ् लगायतका चाडलाई एकैसाथ कार्तिक–मंसीर महिनातिर ल्याएर तीनदेखि पाँच दिनसम्म सामूहिक रुपमा मनाउँदा कसो होला ? यसका साथै, ऐजन समयमा आ–आफैले पनि आ–आफ्नै तवरले मनाउन सकिन्न र ? यसरी उत्पीडितहरु आफै एकजुट भई सामूहिक बहस, छलफल र निर्णयर गरेर आफ्नो चाडहरु सामूहिक रुपमा व्यापक गरी आफैले मनाउन थाल्दै यो हिन्दू सांस्कृतिक सत्तालाई जबर्जस्त चुनौती दिँदा के हुन्छ ? के यसो गर्नु हिन्दू संस्कृति र दसैंको विरोध वा वहिष्कार गर्नुमात्र हुन्छ र ? विद्वान आन्तोनियो ग्राम्सीको विचारजस्तै हामीले एउटा वर्चश्वशाली शक्ति वा हेजेमोनीलाई चुनौती दिन वा त्यसबाट मुक्त हुन अर्को समानान्तर तर तलबाट माथितिर विकास हुने अर्को वर्चश्व वा हेजेमोनीको सिर्जना गर्न सक्नु पर्दछ । यसमा बौद्धिक वर्ग, विभिन्न संघ संस्था, कलाकर्मी, साहित्यकार, व्यवशायी, विद्यार्थी, शिक्षक, र देश–विदेशमा रहेका राजनीतिक नेतृत्व, कार्यकर्ता र जनताको समेत उत्तिकै योगदान र सहकार्य चाहिन्छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook