राजदूत लक्की शेर्पा सम्मानित 

मंगलवार २३ जेष्ठ, २०७४   |   आदिवासी महिला

Print This   |   Font Size + -

राजदूत लक्की शेर्पा सम्मानित 

बबिता तामाङ
काठमाण्डौ, जेठ २३

नेपालको तर्फबाट अष्टे«िलयाकालागि नियुक्त हुनु भएका महामहिम राजदूत लक्की शेर्पालाई राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले बधाई तथा अभिनन्दन गरेको छ । आज काठमाडौमा आयोजना गरिएको कार्यक्रममा महासंघकी अध्यक्ष चिनिमाया माझी, आदिवासी अगुवा बमकुमारी बुढा लगायतले सम्मानपत्र प्रदान गरेर अभिनन्दन गरेको हो । 

कार्यक्रममा महामहिम राजदूत लक्की शेर्पाले आफूलाई सम्मान गर्नुभएकोमा धन्यवाद दिनुहुदैै नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई सुमधुर बनाउनका लागि आफुले गर्न सकिने हरेक कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली विद्यार्थीहरु अध्ययनकालागि अष्ट्रेलियामा जानेक्रम बढ्दो रहेको अहिलेको परिस्थितिलाई ध्यान दिदैं अष्ट्रेलियाको जस्तै गुणस्तरीय शिक्षा नेपालमा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि काम गर्ने उहाँले बताउनु भयो ।  

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले अष्ट्रेिलयामा रहेका नेपालीका विभिन्न समस्या समाधानको लागि पहल गर्न अनुरोध गर्नु भएको थियो । 

नेपालको कूटनीतिक इतिहासमा अष्ट्रेलियाका लागि शेर्पा पहिलो आदिवासी जनजाति समुदायमा पनि महिला राजदूतको रुपमा नियुक्त हुनु भएको छ ।  सरकारले विभिन्न मुलुकहरुमा राजदूतहरुको नियुक्त गर्ने क्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट शेर्पा राजदूत नियुक्त हुनुभएको हो । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook