नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङमा

शुक्रवार ०२ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङमा नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङमा

नेपाल पुलिस क्लबका म्याराथन धावक भूमिराज राई चिनियाँ राजधानी बेइजिङ पुगेको चार महिना भइसकेको छ । वासिङटनलाई उछिन्ने दाउमा रहेको बेइजिङका विभिन्न रंगशालामा उनी दैनिक ३५ देखि ५५ किलोमिटरसम्म दौडिरहेका छन् ।

‘ट्रेनिङ नेपालमा गरेभन्दा अलि फरक छ र गाह्रो पनि । धेरै गाह्रो,’ २८ वर्षीय भूमिराजले बेइजिङबाट भने, ‘दैनिक तीनदेखि पाँच घण्टासम्म दौड्नुपर्छ । दिनहुँ ट्रेनिङको तालिका फेरिइरहन्छ । त्यसको जानकारी प्रशिक्षकले अघिल्लो दिनमात्र गराउँछन् । ट्रेनिङ पनि विभिन्न स्टेडियम (रंगशाला) मा हुन्छ ।’ उनी नेपालमा छँदा दैनिक ३० देखि ४५ किमिसम्म दौडन्थें । अहिले चिनियाँ प्रशिक्षक वाङ लीको रेखदेखमा ५–१० किमि बढी दौडिनु उनको दैनिकी हो ।

‘नेपालमा यति धेरै मिहिनेत गरेको अनुभव त छ तर बेइजिङको ट्रेनिङ फरक छ । निश्चित लक्ष्य बनाएर प्रशिक्षण गरिरहेको छु । अब राम्रो गर्ने हेतुले अघि बढिरहेको छु । सन् २०१८ भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ । मेरो मुख्य योजना नै यही हो,’ उनले भने । वैकुण्ठ मानन्धरले दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्सरहाल साग) मा लगातार तेस्रो स्वर्णपदक जित्ने क्रममा सन् १९८७ मा कोलकातामा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा ४२.१९ किमि पूरा गरेका थिए । त्यो नै नेपालको राष्ट्रिय कीर्तिमान हो । दक्षिण एसियामै अहिलेसम्मको सबैभन्दा राम्रो समय पनि ।

भूमिराजले गत वर्ष राजधानीमै भएको दसौं काठमाडौं म्याराथनमा २ घण्टा २० मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हात पारेका थिए ।

भूमिराजले गत वर्ष राजधानीमै भएको दसौं काठमाडौं म्याराथनमा २ घण्टा २० मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हात पारेका थिए । उनको करिअरकै उत्कृष्ट समय त्यही हो । त्यसैका आधारमा उनले इन्टरनेसनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेसन्स (आईएएएफ) को बेइजिङस्थित क्षेत्रीय विकास केन्द्रमा ६ महिना प्रशिक्षण गर्ने अवसर पाएका हुन् । उनी जिम पनि गर्छन् । त्यहीं केन्द्रमा बनाइएको तालिकाअनुसार खाना खान्छन् ।

उनले सन् २०१८ भित्र राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका छन् । ‘अहिले दुई घण्टा १५–१६ मिनेटभित्र पूरा गर्ने तरिकाले प्रशिक्षण गरिरहेको छु । तुरुन्तै प्रतिस्पर्धा भयो भने कम्तीमा २ घण्टा १७ मिनेटसम्म म्याराथन पूरा गर्नेछु । त्यसैले लागि प्रयास गर्नेछु,’ पूर्वी पहाडी जिल्ला पाँचथरस्थित लालीखर्क, फिदिमका उनले भने । उनीसँगै बेइजिङमा मंगोलिया र कम्बोडियाका एक–एक धावकले पनि प्रशिक्षण गरिरहेका छन् ।

१६ औं आईएएएफ वर्ल्ड च्याम्पियनसिप २०१७ अगस्ट ४–१३ मा लन्डनमा आयोजना हुँदै छ । आईएएएफको मापदण्डअनुसार २ घण्टा २० मिनेटमा म्याराथन पूरा गरेर छात्रवृत्ति पाएको र लामो दूरीमा नेपालकै सबैभन्दा राम्रो धावक भएकाले उनले नै वर्ल्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना छ । ‘नेपाली खेलाडी वर्ल्ड च्याम्पियनसिपमा छनोटको सबैभन्दा नजिक रहेको स्पर्धा म्याराथन हो र यसमा सबैभन्दा राम्रो समय भूमिराजकै छ । त्यसैले उनले बेइजिङमा प्रशिक्षण गर्ने मौका पाएका हुन्,’ नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले भने । म्याराथनमा छनोटका लागि न्युनतम समय २ घण्टा १९ मिनेट तोकिएको छ । छनोट नभएका देशले अनिवार्य सहभागी हुनुपर्ने प्रावधानअनुसार एक खेलाडीलाई वर्ल्ड च्याम्पियनसिपमा पठाउनुपर्छ ।

पाँचवर्षे करिअर

यो वर्ष हिउँदमा हुने मुम्बई म्याराथनमा सहभागी बन्ने योजना बनाएका भूमिराज अहिले नेपाल प्रहरीका जवान हुन् । उनी २०६६ सालमा भर्ती भएका थिए । त्यसअघि नै उनी पूर्वाञ्चलबाट ३५ औं एथलेटिक्स राष्ट्रिय च्याम्पियनसिप २०६२ मा १५ सय मिटर, ५ हजार र १० हजार मिटर दौडमा सहभागी भएका थिए । पछि उनी मध्यम दूरी छाडै म्याराथनमा लागे ।

‘दौडमा सहभागी हुँदै जाँदा म्याराथन लोकप्रिय लाग्यो र यसैमा सम्भावना पनि देखें । त्यसैले केही गर्नसक्छु भनी म्याराथनतिर लागें,’ प्रशिक्षणमा सुरुआती दिन आर्मीका चर्चित धावक राजेन्द्र भण्डारीसँगै दौडिएका उनले भने, ‘त्यसबेला शीर्ष विजेतादेखि दसौंसम्म आर्मीका धावक हुन्थे । त्यसलाई तोड्ने चाहना लिएर मिहिनेत गर्न थालें । दुई वर्ष एकदमै मिहिनेत गरेको थिएँ ।’

त्यसबेला शीर्ष विजेतादेखि दसौंसम्म आर्मीका धावक हुन्थे । त्यसलाई तोड्ने चाहना लिएर मिहिनेत गर्न थालें । दुई वर्ष एकदमै मिहिनेत गरेको थिएँ ।’

उनले ४२.१९५ किमिको दूरीमा पहिलोपल्ट २०६९ सालमा छैटौं काठमाडौं म्याराथनमा सहभागिता जनाए । त्यसबेला उनी २ घण्टा ४५ मिनेटसाथ आठौं स्थानमा रहे । उनी सातौं संस्करणमा चौथो भए । म्याराथन दौडिन थालेको दुई वर्ष्भित्र त च्याम्पियन नै बने । उनले २ घण्टा २६ मिनेट २० सेकेन्डमा पूरा गर्दै आठौं काठमाडौं म्याराथन २०७१ मा स्वर्णपदक हात पारेका थिए । उनले स्वदेशमा प्रतिस्पर्धा गरेका सातमध्ये पाँच म्याराथनको उपाधि जितेका छन् । उनलाई घरेलु कोर्समा एपीएफका गोपीचन्द्र पार्की, आर्मीका कृष्ण बस्नेत, होमलाल श्रेष्ठ, राजन खत्रीले चुनौती दिने गरेका छन् ।

स्वदेशमा सहभागी पछिल्ला पाँच म्याराथनको उपाधि जितेका उनी सन् २०१५ जनवरीमा हङकङमा भएको एसियन म्याराथन च्याम्पियनसिपमा उनी पाँचौं भएका थिए । २ घण्टा २४ मिनेट ५८ सेकेन्डमा दौ पूरा गर्दै उनले पहिलो अन्तर्रा्ष्ट्रिय सहभागीतामै ‘डिप्लोमा सर्टि्फिकेट’ हात पारेका थिए । यसलाई नेपाली एथलेटिक्समा ठूलै उपलब्धि मानिन्छ । गुवाहटी–सिलोङमा फागुन २०७२ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने उनको प्रदर्शन राम्रो भएन । उनी २ घण्टा ३२ मिनेट २१ सेकेन्डसहित पाँचौंमा रहेका थिए । त्यसबेला उनले २ घण्टा १६ मिनेटमा दौड पूरा गर्ने लक्ष्य बनाएका थिए ।

प्रशिक्षकहरू सुशील नरसिंह राणा र रघुराज वन्तबाट प्रभावित भूमिराज लिगलिगे दौडको पहिलो संस्करणका विजेता पनि हुन् । प्रहरीको ६ महिने आधारभूत तालिमपछि उनी खेलाडी बनेका हुन् । तालिममा छँदा फुटबल खेल्ने क्रममा उनको दाँया खुट्टा भाँचियो । ‘त्यसमा अहिले कुनै समस्या छैन, ठीक छ,’ त्यही खुट्टाको सहयोगमा छिटो–छिटो पाइला चलिरहेका उनले भने ।

कान्तीपुर दैनिकमा राजु घिसिङ्गले लेख्नु भएको  छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook