तामाङ जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

आईतवार ०४ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

तामाङ जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

घेदुङले पहिलो चरणको स्थानीय तहको निर्बाचनबाट निर्वा्चित भएका तामाङ जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

शनिबार नेपाल तामाङ घेदुङले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौमा एक समारोहबीच ३ वटै प्रदेशबाट निर्वा्चित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको तामाङ प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई विषेश बधाई शुभकामना दिइएको हो ।

कार्यक्रम मार्फत तामाङको भाषिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक, साहित्यिक लगायत ताम्सालिङ आन्दोलनको बारेमा समेत बिजयी तामाङ जनप्रतिनिधिहरुलाई घेदुङका अध्यक्ष मोहन गोले तामाङले ध्यानकर्षण गराएको थियो ।

अहिलेसम्म तामाङ समुदायको राज्यसत्तामा सार्थक प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा सङ्घीय गणतन्त्र नेपालको अधिकार सम्पन्न स्थानीय तहको निर्बाचनमा सयौ तामाङले चुनाव जित्नु आफैमा ऐतिहासिक भएको भन्दै घेदुङले खुशी ब्यक्त गरेको छ । 

त्यसैगरी दोस्रो चरणको निर्वाचनमा समेत बढी भन्दा बढी तामाङ उमेदवारहरुलाई बिजयी बनाउन पहल गर्ने घेदुङले जनाएको छ ।नेपाल तामाङ घेदुङकै उपाध्यक्ष तेजबहादुर तामाङ (रमेश) नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिकाको अध्यक्ष, विभागीय प्रमूख इमानसिंह लामा तामाङ चितवन जिल्ला स्थित राप्ती नगरपालिकाको उपप्रमूख र अनुशासन विभाग प्रमूख प्रेम मोक्तान तामाङ दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा बिजयी भएका छन् ।

अहिलेसम्म तामाङ समुदायको राज्यसत्तामा सार्थक प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा सङ्घीय गणतन्त्र नेपालको अधिकार सम्पन्न स्थानीय तहको निर्बाचनमा सयौ तामाङले चुनाव जित्नु आफैमा ऐतिहासिक भएको भन्दै घेदुङले खुशी ब्यक्त गरेको छ ।  

पहिलो चरणमा सम्पन्न भएको २८३ स्थानीय तहको चुनावमा एक उपमहानगरपालिका उपप्रमुख, २ नगरपालिका प्रमुख, २८ गाउँपालिका प्रमुख र २९ जना उपप्रमुखमा निर्वा्चित भएका छन् भने वडाअध्यक्ष समेत करिब २ सय जना तामाङ प्रतिनिधि स्थानीय तहमा चयन भएका छन् ।
 

पहिलो चरणमा सम्पन्न भएको २८३ स्थानीय तहको चुनावमा एक उपमहानगरपालिका उपप्रमुख, २ नगरपालिका प्रमुख, २८ गाउँपालिका प्रमुख र २९ जना उपप्रमुखमा निर्वा्चित भएका छन् भने वडाअध्यक्ष समेत करिब २ सय जना तामाङ प्रतिनिधि स्थानीय तहमा चयन भएका छन् ।यसलाई घेदुङले स्थानीय सत्तामा तामाङ समुदायको भौतिक प्रतिनिधित्व सन्तोषजनक भएको भन्दै अब भावनात्मक प्रतिनिधित्व गराउन पहल गर्ने बताएको छ ।

निर्वा्चित तामाङ प्रतिनिधिले कार्यालयमा तामाङ भाषाको अनिवार्य बनाइने,स्थानिय तहको नाम संशोधन गर्ने र तामाङ समुदायको मुद्धामा प्रथामिकता दिने प्रतिवद्धता जनाए ।पहिलो चरणको स्थानीय तहमा विभिन्न नगर, गाउँबाट ३० जना तामाङ जनप्रतिनिधिहरू चुनिएका थिए ।घेदुङले हिमअरोही कान्छीमाया तामाङलाई पनि सम्मान गरेको थियो ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook