मुन्धुमविज्ञ नन्दकुमार लुङखिम राईलाई सम्मान

आईतवार ०४ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

किरात लुङखिम राई भाषाका मुन्धुमविज्ञ नन्दकुमार लुङखिम राईलाई सम्मान गरिएको छ ।

लोपोन्मुख लुङखिम भाषाका एकमात्र जानकार ८९ वर्षीय राईको योगदानलाई लिएर सम्मान गरिएको हो । इलामको सूर्योदय नगरपालिका–१० आहाले गाउ निवासी राईले लुङखिम मातृभाषा र मुन्धुम संस्कारका कुलपूजारीको गर्दैआएका छन् ।

लुङखिम राई समाज, नेपालको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजित चारदिने ‘लुङखिम राई मातृभाषा प्रशिक्षण कार्यक्रम’ समापन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगरपालिका समन्वय समितिका अध्यक्ष सोनाम योल्मो र समाजका अध्यक्ष जंगबहादुर राईले सम्मान प्रदान गरेका हुन् ।

लुङखिम राई समाज, नेपालको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजित चारदिने ‘लुङखिम राई मातृभाषा प्रशिक्षण कार्यक्रम’ समापन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । 

त्यसैगरी किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्वसचिव तथा कान्तिपुरकर्मी पत्रकार गणेश राईलाई समेत सम्मान गरिएको थियो । 
 

समाजका सचिव दुर्गामान राईका अनुसार पहिलो पटक मातृभाषा प्रशिक्षण तथा संस्कृति मुन्धुम सम्बन्धी कार्यशाला आयोजना गरिएको हो । कार्यशालाले लुङखिम राई समाजमा परापूर्वकालदेखि चल्दै आएको गर्भदेखि जन्म, न्वारन, पास्नी, विवाह, मृत्यु पर्यन्तसम्मका मुन्धुम संस्कार, ऋतृचत्रअनुसार मनाइने किराती चाडवाड, भदौ महिनामा गरिने कुलपित्री कार्यलाई लिपिवद्ध गरिएको राईले जनाएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार लुङखिम राई भाषा बोल्नेको संख्या १ सय २९ जना रहेको छ । 

कान्तीपुर दैनिक अनलाईनमा छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook