टिप्स पाउने आसमा भारी बोक्दै

मंगलवार ०६ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

सोताङका जीवन राईलाई भारी बोकेको पारिश्रमिकले केहि गरौला भन्ने कुनै आस छैन । “भारी बोकेर कमाएको पैसा खान र बस्ने खर्च मै ठिक्क हुन्छ ” राई भन्नु हुन्छ “टिप्स नपाईने हो भने भारी बाक्नु नै बेकार हुन्छ”।

 लुक्ला देखि सगरमाथा आधारशिविरसम्म एक्सपिडिसन हिमालय एजेन्सीको भारी बोकेर हिडदै गरेका सोलुखुम्बु बुङका अर्काे भरीया  ज्ञानु बस्नेतले पनि टिप्स पाउने आसमै भारी बोक्न ज्याला बच्दैन भन्ने थाहा छ । तर मनकारी विदेशी पाइन्छ कि केहि देलान भन्ने आसले भारी बोक्छु उहाले भन्नु भयो । प्रतिक्याम भारी बोके बापत भरियाले आठ सय देखि एक हजार दुई सय रुपैया सम्म पाउछन । भरियाका  लागि  बनाइएको घर (भटटी)ं मा सादा खाना खाएको चार सय रुपैया र बास खर्च तिर्न पर्छ । होटलमा भरियाले बास पाउदैन । ज्याला रकम  नबच्ने भारी बोके पनि बिहान—बेलुकी खाना  खादा  सबै सकिने भए पनि सबै  भरिया टिप्स पाउने आसमै भारी बोक्ने गरेको  आधारशिविर जादै गरेका भरिया बताउछन ।
   
मनकारी विदेशी पाइन्छ कि केहि देलान भन्ने आसले भारी बोक्छु ।

केहि विदेशीले आफुले लगाएका कपडा दिन्छन कसैले सामान उपहार त कसैले रकम नै दिने गरेको एजेन्सीका गाइड पासाङ गोम्बु शेर्पा बताउनुहुन्छ । “पाएको पैसा खादैमा ठिक्क हुन्छ” सात बर्षयता खुम्बुमा भारी बोक्दै आउनुभएका जाङबु शेर्पा भन्नुहुन्छ “बच्ने भनेको विदेशीले दिने टिप्स नै हो ” टे«किङ कम्पनी अनुसार दैंनिक ज्याला परक हुन्छ । पर्वतारोहरण नियमावलीले समेत स्थानिय कामदारलाई दिनुपर्ने सुविधा बारे तिन हजार सात सय मिटर सम्म उचाईमा जाने कामदारलाई दैनिक दुई सय रुपैया र सोभन्दा माथी जाने कामदारलाई दैनिक दुई सय पचास दिनु पर्ने तोकेको छ ।

नियमावलीमा कामदारलाई एकजोर जुता ,एउटा ओढने कपडा ,ज्याकेट टाउजर, कमिज,स्वेटर पन्जा कपडा समेत  दिनुपर्ने उल्लेख छ । तर कामदारले कुनै पनि सामाग्री पाउदैन । ज्याला भने  तोकिएभन्दा बढि पाउछन । डलरका हिसाबले खाना खर्च तिर्न पर्ने भएकोले सेवा—सुविधा पनि डलरकै हिसाबले दिनुपर्ने भरिया माग गर्दछन । केहिले पर्यटकले दिएकै टिप्सले सिजनमा ५० हजार देखि एक लाख रुपैया सम्म कमाउने गरेको बताउछन ।

केहिले पर्यटकले दिएकै टिप्सले सिजनमा ५० हजार देखि एक लाख रुपैया सम्म कमाउछन ।

भरिया केहि पर्यटकले राम्रै टिप्स दिएकोले टिप्सको लोभले पनि भारी बोक्ने आउने गरेको बताउछन । उनिहरु एजेन्सीका गाइडको भुमिकामा पनि  टिप्स  फरक  पर्ने र यसका लागि पर्यटक माझ प्रस्तुतीकरण गर्नुपर्ने भरिया बताउछन । 


 कानुनअनुसार कामदारलाई ३० किलोग्राम मात्र भारी बोकाउनुपर्ने भने पनि ४५ किलोग्राम सम्म भारी बोकाउने गरेको पाईएको छ । सिजनमा खुम्बु लगायत हिमाल रहेको क्षेत्र खोटाङ ,ओखलढुगा ,संखुवासभा,दोलखा,ताप्लेजुङबाट भारी बोक्न भरियालाई सस्तोमा भारी बोकाउने भएकोले सिजनमा गतिलै आम्दानी गर्ने गरेका छन । 
 अन्नपुर्ण पोष्ट दैनिकमा छेटु शेर्पाले समाचार लेख्नुभएको छ  । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook