उराव जाति धनिपुर्जा विहिन 

बुधवार ०७ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

साविक  लमक १५ र हालको दमक ९मा पर्छ उराव बस्ती । यो दमक नपाको मध्य भागमा पर्छ । राजमार्गबाट १ किमि मै पुगिन्छ यहा । सरकारी कार्यालय पनि २ किमी आसपासमा छन । तर यहि बस्तीमा करिब सय परिवार चार पुस्ता देखि जग्गा धनिपुर्जाको प्रतिक्षामा छन । अधिकांश उराव समुदायको नागरीकता र मतदाता परिचय पत्र समेत छैन ।
       
तत्कालिन राजपरिवारको स्वामित्वमा स्थापित हिमालय महालक्ष्मी टी गार्डेन स्थापना गर्न वि.स २०१८ तिर भारतका विभिन्न स्थानबद्ध उराव समुदायका व्यातिmहरुको मजदुरको रुपमा ल्याएका हुन । त्यसैबेला देखि धनिपुर्जा दिउला भनिएपनि अधिकांश बृद्धबृद्धा भने धनिपुर्जा देख्नै नपाई बिते । उहा उराव बस्तीका जवान तिर्कीकोयमेर कति हा उनैलाई थाहा छैन । छिमेकी अनुसार उनि अहिले उराव बस्तीका सबैभन्दा बृद्ध हुन । बस्ती विस्तार  सडक नभएको र अधिकांश जमिन जंगलले ढाकेको त्यो बेला उनि तिन पैदल हिडेर अहिलेको दमक आईपुगेका थिए । उनि सहित करिब सय जना उराव परिवार सहित आएका थिए ।

     करिब सय परिवार चार पुस्ता देखि जग्गा धनिपुर्जाको प्रतिक्षामा छन ।

अहिलेको हिमालय महालक्ष्मी टी गार्डेन भएको ठाउ धना सखुवाको जंग थियो । २०१८ सालमा चिया बगान सुरु गर्नु पुर्व नै उनि उराजको पहिले डफफामा सामेल भएर आए । ३ बर्ष जति जंगल फाडेर आफुहरुसंग आएका उरावले चियाका बिरुवा रोप्न सुरु गरेको उनले बताए । मान्छे छिर्न पनि नसकिने जंगल फाडेर चिया बगान बसालेका  उनिहरुलाई २ बर्ष जति खेति गर्न पनि दिईयो । तर त्रमिक रुपमा बगान विस्तार भएपछि उनिहरुको खेति पनि खोसियो । त्यसै बेलादेखि उनिहरुलाई सबै चिया मजदुरका परिवारलाई बसोबासका लागि धनिपुर्जा दिने भनिएको जवानले बताए । आखा कम देख्ने र श्रवण शक्ति सकेत कम भईसकेको तिनै जवानले आफुनो जवानी देखि आसा गदै आए धनिपुर्जा अझै पाएका छैन । उनि मात्र होइन चिया बगान सुरु र विस्तारका लागि भारताका विभिन्न स्थानबाट मजदुरका रुपमा ल्याइएका उरावहरु सबै जसो धनिपुर्जा विहिन छन ।

भारताका विभिन्न स्थानबाट मजदुरका रुपमा ल्याइएका उरावहरु सबै जसो धनिपुर्जा विहिन छन ।
 
बगान बसाए पछि धनिपुर्जा  दिने भनेको थियो । पाउछ पाउछ भन्दा आफसंगै आएका सबै मरिसके वृद्ध जवानलेभने म पनि धनिपुर्जा हेरेर मर्छु कि नहेरी थाहा छैन । बगानसैगै ढुगा माटो बोकेर उनिहरुले नै बगानभित्र बनाएको मिनी दरबारमा महेन्द्र विरेन्द्र्र र ज्ञानेन्द्र सम्म तिनवटा राजा देखे उनले । ५ बर्ष अधि मात्र नागरिकता पाएका उनले भनेत्यसबेला राजालाई भेटन पाएको उनले भने त्यसबेला राजालाई भेटन पाएको भए नागारीकता र धनिपुर्जा चाहि माग्ने थिए तर के गर्नु हामीलाई नजिक हुनै दिइएन । 

४ पुस्ता सम्म अवस्था उस्तै

 चिया बगान मजदुरको रुपमा उराव बस्तीमा चौथो पुस्ता हुर्किरहेको छ । हाल करिब  सय परिवार रहेको सबैको मुख्य पेसा भनेकै चिया बगानमा मजदुरी गर्नु हो । बाबुको काधमा बसेर दमक आईपुगेका लोरेन्स टोप्पोको उमेर ७० पुग्यो । उनिकी श्रीमती तारसिसिया पनि बगानमै मजदुरी गरेर अवकास पाइन । तर अझै सम्म साझ विहानको गासकै चिन्ता छ । छोराहरु विवाह गरेर आ—आफनो व्यवाहारमा लागेका कारण भुमिहिन बृद्ध दम्पतीलाई बाकी उमेर कसरी काटने भन्ने चिन्ता छ ।
 

साझ विहानको गासकै चिन्ता छ ।

कमाए जति खादै सकियो ३ बर्ष अधि बगानको मजदुरीबाट अवकास पाएकी तारसिसियाले भनिन खेतिपाती पनि छैन छोरा बुहारीको आफनै व्यवहार छ । हामी बुढाबुढी अब के गर्ने ? यस बस्तीका अधिकांश बालबालिकाले विधालय पार नगदै अध्ययन छोडनेछन । सानै उमेरमा उनिहरु मजदुरीमा लाग्ने गरेका छन । बगानबाट पाउने मासिक ६ हजारले गुजारा नचल्ने भएपछि केहि बैदेशिक रोजगारीमा गएका छन । भने नागरीकता नभएकाको रोजाई ज्यामि हुने गरेको छ ।
     
कारोबार दैनिकमा गोपाल झापालीले समाचार लेख्नुभएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook