स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिका

विहिवार ०८ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिका

इन्डिजिनियस भ्वाईस सम्बाददात 

स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिका विषयमा अन्तरक्रिया कार्र्यक्रम राजधानीमा सम्पन्न भएको छ । तामाङ सञ्चार समूहले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिकाको विषयमा वरिष्ठ पत्रकार कुमार यात्रुको प्रस्तुति रहेको थियो ।

तामाङ सञ्चार समूहले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा स्थानीय तहमा तामाङ सञ्चारकर्मीको भूमिकाको विषयमा वरिष्ठ पत्रकार कुमार यात्रुको प्रस्तुति रहेको थियो ।

पत्रकार यात्रुले स्थानीय तहको प्रक्रिया बुझेर पत्रकारिता गर्न सकेमा धरै अवसर रहेको बताउनु भयो । साथै उहाँले केन्द्रमा भन्दा पनि स्थानीय तहमा रहेर पत्रकारिता गर्नु अहिलेको आवश्यकता रहेको औल्याउनु भयो । अन्तरक्रिया कार्यक्रमा लामो समय देखि स्थानिय तहसँग सम्बन्धित रहेर पत्रकारिता गरिरहनु भएका पत्रकार रञ्जित तामाङले केन्द्रमा भन्दा धेरै अधिकार स्थानय तहमा भएको हँुदा तामाङ पत्रकारहरुले यसलाई अवसरको रुपमा परिणत गर्न सक्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रमको अन्तमा तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले स्थानिय तहमा तामाङ सञ्चार कर्मीहरुले भोगनु परेको समस्या र अवसरको बारेमा आफ्नो धारणा राखेका थिए । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि समूहले पहिलो चोटि कार्यक्रम आयोजना गरिएको हो । समूहले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम गर्दै जाने जनकारी दिएको छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook