भर्सटाईल जशोदा

शुक्रवार ०९ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

भर्सटाईल जशोदा

२०६९ सालमा “धरान सुनसरी” बोलको गित को गितले पुर्वमा चर्चा पायो । चोक ,पसल, सार्वजानिक यातायात देखि विभिन्न कार्यक्रम हरुमा गित गुञ्जीन थाल्यो । यो गितको चर्चासंगै गायिका जसोदा सुब्बाको पहिचाहन बन्यो । त्यसयता गायनलाई दिएकी उनको पछिल्लो गित “बबाल जस्तो हो छ ” पनि अहिले चर्चामा  छ । कुमार श्रेष्ठको शब्द एवम संगित रहेको यो गितको भिडियो  समेत दर्शक माझ आएको छ । दिलिप ओखेदो निर्देशीत यो म्युजिक भिडियो डीबी गुरुङले निमार्ण गरेको हुन ।

उनको पछिल्लो गित “बबाल जस्तो हो छ ” पनि अहिले चर्चामा  छ  ।

स्कुल पढदा देखि नै गायिका बन्ने चाहाना थियो उनको । तर परिवार मानेको थिएन । लाहुरे पविार भएकोले पढनु पर्छ मात्र भन्ने गर्थ । आमा गंगामाया सुब्बा र बुबा धनध्वज सुब्बाकी जेठि छोरीका रुपमा ताप्लेजुङमा जन्मीएकी जशोदाले गाउमै एसएलसी पास गरिन । एसएलसीपछि संगित बिषय लिएर पढने हुटहुटी झन बढयो । पविारसंगै धरान झरिन । तर संगित पढन कलेज पाईनन । संगित नभएर साहित्य पढछु भन्ने लाग्यो । जशोदा स्मरण गछिन । “साहित्यमा पनि रुचि भएकोले अंग्रजी साहित्य पढे” ।

 अध्यान संगसंगै उनले गाएको गित हिट भएपछि उनिभित्रको रहर झन मौलायो । गायनमा भविष्य बनाउने लक्ष्यसहित सात भञ्जाङ नाघेर काठमाण्डौ आइन । पाटन क्याम्पसमा अग्रेजी साहित्य र म्युजिक इन्स्च्यिटमा शास्त्रीय संगित सिक्न थालिन । “ परिवारको इच्छा  पढोस भन्ने थियो मेरो रहर गायिका बन्ने ”ले भनिन । त्यसैले दुबै क्षेत्र एक साथ अगाडि बढाए । स्नातकोत्तर गर्दा गदौ जोशोदा बिचमा कोरिया पाच बर्ष बसिन । कोरीयामा कला संगित महत्वलाई नजिकबाट नियाल्ने मौका पाए । जुनसुकै क्षेत्रमा गहिरो लगाव समपर्ण र ज्ञान हुनुपर्छ भन्ने सिके । अहिले म संगितमा त्यसरी नै लागेकी छु उनले भनिन । 
 
 कामसंगै उनले कोरियामा समेत गायन यात्रा जारी राखिन । अहिले सम्म दजनौ गितमा स्वर दिइसकेकी उनि गीत रचनामा पनि दख्खल राख्छिन । लोक ,पप,आधुनिक ,डान्सीङ सबै शैलिका गीतमा उनले स्वर दिएकी छिन । आफुलाई भर्सटाइल गायिका भन्न रुचाउने उनी मेहनतका साथ संगित यात्रालाई निन्तरता दिन चाहान्छिन । विश्व बजार र नेपालमा संगितप्रतिको बुझाई र व्यवाहार फरक लाग्छ उनलाई । विदेशमा एउटा गीत हिट भयो भने गायकगायिकालाई जिवनभर पुग्छ ,उनले भनिन नेपालमा दर्जनौ गित चर्चित भएका अग्रजहरु पनि खुम्चीए बस्नु परेको छ । यो देख्दा नरमाईलो लाग्छ । चर्चाका लागि अनेक उपाय अपनाउने शैली उनलाई मन पर्देन ।

 आफुलाई भर्सटाइल गायिका भन्न रुचाउने उनी मेहनतका साथ संगित यात्रालाई निन्तरता दिन चाहान्छिन ।

गीत ,संगित ,मनोरञ्जनको माध्यम भए पनि मनोरञ्जनका नाम उत्तेजना  फैलाउने प्रविधिका गित घातक हुने उनको बुझाई छ । गायक वा गायिकाले कला र गला देखाउने हो जशोदा भन्छिन । समाजमा विकृति ल्याउने उत्तेजना फैलाउने गित धेरै टिक्दैन । बर्खामा जहा पनि भेल आउने कुरा प्रति सकेत गदै उनी भन्छिन । कला , साहित्य,संगित,भनको जिवन्त शालिन र मधुर हुनुपर्छ । कलाकारितामा विकृति बढेको स्वाीकादै उनि त्यस्ता विकृति कम गर्न सरकार दर्शक र कलाकार स्वय सचेत हुनुपर्ने विचार राखिन । विदेशमा कलाकारले रोयल्टी आउने सरकारबाट सुविधा पाउने भए पनि नेपालमा स्तर निर्धारणदेखि रोयल्टीको सुरुवात नहुन दुःखको कुरा भएको उनको भनाई छ । आधा दर्जन बढि मुलुकमा गित गाईसकेकी जशोदा गायनमा आउनेलाई यो क्षेत्र राम्ररी बुझेर सिकेर आउन आग्रह गर्छिन । 

 
अन्नपुर्ण पोष्ट दैनिकमा शिवराज योगीले समाचार लेख्नु भएको छ  ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook