कान्छीमायाको सफलता

आईतवार ११ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

बबिता घिसिङ

बबिता घिसिङ

काठमाडौं, नेपाल

कान्छीमायाको सफलता

 

घरको कान्छो छोरा र कान्छी छोरी जिम्मेवारीबाट विमुख हुन्छ भनिन्छ । तर सानो उमेर हँुदादेखि नै कान्छीमाया भने जिम्मेबार हुनुहुन्थ्यो आफ्नो हरेक कामप्रति । जिन्दगीमा केही गर्ने लक्ष्य बोक्नु भएको कान्छीमाया सानैदेखि पढाईमा अव्बल हुनुहुन्थ्यो । पढाईमा सधै अव्बल दर्जामा रहनु भएको कान्छीमाया सिन्धुपाल्चोक जिल्ला, बोताङ गाविसको पहिलो प्रवेशिका परीक्षा उतीर्ण गर्ने पहिलो महिला पनि हो । अहिले भने उहाँ पहिलो तामाङ सगरमाथा आरोही महिलाको परिचयबाट परिचित हुनुहुन्छ । 

विद्यार्थी जीवन
“म सानै थिएँ, त्यो बेला नै मेरो बिहेको लागि माग्न आएको थियो । मलाई बेहे गर्न मन थिएन, त्यसैले मैले एसएलसी दिएर मात्र बिहे गर्छु भनेर टारे । आमाले मानिराख्नु भएको थिएन तर बुबाले मलाई साथ दिनु भयो”– पहिलो सगरमाथा आरोही कान्छीमाया तामाङले भन्नु भयो । कान्छीमायालाई बिहेकै लागि त धेरैले माग्न आए तर उनी मानिनन् । आज भोली भन्दा भन्दै कान्छीमायाले राम्रो अंक सहित प्रवेशिका परीक्षा उतीर्ण गर्नु भयो । प्रवेशिकासम्मको अध्ययन सकिएपछि कान्छीमायाको विश्वविद्यालय पढ्ने ठूलो धोको थियो । साथै चेलीबेटि बेचबिखन हने जिल्लाको रुपमा चिनिएको सिन्धुपाल्चोकका कान्छीमायाको मनमा विधमान समस्यालार्ई समाधान गर्दै समाजमा परिवर्तन ल्याउनु पर्छ भन्ने थियो । तर सामाजिक र आर्थिक समस्याले गर्दा विश्वविद्यालयमा अध्ययन गर्नेे धोको अधुरो नै रहन पुग्यो । 

 
बैदेशीक रोजगारी 
सिन्धुपाल्चोक जिल्लाको प्राय हरेक घरबाट रोजगारीको लागि खाडी मुलुक मलेसिया तथा भारत लगायतमा कामका जानु सामान्य विषय भइसकेको छ । त्यसैले १६ वर्षकै उमेरमा प्रवेशिका दिनु भएको कान्छीमायाको उच्च शिक्षा लिने चाहना अधुरो रहेपछि उहाँ रोजगारीको लागि भारतमा पुग्नु भयो । घरेलु कामदारको रुपमा उहाँले ४ वर्ष त्यहाँ काम गर्नु भयो । “भारतमा घरेलु कामदारको रुपमा काम गर्दा घरबाट बाहिर जान दिईदैन थियो न त मान्छेलाई मान्छेको रुपमा हेरिन्थ्यो,” कान्छीमायाले भन्नु भयो “घर मालिकको परिवारसँग सँगै बसेर खाना खानु तर परको कुरा हामीले छोएमा पनि प्रलय नै आउला झै गथ्र्यो । यस्तो व्यवहारले गर्दा कति दिन त भोक भोकै रात काटेको छु ।” 

“भारतमा घरेलु कामदारको रुपमा काम गर्दा घरबाट बाहिर जान दिईदैन थियो न त मान्छेलाई मान्छेको रुपमा हेरिन्थ्यो,”


भारतमा काम गर्ने सहज वातावरण र पारिश्रमिक पनि सोचे जस्तो नभएको हँुदा उहाँ आफ्नै दिदीहरु मार्फत रोजगारीको लागि इजिप्टमा जानु भयो । काम गर्नको लागि भारतको तुलनामा इजिप्टमा केही सहज थियो । त्यसैले उहाँले त्यहाँँ ६ वर्षसम्म घरेलु कामदारकै रुपमा काम गर्नु भयो । काम गर्ने सिलसिलामा धेरै अबैधानिक रुपमा इजिप्टमा घरेलु कामदारको रुपमा आईपुगेका दिदीबहिनीसँग उहाँको भेटभयो । निरन्तर भेट भइराखेपछि ती दिदीबहिनीले आफुहरु यौन शोषणमा परेको कुरा समेत सुनाउँथे । उनीहरुको कुरा सुनेर म कत्तिपनि विचलीत नभई तिनिहरुको हकहितका लागि आफुले के गर्न सकिएला भनेर सोच्ने गर्थे–कान्छीमायाले भन्नुभयो । सानैदेखि समाज परिवर्तनको लागि केही गर्नुपर्छ भन्ने लक्ष्यकासाथ अगाडि बढेको कान्छीमायाले ती महिलाहरुको पीडा सुनेपछि इजिप्टमा नै महिलाहरुलाई संगठित बनाउने प्रयास गर्नुभयो । कान्छीमायाले आफ्नो लक्ष्य अनुरुप लैगिक विभेद र चेलिबेटी बेचबिखन विरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफ्नै मुलुकबाट केहि गर्ने अठोटकासाथ नेपाल फर्किनुभयो । 


सगरमाथा आरोहण
सिन्धुपाल्चोक जिल्ला नेपालको अरु जिल्लाहरुको तुलनामा चेलीबेटि बेचबिखनमा अगाडि रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । चेलिबेटी बिचबिखनमा आफ्नो जिल्ला के कारणले अगाडि भयो होला भन्ने मात्र होइन यसलाई कसरी न्यूनीकरण गराउन सकिएला भन्ने विषयमा सोच्दासोच्दै धेरै रात कटाएका थिए कान्छीमायाले । त्यसैले महिलाहरुको सशक्तिकरण, लैिङ्गक समानता, मानब बेचबिखन विरुद्ध विश्वव्यापी सन्देश पु¥याउने उद्देश्यले कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्ने लक्ष्यकासाथ स्वदेश फर्केका थिए । यहि क्रममा भेट भयो धेरै पटक सगरमाथा आरोहन गरेर विश्व किर्तिमानी कायम गर्नु सफल हुनुभएको पेम्बादोर्जे शेर्पासँग । पेम्बादोर्जे शेर्पाले नै कान्छीमायालाई गाईडको रुपमा साथ दिनु भयो । 

मौसामले साथ नदिराखेको अवस्थामा कताकता मनमा डर लाग्थ्यो तर पेम्बा शेर्पाको अभिभावकीय भूमिकाका कारण आफूलाई सम्हाल्न सफल भएको थिएँ ।


विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्नु पूर्व धेरै हिमाल आरोहण गर्न आवश्यक हुन्छ । त्यसैले ६ हजार ४ सय ७० मिटरको म्यारापिक २०१६ को अक्टोबरमा आरोहण गर्नु भयो कान्छीमायाले । म्यारापिकको सफल आरोहणपछि कान्छीमायालाई सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने आत्मविश्वास बढायो । सगरमाथा आरोहणका लागि काठमाण्डौबाट लुक्ला, लुक्लाबाट नाम्चे, नाम्चे हुदै निस्किएको ५ दिनमा उहाँ सगरमाथा बेसक्याममा पुग्नु भयो । प्रतिकूल मौसमका कारण क्याम्प ४ मा तीन रात बस्नु परेको थियो । त्यो तीन रात कान्छीमायाका लागि ४ वर्ष जतिकै अत्यास लाग्दो भएको थियो । यसै सन्र्दभमा कान्छीमाया भन्नु हुन्छ– मौसामले साथ नदिराखेको अवस्थामा कताकता मनमा डर लाग्थ्यो तर पेम्बा शेर्पाको अभिभावकीय भूमिकाका कारण आफूलाई सम्हाल्न सफल भएको थिएँ । मौसम अनूकुल भएपछि कान्छीमायाको टिम क्याम्प ४ बाट २०७४ जेठ ९ गते राति १० बजे आफ्नो उद्देश्यको अन्ति लक्ष्य प्राप्त गर्नका लागि यात्रा तय गरियो । त्यही यात्राले जेठ ६ गते बिहान ६ बजे सफलताको रुप लियो । कान्छीमाया सर्वोच्च शिखर सगरमाथामा पाईला टेक्नु सफल हुनु भयो । 


“सगरमाथाको चुचुरोमा पुग्ने बित्तिकै हामीले लगेको नेपालको झन्डा फहरायौ र १५ मिनेट जति बस्दा नबस्दै विस्तारै हिउँ र हावाको बेग तीब्र रुपमा चलेकोले हामी केही फोटो खिचेर फर्कियौ”– सगरमाथाको आरोहणपछि हामीसँग कुरा गर्दै कान्छीमायाले भन्नु भया– मनमा खुशी छायो । खुसीका आँसु झारें । सगरमाथा आरोहणपछि फर्कने क्रममा कान्छीमायाको स्वास्थमा केही समस्या आएको थियो । तर पनि उहाँले हिम्मत भने हार्नु भएन । कारण थियो मानव बेचबिखन र लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पु¥याउने अठोट । 


भाबि योजना
सिन्धुपाल्चोककी कान्छीमाया तामाङ तामाङ समुदायकोतर्फबाट पहिलो तामाङ महिला सगरमाथा आरोही हुन् । मानव बेचबिखन र लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर फैलाउने उद्देश्यले सगरमाथा आरोहण गरेको आफ्नो पहिलो प्रयास सफल भएकोमा निकै दंग पनि देखिन्छ । यस खालको सन्देश प्रवाहका लागि आगमी दिनमा पनि निरन्तर जारी राख्ने उहाँ बताउनु हुन्छ । बिशेष गरी बैदेशिक रोजगारको नाममा महिला दिदीबहिनीहरु बिदेश पलायन भइरहेका छन् ।

मानव बेचबिखन र लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर फैलाउने उद्देश्यले सगरमाथा आरोहण गरेको आफ्नो पहिलो प्रयास सफल भएकोमा निकै दंग पनि देखिन्छ कान्छीमाया तामाङ ।

वैदेशिक रोजगारको क्रममा शारीरिक शोषणमा हजारौ महिलाहरु परेका छन् । यसको न्यूनीकरण गर्न शिक्षामा पहँुच बढाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य कान्छीमायाले तय गरेका छन् । यसका साथै टे«किङ व्यवसायमा पनि महिलाको सशक्तिकरणलाई अगाडी बढाउने लक्ष्य उनको छ । यतिमा मात्र सीमित छैन कान्छीमायाको सपनाहरु । विश्वमा रहेको ८ किलोमिटरको १४ वटा हिमाल मध्य सगरमाथा चढिसकेकी कान्छीमायाले बाँकी १३ बटा हिमाल चढ्ने योजना रहेको बताउनु भयो ।

कान्छीमायाको यस किसिमको साहसले नेपाली महिलाहरुमा सकारात्मक परिवर्तनको भावना उजागर भएको छ । उहाँको यो साहस र सपनालाई राज्य र सम्बन्धित निकायले सम्मान गर्न सक्नुपर्दछ । कान्छीमायाले सगरमाथा आरोहणमार्फत जुन खालको सन्देश दिने प्रयास गर्नुभएको छ त्यसका लागि हार्दिक बधाइसँगै उहाँले तय गर्नु भएको सपनाले सफलता चुम्न सकोस् यही हाम्रो पनि शुभकामना । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook