सांसद महिन लिम्बुको निधन

सोमबार १२ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

 विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शनिबार एमालेका वैकल्पिक केन्द्रीय सदस्य  तथा सांसद महिन लिम्बुको निधन भएको छ ।
  आईतबार शवयात्रा सहित धनकुटाको मुलघाट स्थित तमोर नदीमा उहाको अन्त्योष्टि गरिएको छ  ।

शवयात्रा अधि लिम्बुको पार्थिक शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले धनकुटाको पार्टि कार्यालय धनकुटा —७  श्रीवानीमा एक घन्टा राखिएको थियो । लिम्बुको पार्थिक शरिरमा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष राजेन्द्र राई र अखिल नेपाल महिला संघ जिल्ला कमिटी  धनकुटाका अध्यक्ष  सिमा राई पार्टीको झण्डा ओढाएर  श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
 
   विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शनिबार एमालेका वैकल्पिक केन्द्रीय सदस्य  तथा सांसद महिन लिम्बुको निधन भएको छ ।

श्रद्धाञ्जली सभापछि लिम्बुको शवलाई धनकुटा बजारका विभिन्न भाग परिक्रममा गराई मुलघाटमा अन्त्योष्टि गरिएको एमाले धनकुटाले जनाएको छ । सांसद लिम्बुको निधनले पार्टीलाई ठुलो क्षति पुगेको एमाले जिल्ला अध्यक्ष राजेन्द्रको भनाई छ ।  सागुरीगढि गाउपालीका —२ बुढी मोरङ धनकुटामा जन्मीनुभएकी लिम्बु हाल धरानमा बसोबास गदै आउनुभएको थियो । क्यान्सर पिडित ६० बर्षिया लिम्बु २०४९ सालको स्थानिय निर्वाचनमा साबिक बढीमोरङ गाविसबाट उपाध्यक्ष र २०५४ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । लिम्बुका श्रीमान दुई छोरा एक छोरी हुनुहुन्छ ।

 अन्नपुर्ण पोष्ट दैनिकमा समाचार लेखिएको छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook