संकट अवस्थामा राउटे समुदाय

सोमबार १२ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

संकट अवस्थामा राउटे समुदाय

 

दैलेख जंगलमा फिरन्ते जीवन बिताउँदै आएका अल्पसंख्यक राउटे समुदाय संकटमा परेका छन् । खेती नगरी जीवन यापन गर्दै आएको यो समुदायलाई अहिले भने भोकमरीले सताएको छ । बस्ती सार्दा सार्दा थकित छन् राउटे ।


रोग, भोग र शोकबाट पीडित राउटे समुदाय पाँच महिनादेखि सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको पर्खाइमा रहेको छ । बस्ने बास र लगाउने लुगा, ओड्ने र ओछ्याउने लत्ता कपडाको पनि संकट परेको छ । दैलेखको चामुण्डा विन्द्राशैनी– १ मा रहेको कालिरह भन्ने स्थानमा भर्खरै मात्र बस्ती सरेका राउटेका अस्थायी छाप्रा खाली छन् । स–साना लालाबाला, वृद्ध र रोगी पनि बस्तीमा छन् । ४२ परिवार राउटे हाल १५९ जनामात्र छन् ।

दैलेख जंगलमा फिरन्ते जीवन बिताउँदै आएका अल्पसंख्यक राउटे समुदाय संकटमा परेका छन् । 

चैत र वैशाखमा मात्रै चारजना राउटेको मृत्यु भएको छ । मृत्यु भएपछि तत्कालै बस्ती सर्ने राउटेहरूको परम्परा हो र यही परम्पराका कारण आजभोलि राउटेहरू धरै कष्ट झेल्दै आएका छन् । गतपाँच महिनाअघि मात्र अछाममा हुँदा माघ महिनासम्मको सामाजिक सुरक्षा भत्ता पाएका राउटेहरू लामो समयसम्म भत्ता नपाउँदा निरास छन् । लामो समयसम्म भत्ता नपाउदा राउटे बस्तीमा भोकमारीले सतायो ।प्रत्येक तीन–तीन महिनामा सामाजिक सुरक्षावापतको रकम राउटेहरूलाई दैलेख जिल्ला समन्वय समितिले वितरण गर्दै आए पनि राउटेहरू यसपटक अछामतिर लामो समय बसेपछि भत्ता वितरणमा असहज भएको हो । 
 
लामो समयसम्म भत्ता नपाउदा राउटे बस्तीमा भोकमारीले सतायो ।


२०७३ सालको फागुन महिनासम्मको भत्ता राउटेहरूलाई अछाम जिल्ला समन्वय समितिले वितरण गर्नु पर्नेमा माघसम्म मात्र वितरण गरेपछि राउटेहरू समस्यामा रकम वितरण गर्न राउटे बस्ती पुगेका दैलेख जिल्ला समन्वय समितिका अधिकृत टोपबहादुर बुढा बताउँछन् ।दैलेखकै सेरोफेरोमा घुमिरहने राउटेहरू यदाकदा अछाम, सुुर्खेत र कालिकोटका जंगलसम्म पुग्छन् । दुई महिनाअघि अछामको तुर्माकाँध क्षेत्रबाट दैलेखको रामाघाट सरेका राउटेहरू रामाघाटमा एक राउटेनीको मृत्यु भएपछि मटेला सरे । मटेलामा पनि तत्कालै एउटा राउटे बालक खोलामा डुबेर मृत्यु भएपछि कालिरह पुगेका हुन् । 


९ लाख ५४ हजार सुरक्षा भत्ता वितरण

यता दैलेख जिल्ला समन्वय समितिले भने राउटे कहाँ स्थिर भएर बस्लान् र जन्मदै प्रतिव्यक्ति दुई हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता वितरण गरौंला भनेर पर्खेको दाबी गरेको छ ।कालिरहमा आउँदा दैलेख जिल्ला समन्वय समितिले तीन महिना २०७३ फगुन चैत र यही वैशाखको प्रत्येक महिना दुई हजारका दरले जनही छ हजार रुपयाँ वितरण गरेको छ । जिल्ला समन्वय समिति दैलेखका अधिकृत टोपबहादुर बुढाको नेतृत्वमा गएको टोलीले जम्मा १५९ जना राउटेलाई ९ लाख ५४ हजार रकम वितरण गरेको छ । पाँच महिनाको अन्तरालमा आफूले पाउने रकम पाएपछि राउटेहरू खुसी छन् । 

पहिले काठका सामान कोसी मधुस, आरी बनाएर अन्नसँग साट्दै जीविकोपार्जन गर्दै आएका राउटेहरू जंगलमा काठ प्रशस्त मात्रामा नपाउने भएपछि सामान पनि कमै बनाउन थालेका छन् । भोकमरीले ग्रस्त राउटे सरकारले दिएको भत्ताले केही महिना चामल किनेर खान पुग्ने र आफ्ना जनता भोकै नमर्ने राउटेका महामुखिया महिनबहादुर शाही बताउँछन् ।साना बालबालिका कुपोषणले ग्रस्त छन् ।

पहिले काठका सामान कोसी मधुस, आरी बनाएर अन्नसँग साट्दै जीविकोपार्जन गर्दै आएका राउटेहरू जंगलमा काठ प्रशस्त मात्रामा नपाउने भएपछि सामान पनि कमै बनाउन थालेका छन् ।

अघिल्लो महिनामात्र महामुखिया महिनबहादुरकी २२ वर्षीय छोरीको अचानक मृत्यु भएपछि यो बस्ती हाल शोकमा छ । यो बस्ती वरपर त्यति जंगल छैन । जंगल नभएका कारण काठका सामान बनाउन पाएका छैनन् ।छिट्टै यो बस्ती पनि छोड्ने बताउँछन् युवा राउटे प्रकाश शाही । प्रकाश अरु राउटेभन्दा फरक खालका छन् । प्रकाशलाई नेपालको चिन्ता छ । प्रकाश राष्ट्रप्रेमले भरिएको गीत पनि त्यो समुदायमा पुग्ने जो कोहीलाई पनि  सुनाउँछन् यस्तै यस्तै गीतहरू । ‘सुस्ता हाम्रै हो, कालापानी हामै्र हो बैनी लिम्पिया धुरा र महाकाली हाम्रै हो ।’ प्रकाशले यो बस्तीमा अनिकाल र रोगबारे पनि चिन्ता गर्छन् । 

राउटेलाई युवती अभाव

यो बस्तीभित्र अनेकौं कहाली लाग्दा व्यथाहरू छन् । कल्याल वंशका राउटे धेरै छन्, इष्टमित्र राष्कोटी र सोवंशी थोरै छन् । बिहेका लागि कल्याल वंशका राउटे युवाले जवानी रित्तिने बेलासम्म कुर्नुपर्छ । बस्तीमा बमबहादुर शाही ४० पुगेका छन् तर राउटे युवती हुर्कि नसकेकाले बिहे गर्न पाएका छैनन् ।कोही सानोमा बिहे गर्न बाध्य छन्, कोही उमेर पुगेर पनि बिहे गर्न पाएका छैनन् । एकल महिलाको अनुहार पनि नहेर्ने यो समुदायको संस्कृति संकटको कारण बन्न पुगेको छ ।एक विधुवा राउटेनी भत्ताको रकम लिन पनि अन्तिममा आइन् ।

 बस्तीमा बमबहादुर शाही ४० पुगेका छन् तर राउटे युवती हुर्कि नसकेकाले बिहे गर्न पाएका छैनन् ।

सबै काममा निस्किएपछि मात्र बाहिर निस्कन पाउने । बस्तीको नजिकै उल्टो दैलो फर्काएर उनको छाप्रो हालिएको हुन्छ । यस्तै यस्तै रुढिवादी परम्परामा जकडिएका, जंगल छाड्न नमान्ने यी राउटेहरूलाई पछिल्लो आठ वर्ष यता पाँच सय रुपैयाँ प्रतिव्यक्तिबाट सुरु गरिएको सामाजिक सुरक्षवापतको रकम हाल जनही प्रत्येक महिना दुई हजारका दरले वितरण गर्न थालिएको छ । भत्ता बढेपछि भने उनीहरूको जीवनयापनमा केही सहज हुन थालेको छ । 

दैनिकीमा परिवर्तन

राउटेहरूको बानी र व्यवहारमा केही कुलत परेको छ । पहिले आफंै जाँड पार्ने, अनाज कुहाउने र परम्परागत ढंगले तयार पारेको जाँडमात्र खाने गरेका राउटेहरू आजभोलि गाउँका पसलमा पाइने सिलप्याक मदिरा पिउन थालेका छन् । सूर्ति उनीहरूको प्यारो अम्मल हो । सरकारले दिएको भत्ता आधाभन्दा बढी त मदिरामै खर्चन्छन् । चामल किनेर पनि बस्तीमा जाँड नै राखेका हुन्छन् । भोलि कहाँ जाने ठेगान हँुदैन, पानी हावाहुरीले हरेक दिनजसो बस्तीका छाप्राहरू उडाइदिन्छ । 

राउटेहरूको बानी र व्यवहारमा केही कुलत परेको छ ।सूर्ति उनीहरूको प्यारो अम्मल हो ।

वर्षायाम सुरु हुन लागेको छ । चुहिने कपडाका झुत्रा पालहरू छन् लामो वर्षा यामभरि कसरी कष्टकर जीवन बिताँउछन् ? मानवीयता संवेदना हराउँदै गएजस्तो, गुप्त अंगहरू छोप्नु पर्छ भन्ने थाहा छ तर एकसरो पातलो सानो कपडाको चिर्कोले राउटेहरूको लाज छोपिएको छैन ।आफ्नो जिद्दी छ राउटेहरूको । नागरिकता लिनुपर्छ, विद्यालय जानुपर्छ, एकै स्थानमा स्थायी घर बनाएर बस्नुपर्छ, औषधि उपचार गर्न स्वास्थ्य केन्द्र जानुपर्छ भन्ने यो समुदायमा चेतना छैन । राउटेहरू भन्छन्, “हामी दुनियाँजस्तै भए राउटे को भैदिन्छ ? दुनियाँ–दुनियाँ भएर बस्नुपर्छ, राउटे–राउटे भएर बस्नुपर्छ,” राउटे मुखिया अथ्र्याउँछन् ।  

कारोबार दैनिकमा महेन्द्र सापकोटाले समाचार लेख्नु भएको छ । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook