बलात्कार गरी हत्या गर्नेलाई प्रहरीद्धारा पक्राउ

सोमबार १२ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

 बलात्कार गरी हत्या गर्नेलाई प्रहरीद्धारा पक्राउ

छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गर्न आग्रह गर्दै रामेछाप लिखुकी डिल्लीमाया तामाङ ६ वर्षअघि प्रहरीमा पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्माले उनलाई भने, ‘केटी देखेपछि जसले पनि बलात्कार गरिहाल्छ नि ।’


तिनै डिएसपी शर्माले हत्यामा संलग्न गाउँकै श्याम राउतलाई पक्राउ गरेर पनि छाडिदिएका थिए । प्रहरीबाट हाजिरी जमानीमा छुटेलगत्तै राउतले देशै छाडे । त्यसपछि छोरीका हत्यारालाई पक्राउ गर्न डिल्लीमायाका दुःख सुरु भए । प्रहरी कार्यालय मात्र होइन, उनी पटक–पटक सिंहदरबारसम्म धाइन् । गृहमन्त्रीलाई भेटिन् । आइजिपीलाई पत्र लेखिन् तर हत्यारा पक्राउ परेका थिएनन् ।

छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गर्न आग्रह गर्दै रामेछाप लिखुकी डिल्लीमाया तामाङ ६ वर्षअघि प्रहरीमा पुगेकी थिइन् । 

१४ वर्षीया छोरी सुन्तली तामाङको घरकै छेउमा बलात्कार गरी हत्या गरिएको थियो । करिब ६ वर्ष हुन लाग्दा पनि हत्यारा पक्राउ परेका थिएनन् । तर, उनको न्यायको आस अझै मरिसकेको थिएन । गत असोजमा उनी फेरि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगिन् । जिल्लामा नयाँ डिएसपी कुमोद ढुंगेल आएका थिए । उनी प्रहरीमा पुगेको दिन संयोगले प्रहरी दिवस परेको थियो । उनले रु“दै फेरि आफ्नो वेदना पोखिन् । ‘म तपाईंकी छोरीका हत्यारालाई जसरी पनि पक्राउ गर्छु,’ वेदना सुनेपछि डिएसपी ढुंगेलले छातीमा हात राखेर वचन दिए । तर, डिल्लीमायालाई त्यो आश्वासनमा पनि खासै विश्वास लागेको थिएन । किनकि, त्यसअघि त्यस्ता आश्वासन धेरैले दिइसकेका थिए । तर, यसपटकको आश्वासन प्रहरीले पूरा ग¥यो । ‘कोही प्रहरी भगवान्जस्ता पनि हुँदा रहेछन्,’ डिल्लीमायाले अभियुक्त राउतलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘६ वर्षपछि मेरी छोरीको आत्माले शान्ति पाएको छ ।’

राउत नयाँदिल्लीमा यसरी परे पक्राउ

प्रहरीले राउतलाई आइतबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनी थाइल्यान्ड, बर्मा र भारतको बीचमा रहेको अन्डामान निकोबार आइल्यान्डस्थित एक रेस्टुरेन्टमा काम गर्थे । उपचारका लागि दिल्ली आएका वेला भारतीय प्रहरीको सहयोगमा राउतलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका डिआइजी गणेश केसीले बताए । अनुसन्धानका क्रममा प्रहरीको लापरबाहीले गर्दा ६ वर्षसम्म घटनाको अनुसन्धान गर्नुपरेको उनले बताए । डिएसपी शर्मालाई त्यही वेला विभागीय कारबाही भएको थियो । नियतवश नै अनुसन्धानमा लापरबाही भएमा थप कारबाही हुने डिआइजी केसी बताउँछन् ।

प्रहरीले राउतलाई आइतबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनी थाइल्यान्ड, बर्मा र भारतको बीचमा रहेको अन्डामान निकोबार आइल्यान्डस्थित एक रेस्टुरेन्टमा काम गर्थे । 

उक्त हत्याकाण्डमा प्रहरीको असफलतालाई सिंगो प्रहरी संगठनकै असफलतास“ग जोडिएको थियो । सोही कारण मध्य क्षेत्रमा सरुवा भएलगत्तै डिआइजी केसीले सो घटनाको अनुसन्धानलाई पहिलो प्राथमिकतामा राखेका थिए । तर, ६ वर्षदेखि परिवारबाट सम्पर्क्विहीन भएका राउतलाई पक्राउ गर्न सहज थिएन । उनको परिवारस“ग पनि सम्पर्क थिएन । जसका कारण उनी कुन देशमा थिए ? भन्न सकिने अवस्था थिएन । निकै मिहिनेत गरेपछि राउत कोलकत्ताबाट ४५ मिनेटको हवाई दूरीमा रहेको अन्डामान निकोबार आइल्यान्ड टापुमा रहेको खुल्यो । सुरुमा उनलाई पक्राउ गर्न दिल्ली प्रहरीलाई अनुरोध गरिएको थियो । दिल्ली प्रहरीले राउतलाई उक्त टापुमा पक्राउ गर्न नसक्ने जनायो ।

राउत बिरामी भएपछि केही दिनअघि दिल्ली आएका थिए । एक महिनाका लागि दिल्लीकै एक होटलमा काम सुरु गरेका थिए । त्यही वेला दिल्ली प्रहरीले उनलाई पक्राउ गर्न नेपाल प्रहरीलाई सहयोग गरेको हो । डिएसपी ढुंगेल र अपराध महाशाखाका सई रमेश बजगाईंले उनलाई आइतबार दिल्लीबाट नेपाल ल्याएका हुन् । पक्राउ परेका राउतले आफूले हत्या गरेको स्वीकारेका छन् ।

न्यायका लागि सबै गुमाएँ 

छोरीका हत्यारालाई पक्राउ गर्न दबाब दिँदा डिल्लीमाया गाउ“बाटै विस्थापित भएकी थिइन् । राउतको परिवारले आफूलाई गाउ“मा बस्न नदिएपछि गिट्टी कुटेर परिवार पालेको उनले बताइन् । सुरुमा राउतको परिवारले उनलाई मोबाइलसमेत दिएर सहयोग गरेको थियो । अभियुक्त श्याम राउतका दाजु प्रदीपले जाहेरी दिनसमेत लगाएका थिए । आफ्नो भाइबाहेक गाउ“का अरूको नाममा जाहेरी दिन उनले उक्साएका थिए । तर, श्यामले नै हत्या गरेको डिल्लीमायालाई थाहा भइसकेको थियो । सहयोगको आवरणमा उनीहरूले घटनालाई मोड्न खोजेका थिए । त्यो कुरा थाहा पाएपछि डिल्लीमाया टाढिँदै गएकी थिइन् ।

छोरीका हत्यारालाई पक्राउ गर्न दबाब दिँदा डिल्लीमाया गाउ“बाटै विस्थापित भएकी थिइन् । 

त्यसपछि आफूलाई धम्की दिएर गाउ“ छाड्न बाध्य बनाइएको उनी बताउँछिन् । छोरीको हत्यारालाई पक्राउ गर्न विभिन्न निकायमा धाउँदा आफूले घरखेत नै बेच्नुपरेको उनले सुनाइन् । आफ्नी छोरीका हत्यारालाई कारबाही नगरी छाडिदिने डिएसपी शर्मालाई थप कारबाही हुनुपर्ने उनको माग छ । गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलको दबाबमा तत्कालीन डिएसपी सञ्जीव शर्माले राउतलाई छाडेको स्थानीयहरू बताउँछन् । अभियुक्त राउत पौडेलनिकट थिए । पौडेल हाल जेलमा छन् ।


नया पत्रिका दैनिकमा नवराज मैनालीले  समाचार लेख्नु भएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook