लोपन्मुख जाति चिडिमार समुदाय स्थानिय चुनावको मौदानमा 

मंगलवार १३ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा चिडिमार समुदायका ९६ घर छन् । पुरुषको पुख्र्यौली पेसा चराको सिकार गर्ने र महिलाको अर्काको घरमा भाँडा माझ्ने हो । ३ सय ७९ मतदाता रहेको चिडिमार बस्तीका ५ जना स्थानीय तह चुनावमा उम्मेदवार बनेका छन् । पुख्र्यौली पेसा संकटमा पर्न थालेपछि अधिकांशले मजदुरी गर्दै आएका छन् ।


लोपोन्मुख जातिमा पर्ने चिडिमार समुदायका व्यक्तिलाई प्रमुख दलहरूले नै उम्मेदवार बनाएपछि आफ्नो बस्ती र जातिको विकास गर्ने भन्दै उनीहरू हौसिएका छन् । उनीहरूले आ–आफ्ना दलहरूका चुनावी कार्यक्रममा सहभागिता जनाउँदै प्रचार गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका १२ को वडाध्यक्षमा माओवादी केन्द्रले ३६ वर्षीय तिरथराम चिडिमारलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धामा कांग्रेसका बुद्धिसागर सुवेदी र एमालेका देवदत्त ढकालसहित ६ जना छन् । 

पुख्र्यौली पेसा संकटमा पर्न थालेपछि अधिकांशले मजदुरी गर्दै आएका छन् ।

१२ नम्बर वडाको महिला सदस्यमा कांग्रेसबाट ३७ वर्षीया चन्दा चिडिमार र राप्रपाबाट ५९ वर्षीया कोइली चिडिमारले उम्मेदवारी दिएका छन् । उनीहरूसँग प्रतिस्पर्धा गरेका ४ सदस्यहरू अन्य समुदायका छन् । त्यस्तै वडा सदस्यमा खुलाबाट ४० वर्षीय रामु चिडिमार र एमालेबाट ४६ वर्षीय हौसिलाल चिडिमारले प्रतिस्पर्धा गर्दैछन् । उनीहरूसँग थप ८ अन्य समुदायका व्यक्ति प्रतिस्पर्धामा छन् । चिडिमार समुदायलाई राजनीतिक दलले उम्मेदवार बनाउन तँछाडमछाड गरेपछि स्थानीय तहमा उक्त समुदायको प्रतिनिधित्व हुने भएको हो । 

नेपालगन्ज उपमहानगरपालिका १२ को वडाध्यक्षमा माओवादी केन्द्रले ३६ वर्षीय तिरथराम चिडिमारलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धामा कांग्रेसका बुद्धिसागर सुवेदी र एमालेका देवदत्त ढकालसहित ६ जना छन् । 

वडा अध्यक्षका उम्मेदवार तिरथरामले आफ्नो समुदायको हित र आफ्नो जातीय प्रतिनिधित्व बढाउन उम्मेदवारी दिएको बताए ।‘प्रमुख दलहरूको विश्वासले हाम्रो समुदायबाट पनि उम्मेदवार बन्न पाएका छौं । आफ्ना चुनावी अभियान र एजेन्डा लिएर मतदाताको घरदैलोमा गइरहेको छु,’ उनले भने, ‘वडालाई सबै पूर्वाधारयुक्त बनाउने र पिछडिएको समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउने एजेन्डा अघि सारेको छु ।’ वडा सदस्य पदमा उम्मेदवारी दिएका रामुले आफ्नो समुदाय वर्षौंदेखि गरिबीको मारमा परेकाले समुदायको हितमा काम गर्ने र वडामा पूर्वाधार विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । 

कान्तिपुर दैनिकबाट  समाचार  लेखिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook