प्रतिमा शेर्पालाई अमेरिकामा प्रशिक्षण र प्रतियोगितामा सहभागिता हुने मौका 

बुधवार १४ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

प्रतिमा शेर्पालाई अमेरिकामा प्रशिक्षण र प्रतियोगितामा सहभागिता हुने मौका 

नम्बर एक नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण गर्दै प्रतियोगिता खेल्ने अवसर पाएकी छन् । उनलाई नेपाल गल्फ संघको पहलमा अमेरिकामा दुई महिना खेल्ने मौका मिलेको हो ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुर्किएकी उनी प्रशिक्षक सचिन भट्टराईसँगै आइतबार अमेरिकाको लस एन्जल्सतर्फ लाग्ने छिन् । उनले भुन्टुरास्थित ओलिभिया लिंक्स गल्फ कोर्सको एकेडेमीमा चार साता प्रशिक्षण गर्ने्छिन् । त्यही कोर्समा उनले ५० औं टाइटलिस्ट म्याच प्ले च्याम्पियनसिप (जुलाई १८–२१) मा प्रतिस्पर्धा पनि गर्ने्छिन् । त्यस्तै, क्यालिफोर्नियाको लास पोसास कन्ट्री क्लबमा हुने फाउन्डर कप (३१ जुलाई) र टेयलरमेड टुर च्याम्पियनसिप (अगस्ट ५–६) मा प्रतिस्पर्धा गर्ने पक्का भइसकेको नेपाल गल्फ संघका विकास निर्देशक दीपक आचार्यले मंगलबार बताए ।

नम्बर एक नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण गर्दै प्रतियोगिता खेल्ने अवसर पाएकी छन् ।

संघकै विशेष पहलमा उनलाई ‘टाइटलिस्ट पर्फरमेन्स इन्स्टिच्युट’ ले एक साता सान डिएगोमा फिटनेसको पनि ट्रेनिङ दिनेछ । यो इन्स्टिच्युट विश्व गल्फमै फिटनेसका लागि आकर्षण मानिन्छ । यसले समग्र र सिर्जनात्मक प्रविधिबाट खेलाडीको प्रदर्शन सुधार गर्न जोड दिन्छ । आधुनिक विधि, विश्लेषण, प्रविधि र विज्ञानको सहयोगमा विश्वकै उत्कृष्ट खेलाडीहरू विकास गर्ने टाइटलिस्ट पर्फरमेन्स इन्स्टिच्युटको योजना हो ।


पहिलो प्रो बन्ने सपना

‘ट्रेनिङका लागि अमेरिका जान पाउँदा धेरै खुसी लागेको छ,’ १८ वर्षीया प्रतिमाले भनिन्, ‘गल्फ संघको कारण यो अवसर पाएकी छु । अमेरिकामा अझ धेरै ट्रेनिङ गर्न पाइनेछ । धेरै सिक्ने अवसर छ । राम्रो खेल्ने प्रयास गर्नेछु । अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्ने कोसिस पनि गर्नेछु ।’ कमजोर आर्थिक अवस्थाका कारण उनको परिवार आरएनजीसीभित्रै बस्दै आएको छ । त्यहीं हुर्किएकी उनले ११ वर्षकी छँदा गल्फ अभ्यास गर्न थालिन् । लगत्तै अर्को वर्ष प्रतियोगिता खेल्न सुरु गरिन् ।


उनले सोसल गल्फमा ३० बढी उपाधि जितेकी छन् । गोकर्ण गल्फ कोर्समा सन् २०१४ र २०१६ मा भएको फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा उनी गल्र्सतर्फ पहिलो हुँदै फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा छनोट भएकी थिइन् । तर पासपोर्ट नहँुदा उनले ग्रान्ड एसिया फाइनल खेल्ने अवसर गुमाइन् । कक्षा १२ को परीक्षा दिएकी उनको निकै संघर्षपछि दुई महिनाअघि नागरिकता बनाइएको थियो । त्यसपछि पासपोर्ट । यी कागजातकै अभावमा उनी फाल्डो सिरिजलगायत थुप्रै अन्तर्रा्ष्ट्रिय प्रतियोगिताबाट वञ्चित भएकी थिइन् ।
 

उनले सोसल गल्फमा ३० बढी उपाधि जितेकी छन् । गोकर्ण गल्फ कोर्समा सन् २०१४ र २०१६ मा भएको फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा उनी गल्र्सतर्फ पहिलो हुँदै फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा छनोट भएकी थिइन् । 

‘मानसिक, शारीरिक रूपमा अमेरिकाको ट्रेनिङले प्रो (व्यावसायिक गल्फर) बन्न पक्कै पनि सहयोग गर्नेछ । मेरो लक्ष्य एलपीजीए (लेडिज प्रोफेसनल गल्फ एसोसिएसन) टुर खेल्ने हो,’ प्रतिमाले भनिन्, ‘सबैको सहयोगले यहाँसम्म आएकी छु । आशा छ सबैको सहयोगले त्यहाँसम्म पुग्नेछु ।’ पुरुष खेलाडी प्रो बनेको पाँच दशक हुन लागे पनि नेपाली महिला खेलाडी एमेच्योर अझ विशेषगरी सोसल गल्फमै अल्झिइरेहका छन् । त्यसैले प्रतिमासँग नेपालको पहिलो महिला प्रो बन्ने सम्भावना छ ।



‘उनी क्षेत्रीय स्तरमा राम्रो तहमा पुग्ने विश्वास छ,’ एक जमाना नेपालको शीर्ष वरीयताका प्रो रहेका दीपक आचार्यले भने । संघका महासचिव चूडाबहादुर भण्डारीले भने, ‘संघले सन् २०१० देखि युवा गल्फ परियोजना सुरु गरेको थियो । प्रतिमा त्यसैबाट उत्पादित गल्फर हुन् । उनलाई अगाडि बढाउन संघले सक्दो सहयोग गर्नेछ ।

प्रतिमासँग नेपालको पहिलो महिला प्रो बन्ने सम्भावना छ ।

’ प्रशिक्षक सचिनसहित प्रतिमालाई अमेरिका यात्राका लागि चार लाख रुपैयाँ पर्ने टिकट कतार एयरवेजका नेपालस्थित कार्यालय प्रमुख जयप्रकाश नायरले मंगलबार हस्तान्तरण गरे । टिकटको कर (रु.७१ हजार) गोकर्ण गल्फ क्लबले उपलब्ध गराएको संघले जनाएको छ ।नेपालका सर्वा्धिक सफल प्रो शिवराम श्रेष्ठ, सूर्य नेपाल मास्टर्स २०१० मा प्रोतर्फका विजेता रुपक आचार्य, सचिन भट्टराई र राधेश्याम थापाले पनि अमेरिकाको विभिन्न गल्फ एकेडेमीमा प्रशिक्षण गरेका थिए । त्यसैले अमेरिकामा प्रशिक्षण गर्ने पाँचौं नेपाली गल्फर हुँदै छिन् प्रतिमा ।  


कान्तिपुर दैनिकमा राजु घिसिङले समाचार लेख्नु भएको छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook