नवीनबहादुर शाक्यले अन्तरएयरलायन्स टेबलटेनिसमा 

बुधवार १४ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

नवीनबहादुर शाक्यले अन्तरएयरलायन्स टेबलटेनिसमा 

आयोजक नेपाल वायुसेवा निगमका नवीनबहादुर शाक्यले अन्तरएयरलायन्स टेबलटेनिसमा एकछत्र राज गरेका छन् । 

५० औं वार्षिकोत्सवदेखि समावेश टेबलटेनिसको सबै संस्करणमा नवीनबहादुर पुरुष एकलतर्फ च्याम्पियन हुँदै आएका छन् । अहिले ५९ औं वार्षिकोत्सवमा प्रतियोगिता भइरहेको छ । मंगलबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा उनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–०, ११–८ को सोझो सेटमा हराए । खेल बेस्ट अफ सेभेनका आधारमा भएको हो । निगमकै सुरेशविक्रम हमाल तेस्रो भए । 

आयोजक नेपाल वायुसेवा निगमका नवीनबहादुर शाक्यले अन्तरएयरलायन्स टेबलटेनिसमा एकछत्र राज गरेका छन् । 

नवीनले प्रितम प्रधानसँग मिलेर डबल्सको उपाधि पनि जिते । उनीहरूको जोडीले फाइनलमा सुरेशविक्रम र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६, ११–८ को सेटमा हराए । निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त तेस्रो भए ।

यसअघि राउन्ड रोबिन लिगका आधारमा खेलाइएको महिला एकलतर्फ रन्जना पोखरेल विजेता भइन् । उषा सिम्खडा दोस्रो र निमा डोमा शेर्पा तेस्रो भएका थिए । सबै निगमका हुन् ।

दुवैतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशस् काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाई टिकट पुरस्कार पाएका छन् । 

यस्तै स्नुकर प्रतियोगितामा नवीनबहादुर शाक्य र अमर डंगोल फाइनल पुगेका छन् । नवीनले क्याप्टेन प्रदीप राजभण्डारीलाई ३–२ र अमरले क्याप्टेन अरबिन्द पहाडीलाई ३–१ को फ्रेममा हराए । फाइनल बुधबार हुनेछ । ब्याडमिन्टन सम्पन्न भइसकेको छ ।

 
 कान्तिपुर दैनिकमा समाचार छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook