शेर्पा सरदारले पर्यटन विभागले प्रदान गर्ने प्रमाणपत्र पाएन

बुधवार १४ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

सगरमाथा लगायतका ४० वटा हिमालचुली आरोहण गरी फर्केका र कम्तीमा ४ सय मिटर उचाइमा काम गर्ने शेर्पा सरदारले पर्यटन विभागले प्रदान गर्ने प्रमाणपत्र पाएनन् । पर्वतारोहण सम्बन्धी नियमावली संशोधन नहुँदा दुई वर्षयता कञ्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, चोयु, अन्नपूर्ण, मनास्लु, धौलागिरिलगायत हिमाल आरोहण गरेका आरोही शेर्पा कामदारले सरकारी प्रमाणपत्र नपाएका हुन् । 

‘यी हिमालमा सरकारलाई सलामी दस्तुर तिरेर चढ्ने आरोहण दलका सदस्यले मात्रै आरोहण सकेको फोटोलगायत प्रमाणका आधारमा विभागबाट प्रमाणपत्र पाउने गरेका छन्,’ नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले भने, ‘तर उनीहरूलाई चुचुरोसम्म पुर्याउने शेर्पा, हाइ अल्टिच्युट गाइड, उचाइमा काम गर्ने कामदारले प्रमाणपत्र पाएका छैनन् ।’ अध्यक्ष शेर्पाले प्रमाणपत्र नभएकै कारण आरोही शेर्पाहरूलाई काम गर्न कठिनाइ भएको बताए । ‘विदेशीहरूले बायोडाटामा प्रमाणपत्र खोज्छन्, तर शेर्पाहरूले राख्न नसकेका कारण अवसरबाट टाढिनुपरेको छ,’ संघका अध्यक्ष शेर्पाले भने । 

पर्वतारोहण सम्बन्धी नियमावली संशोधन नहुँदा दुई वर्षयता कञ्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, चोयु, अन्नपूर्ण, मनास्लु, धौलागिरिलगायत हिमाल आरोहण गरेका आरोही शेर्पा कामदारले सरकारी प्रमाणपत्र नपाएका हुन् । 

प्राय हिमाल आरोहणमा अन्तिम शिविरभन्दा माथि सरदार, पर्वतीय पथ प्रदर्शक र उचाइमा जाने कामदार हुन्छन् । नेपाल सरकारले ४ सय १४ वटा हिमाल पर्यटकीय गतिविधिका लागि खुला गरेको छ । तर, यीमध्ये करिब ४० वटा चुचुरामा मात्रै वर्षमा चार सिजन आरोहण गतिविधि भइरहेका छन् । यी हिमाल आरोहण गर्न विदेशीले सलामी दस्तुर तिर्नुपर्छ । नेपालीले पनि सलामी दस्तुर तिर्नुपर्छ ।

हिमाल आरोहणमा एक्लै जान पाइँदैन । आरोहण दल बनाई जानुपर्छ । यस्तो दलमा कामदारका रूपमा जाने नेपालीले दस्तुर तिर्नु पर्दैन । दुई वर्ष अघिसम्म सलामी दस्तुर तिरेर हिमाल आरोहण गर्ने विदेशीर स्वदेशीले जस्तै कामदारले पनि प्रमाणपत्र पाउँथे । तर, अहिले विभागले प्रमाणपत्रमा चुचुरोमा पुग्नेहरूको जिम्मेवारी खुलाउन नियमावली संशोधन गर्ने तयारी गरेको छ । ‘अब पहिले जस्तो सबैले सदस्यका रूपमा मात्र प्रमाणपत्र पाउने छैनन्,’ विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने ।

हिमाल आरोहणमा एक्लै जान पाइँदैन । आरोहण दल बनाई जानुपर्छ ।

उनका अनुसार, नियम संशोधनपछि प्रमाणपत्रमा कुन हैसियतमा हिमाल आरोहण गरिएको हो त्यो खुलाइनेछ । ‘मन्त्री नभएकाले संशोधन रोकिएको हो, मन्त्रिपरिषदको विस्तारपछि यो नियमावली संशोधन भई आए हामी प्रमाणपत्र दिन थाल्ने छौं,’ निर्देशक ढकालले भने । संशोधनका लागि विभागबाट पठाइएको पर्वतारोहण सम्बन्धी नियमावली कानुन मन्त्रालयबाट पर्यटन मन्त्रालयमा पुगेको छ । यसलाई तालुक मन्त्रालयको मन्त्रीका हैसियतले अब आउने पर्यटनमन्त्रीले मन्त्रिपरिषद्मा लैजानुपर्छ । 

कान्तिपुर दैनिकमा समाचार छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook