किराँत समुदायको सांस्कृतिक एवं पुरातात्विक जोगाउन सर्वोच्च अदालतको आदेश

विहिवार १५ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

किराँत समुदायको सांस्कृतिक एवं पुरातात्विक जोगाउन सर्वोच्च अदालतको आदेश

 सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ । उत्तर(दक्षिण लोकमार्ग निर्माण क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

 सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ । 

किरात समुदायको भावनासँग जोडिएका धार्मिक र सांस्कृतिक सम्पदा मास्ने कार्य हुँदा सरकार बेखबर रहेको दाबीसहित अधिवक्ता प्रवीन पन्दाक लिम्बू, मनीषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले रिट दायर गर्नुभएको थियो । आदिवासी जनजातिभित्र पर्ने ‘लिम्बू’ जाति प्रकृतिपूजक रहेका कारण ढुंगासँग परम्परागत संस्कृति गाँसिएर आएको तर विकास निर्माणक्रममा यस्ता चिज नष्ट हुँदा आन्तरिक मर्ममा चोट पुगेको दाबी निवेदकको थियो ।

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलका अनुसार आदेशमा हस्ताक्षर हुन बाँकी रहे पनि सडक निर्माण कार्य गर्दा सांस्कृतिक सम्पदाको रूपमा रहेका ढुंगाको संरक्षण हुने व्यवस्था गरेर मात्र निर्माण कार्य अगाडि बढाउन सरकारलाई अन्तरिम आदेश भएको छ । बहसक्रममा रिट निवेदक तर्फका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, डा. चन्द्रकान्त ज्ञवाली, सुनीलकुमार पोखरले, पदमबहादुर श्रेष्ठ, आरजु कार्की तथा निवेदकले प्राचीन सम्पदा नष्ट हुँदा इतिहास र संस्कृति नै लोप हुने खतरा पैदा भएको भन्दै तत्काल रोकिनुपर्ने माग गरेका थिए ।
 ‘लिम्बू’ जातिको ढुंगासँग परम्परागत संस्कृति गाँसिएर आएको तर विकास निर्माणक्रममा यस्ता चिज नष्ट हुँदा आन्तरिक मर्ममा चोट पुगेको दाबी ।

बहसक्रममा रिट निवेदक तर्फका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, डा. चन्द्रकान्त ज्ञवाली, सुनीलकुमार पोखरले, पदमबहादुर श्रेष्ठ, आरजु कार्की तथा निवेदकले प्राचीन सम्पदा नष्ट हुँदा इतिहास र संस्कृति नै लोप हुने खतरा पैदा भएको भन्दै तत्काल रोकिनुपर्ने माग गरेका थिए ।

इजलाससमक्ष प्रमाणका रूपमा झुमा लिम्बूद्वारा स्थलगत रूपमा खिचिएका दर्जन दृश्य चित्रसमेत पेस गरिएको थियो । बहसमा ताप्लेजुङको ताम्पेथोक, छिरवानीमा अवस्थित तमोर खोलाकिनारमा रहेको ढुंगामा ‘मुन्धुम’ अनुसार लिम्बू जातिको पहिलो पुर्खा मुजिङमा खेपङनाका छोरा सुसुवेडाले काँण उध्याउने गरेको ऐतिहासिक प्रसंगसमेत इजलासमा सुनाइएको थियो । काँण उध्याउने निशानी रहेको उक्त ढुंगा हाल उत्तर(दक्षिण लोकमार्ग ओलाङचुङ जाने सडक निर्माणक्रममा जोखिममा परेको जनाइएको छ ।

यस्तै, ताप्लेजुङ लेलेपको लुङलुङमा अवस्थित गाउँघरमा हल्लिने ढुंगा भनेर चिनिने (लुङधुङ, हिरिलुङ हाक्का पलुङ, इमिनलुङधुङ) मा सुसुवेङ लालावेङका छोराछोरी हाडनातामा बिग्रिएपछि छुट्याइएको विश्वास रहेको ढुंगासमेत तोडफोड हुने स्थिति रहेको तथ्य बहसमा दर्शाइएको थियो । सोही सडकअन्तर्गत लेलेपमा पर्ने साँगो (साँगरकमा कोपिरक्मा) नेन्दुरी पासाङगालाङ (बेहुला र बेहुलीको आयु जोखिने ढुंगाको तराजुका तीन ढुंगामध्ये बाँकी रहेका दुई ढुंगा पनि फुटाइने स्थिति रहेको भन्दै इजलासको ध्यानाकर्षण गराइएको थियो ।माया—पिरती बसेपछि बैनाबट्टा गरिने (याङलुङ), पितृलाई पुकारेर चिताएको पूरा गर्न गाडिने (चोङलुङ), मरेपछि चिहानमाथि गाडिने ढुंगा (सङलुङ) मा यो समुदायका लागि ऐतिहासिक महत्वव बोकेका ढुंगासँग अन्तर्नि्हित सम्बन्ध रहेको सन्दर्भसमेत बहसमा कानुन व्यवसायीले राखेका थिए । सडक निर्माणक्रममा लिम्बू जातिको धार्मिक सम्बन्ध जोडिएका सखुवाका रूखसमेत नष्ट हुन थालेको जनाइएको छ ।

अन्नपुर्ण पोष्ट दैनिकमा यम बिरहिले समाचार लेख्नु भएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook