सिपोरा गुरुङको सफलता र सपना

शुक्रवार १६ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

सिपोरा गुरुङको सफलता र सपना

धेरैलाई लाग्न  सक्छ । खेलाडीहरु प्रायः रफ एण्ड टफ हून्छन । खेल अवधिमा उनीहरु ट्रयाक सुटमा मात्रै देखिन्छन । उनीहरुको शरिर कुनै रयाम मोडेलको जस्तो लचकदार हुदैन र क्याटवाक गर्न पनि जान्दैनन । अनि कुनै ग्ल्यामरस नायिकाको जस्तो अदा र छवि पनि हुदैन । तर यि सोचलाई गलत सावित गरिदिएकी छन सिपोरा गुरुङले । 
 भलिबल खेलाडिका रुपमा करियर सुरु गरेकी उनि सौन्र्दय प्रतियोगिता हुदै अहिले रजपतमा क्रियाशिल छिन । उनको  लक्ष्य र चाहाना पनि हो चलचित्र । तर खेलजिवनलाई पनि कुनै न कुनै  रुपमा संगै अगाडि बढाउने बताउछिन सिपोरा । 

 पोखराको फिस्टेल उच्च मा विमा अध्यायन गर्दा गदै देखि भलिबल खेल्न थालेकी सिफोरा सन २००५ मा पहिलो पटक राष्ट्रिय भलिबल  प्रतियोगितामा सहभागितामा सहभागि भएकी हुन । श्रीलङकामा भएको दसौ दक्षिण एसियाली खेलमा १३  बर्षको  उमेरमै  नेपाली राष्ट्रिय टोलिमा सहभागि भई अन्तराष्ट्रिय खेलमा भाग लिन सबैभन्दा कान्छो उमेरको खेलाडिका रुपमा उनले पहिचाहन बन्यो । त्यसयता जुनजुन क्षेत्रमा उनि क्रियासिल रहिन सबै क्षेत्रबाट चर्चा पाउन सफल भईन । खेल जिवनलाई थाति राखेर अभिनयलाई प्राथमिकता दिएकी नायिका सिपोरा आफु अभिनीत पछिल्लो चलचित्र “भुईमान्छे”को प्रचारमा हिजोआज जुटेकी छन । 

धेरैलाई लाग्न  सक्छ । खेलाडीहरु प्रायः रफ एण्ड टफ हून्छन । खेल अवधिमा उनीहरु ट्रयाक सुटमा मात्रै देखिन्छन । उनीहरुको शरिर कुनै रयाम मोडेलको जस्तो लचकदार हुदैन र क्याटवाक गर्न पनि जान्दैनन । अनि कुनै ग्ल्यामरस नायिकाको जस्तो अदा र छवि पनि हुदैन । तर यि सोचलाई गलत सावित गरिदिएकी छन सिपोरा गुरुङले । 

स्तर प्रयोग र बिषयका दृष्टिले नया चरणमा प्रवेश गरिरहेको नेपाली चलचित्रमा सम्भवतः यो बिषयलाई पहिलो पटक पर्दामा उतारिएको हो । नवराज बुढाथोकीको कथा ,पटकथा,संवाद एवम निर्देशक रहेको यो चलचित्रमा रोहिणी भटटराई प्रमुख निर्माता हुन भने निरुपाराज्यलक्ष्मि थापा र हरि यादव सहनिर्माताका रुपमा रहेका छन । अभिनेता रमेश बुढाथोकीले शीर्ष भुमिकामा अभिनय गरेका यस चलचित्रमा रमेशका साथै सिपोरा गुरुङ ,सहिन प्रजापति , रोहिणी भटटराई ,बादल भटट , रामबाबु रेग्मी ,शशोक बोहोरा, आर्यन नेउपाने , सानु तामा्रकार,सौरभ ढकाल ,हरि यादव आदिले अभिनय गरेका छन । चलचित्र भुईमान्छे भदौ २ गते रिलिज हुदैछ । अस्पतालमा लासको पोष्मार्टन गर्ने समुहकी एक सदस्यका रुपमा अभिनय गरेकी नायिका सिपोरा गुरुङको अभिनय यात्रा “यम्फावती” द प्रिन्सेस बाट सुरु भएको हो । कृष्णकुमार गुरुङ निर्देशीत सो चलचित्र एउटा राजकुमारीको कथामा आधारित थियो । पहिलो चलचित्रमा काम गरिसकेपछि उनलाई यस क्षेत्रमा अझ राम्रो गर्न सक्छु भन्ने लागेकोले उनले अभिनयलाई निन्तरता दिएकी हुन । 

 भलिबल खेलाडिको रुपमा ख्याति कमाएकी सिपोरा मिस नेपाल २०१३मा सहभागि भई थर्ड रनर अफ हुन सफल भएकी थिइन । प्लस टुको परिक्षा दिएर बसेको बेला मैले  मिस नेपालमा भाग लिएको थिए । सिपोराले भनिन “यो प्रतियोगितामा भाग लिएपछि जीवनमा एउटा महत्वपुर्ण अनुभव संगाल्ने अवसर पाए । यसले मेरो प्रतिभामा भाग सौन्र्दयलाई बाहिर ल्याउनका साथै व्यक्तित्व विकासमा पनि टेवा पुरयायो ।”
 
भलिबल खेलाडिको रुपमा ख्याति कमाएकी सिपोरा मिस नेपाल २०१३मा सहभागि भई थर्ड रनर अफ हुन सफल भएकी थिइन । प्लस टुको परिक्षा दिएर बसेको बेला मैले  मिस नेपालमा भाग लिएको थिए ।


 अन्र्तराष्ट्रिय खेलाडिहरुको जीवनशैलि हेर्न हो भने पनि खेल सुरु हुन अगाडि खेलाडिहरु सुन्दर पहिरनमा सुसज्जित भएर आफनो व्याक्तित्व झल्काउने गरेको सिपोराको भनाई छ । एउटी महिला खेलाडिले आममान्छे भन्दा सुन्दर बनेर प्रस्तत हुनसकिन्छ , सिपोराले थपिन विश्वविख्यात अन्र्तराष्ट्रिय खेलाडिहरुबाट पनि हामीले कसरी प्रस्तुत हुने भन्ने सिक्छौ ।  यो कला चलचित्रका साथै सौन्र्दय प्रतियोगितामा भाग लिएपछि आफुले अझ धेरै बुझन मौका पाएको उनको भनाई छ । समयका अभावका कारण अहिले खेल क्षेत्रमा त्यति ध्यान दिन नपाए पनि भविष्यमा कोच बनेर खेलक्षेत्रको विकासमा मदत गर्ने उनको लक्ष्य छ । 

 शारिरीक तन्दरुस्ती लागि नियमित रुपमा व्यायाम गर्ने जिम जाने गरकी उनि खानेकुरामा भने बिन्दास छिन । आफुलाई खान मन लागेको जुनसुकै कुरा उनि मज्जाले खान्छिन । तर खानाको मात्रा मिल्नुपर्छ भन्ने उनको मान्यता छ । फुर्सदको समयमा घरमै बस्न रुचाउने  सिपोरा बेडमा बसेर किताब पढन , टेलिभिजन हेर्न रुचाउछिन ।कुनै सफल व्याक्तिको आत्माकथा  र अरुले सिफारिस गरेका किताब बढि पढन गर्छिन । उनि चलचित्र हेर्न पनि उनको रुची पर्छ । पहिले चलचित्र हेर्दा केवल मनोरञ्जनका लागि मात्रै हेर्न गरे पनि अहिले अभिनय ,कथा प्रस्तुति लगायत अन्य प्राविधिक पक्षमा पनि ध्यान जाने गरेको उनले बताइन ।

अन्नपुर्ण पोष्ट दैनिकमा समाचार लेखिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook