कलाकार निलु डोमा शेर्पा रहिन्न अब

आईतवार १८ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कलाकार निलु डोमा शेर्पा रहिन्न अब

नेपाली चलचित्रकी निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ। शनिबार बिहान ९ बजे आफ्नै निवासमा हृदयघात भएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुर्उने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

पूर्व्मिस नेपाल माल्भिका सुब्बाका अनुसार शनिबार बिहान साढे आठ बजेसम्म शेर्पालाई केही भएको थिएन। सुब्बा शेर्पाको निवास बालुवाटार पुगेर साढे ८ बजेमात्र फर्किएकी थिइन्।
शेर्पाको निधनले आफू चकित परेको सुब्बाको भनाइ छ। ‘एउटा विज्ञापन सुटिङका लागि लुगा लिन बिहान साढे आठ बजे म उहाँकै निवास पुगेकी थिएँ’, सुब्बाले भन्नुभयो, ‘त्यत्तिबेलासम्म उहाँलाई केही भएको थिएन ।

नेपाली चलचित्रकी निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ। शनिबार बिहान ९ बजे आफ्नै निवासमा हृदयघात भएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुर्उने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

 तर, उहाँसँग छुटेको पौने घन्टा नबित्तै नराम्रो खबर आयो टिचिङ पुग्दा उहाँको शवमात्र भेटेँ।’निर्देशक शेर्पालाई मृर्गौलाको समस्या थियो।यद्यपी मृर्गौलाको समस्या निको भएपछि चिकित्सकै सल्लाहमा औषधि खान छोडेकी थिइन्। चर्चित चलचित्र ‘हाऊ फन्नी’को निर्देशन गरेकी शेर्पाले भारतबाट चलचित्र सम्बन्धी डिप्लोमा गरेकी थिइन्। निर्देशक शेर्पाको शव डिचिङ अस्पतालमै राखिएको छ। उहाँकी आमा अष्ट्रेलियामा हुनुहुन्छ। उनको अन्तेष्टि आमा अष्ट्रेलियाबाट आएपछि शेर्पाको संस्कृति अनुसार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ। निर्देशक शेर्पा शुक्रबार सम्पन्न नायिका निशा अधिकारीको विवाह समारोहमा समेत उपस्थित भएकी थिइन।
 
अन्नपुर्ण दैनिकमा समाचार लेखिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook