तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न

मंगलवार २० आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव  सम्पन्न

इन्डिजिनिय भ्वाईस 

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा सोमबार सम्पन्न भएको छ । 
  महोत्सवमा शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा र सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन भएको थियो । महोत्सवमा किरात , लिम्बु ,  गुरुङ्ग , तामाङ्ग , थारु , नेवार लगायत अन्य समुदायको चलचित्रहरु प्रर्दशन भएको थियो । 

 महोत्सवमा शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा र सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन भएको थियो । 

  त्यसैगरी महोत्सवमा गुरुङ भाषाको कर्म क्या (कर्मको बाटो) चलचित्रले पब्लीक च्वाईज अवार्ड जितेको थियो भने उक्त चलचित्र जसमाया (जसु) गुरुङले निर्देशन गर्नुभएको थियो ।  सो चलचित्रले नगद २५ हजार पुरस्कार पनि हात पार्न सफल भएको थियो ।  महोत्सवमा तामाङ भाषाको चलचित्र बुम्बा  र मगर भाषाको चलचित्र लुम्बालाई पनि दर्शकहरुले मन पराएको थियो । महोत्सवमा तिन महिलाले निर्देशन गरेको चलचित्रहरु जसु गुरुङ , टोमा लामा  र  विन्दु माझी  पनि छनौटमा परेको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामले आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको चलचित्र महोत्सवले आदिवासी जनजातिहरुको मौलिक पहिचाहनको कला , भाषा , संस्कार ,संस्कृतिहरुको प्रचार गर्नमा सहयोग मिलेको पनि बताउनुभयो ।  आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारले आदिवासी जनजाति सम्बन्धि बनेको चलचित्रहरु पनि अब राज्य स्तरमा स्थान दिनुपर्ने बताउनुभयो । उहाले जातिय संस्थाहरुबाट छनौट भएको चलचित्रहरु महोत्सवमा प्रर्दशन गरेको जानकारी दिनुभएको थियो । चलचित्र महोत्सवमा  बन्थि , पेके ,गुठ ,दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा चलचित्रहरुलाई प्रोत्सान स्वरुप नगद पाच हजार रुपैया दिएको पनि उहाले बताउनुभयो । महोत्सवमा १८ वटा चलचित्र प्रर्दशन भएको थियो । 

  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook