गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुनः नियुक्त 

बुधवार २१ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुनः नियुक्त 

अमेरिकाको वाशिंगटन राज्यमा दुई दशकभन्दा लामो समयदेखि बस्दै आएका नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुनः नियुक्त भएका छन् । स्याङ्जा पेल्काचौरमा जन्मिएका गुरुङ चिकित्सा क्षेत्रअन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा दिएका थिए । 

अमेरिकाको वाशिंगटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ वर्षको लागि जिम्मेवारी सुम्पिएका हुन् । गभर्नर जे इन्सलीले गुरुङलाई प्रथम पटक कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए भने दोश्रो पटक पनि यिनैले नियुक्त गरेका हुन् ।एसियाली प्रशान्त अमेरिकन मामला आयोगमा गुरुङ समेत १२ जना सल्लाहकार समितिका आयुक्तहरू रहनेछन् । उक्त पद गभर्नरले नियुक्त गर्दछन् ।

अमेरिकाको वाशिंगटन राज्यमा दुई दशकभन्दा लामो समयदेखि बस्दै आएका नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुनः नियुक्त भएका छन् । 

यसका साथै समुदायलाई कानुन तथा नीतिबारे सूचना दिने, नागरिक अधिकार तथा न्याय, जातीय असमानता सम्बन्धी वकालत गर्नेको साथै शिक्षा, स्वास्थ्य तथा मानव सेवा आदि विषयमा समेत सेवा पु(याउने आयोगको उद्देश्य रहेको छ ।एसियाली प्रशान्त अमेरिकन मामला आयोगको स्थापना वाशिंगटन राज्यमा रहेका एसियाली प्रशान्त अमेरिकन समुदायका आवाज सुनिन सकुन् भन्ने मुख्य उद्देश्यले स्थापना भएको हो ।

आयुक्त गुरुङको विशेष पहलमा वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त भइसकेको र नेपाली भाषालाई अंगीकार गर्ने पहिलो राज्य बनेको हो ।वाशिंगटन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वाशिंगटन राज्यका गभर्नर जे इन्सलीलाई जान्छ भने वाशिंगटन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिँदै अन्य भाषाहरूझैँ नेपाली भाषालाई पनि अंगिकार गरेको हो ।

यसका साथै समुदायलाई कानुन तथा नीतिबारे सूचना दिने, नागरिक अधिकार तथा न्याय, जातीय असमानता सम्बन्धी वकालत गर्नेको साथै शिक्षा, स्वास्थ्य तथा मानव सेवा आदि विषयमा समेत सेवा पु(याउने आयोगको उद्देश्य रहेको छ ।


सन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङ समाज सेवाको क्षेत्रमा उनले गरेको अथक प्रयास तथा परिश्रमको कारण त्यो पदमा पुग्ने पहिलो नेपाली हुन् । 
सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध गुरुङ अमेरिकामा मात्र समाज सेवामा सीमित नभई मातृभूमिलाई पनि अनवरत रुपमा सहयोग गर्दै आइरहेका छन् ।उनले पुनः गभर्नरले मौका दिएकोमा विशेष धन्यवाद दिँदै अब आफ्नो काँधमा जिम्मेवारी आएकोले यसलाई ठूलो अवसरको रूपमा लिने बताए । आफूले ३ वर्षसम्म उक्त पदमा रहँदा अधुरो र अपुरो रहेका कामलाई उच्च प्राथमिकता दिँदै प्रदान गरेको जिम्मालाई पूरा गर्ने प्रयास रहने उनले बताएका छन् ।

कारोबार दैनिकमा समाचार लेखिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook