दशरथ रंगशालामा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका पूर्वाञ्चलका प्रकाश दनुवार

आईतवार २५ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा विद्यालयस्तरको १६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । दशरथ रंगशालामा शनिबार नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गतको उक्त दौडमा निर्धा्रित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाशले कीर्तिमान बनाए । उनले २०५८ सालको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान तोडेका हुन् । २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा हुने गथ्र्यो । 


उक्त दौडमा मध्यमाञ्चलका भुवन महतो दोस्रो र पश्चिमाञ्चलका सन्दीप चौधरी तेस्रो भए । रनिङ सिल्डको नवौं संस्करणमा एथलेटिक्समा बनेको यो पाँचौं कीर्तिमान हो । मध्यमाञ्चलका अजित यादवले १५ सय र ३ हजार मिटर दौड, पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्पमा कीर्तिमान बनाएका थिए । 


पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा विद्यालयस्तरको १६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । दशरथ रंगशालामा शनिबार नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गतको उक्त दौडमा निर्धा्रित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाशले कीर्तिमान बनाए ।


शनिबारै ४ सयको छात्रा दौडमा सुदूरपश्चिमकी अनिता भुल १ मिनेट ०७.२५ सेकेन्डबाट विजेता भइन् । पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दास्रो र मध्यमाञ्चलकी काजल विष्ट तस्रो बने ।छात्रा ट्रिपलजम्पमा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटरसहित विजेता भए । मध्यपश्चिमका सुशील केसी र सुदूरपश्चिमका नीरकुमार राना दोस्रा र तेस्रा भए । छात्रामा पश्चिमाञ्चलकी विपना परियारले १०.५६ मिटरबाट स्वर्ण जितिन् । सुदूरपश्चिमकी देविका पालले रजत तथा मध्यपश्चिमकी पूजा चौधरीले कांस्य जिते ।

मध्यमाञ्चलका वीरेन्द्र चौधरीले ज्याभ्लिन थ्रोको स्वर्ण जिते । उनले ४५.६५ मिटर थ्रो गरे । सुदूरपश्चिमका रमेश पोखरेल दोस्रो र मध्यमाञ्चलका सन्तराम माझी तेस्रो भए । छात्रामा सुदूरपश्चिमकी खगेश्वरी ठगुन्ना २५.१९ मिटरसहित विजेता बनिन् । पश्चिमाञ्चलकी सुनीता थापा दोस्रो र मध्यमाञ्चलकी एलिना खडका तेस्रो भए ।छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमकी जयरानी थारुले २७.४४ सेकेन्डबाट स्वर्ण जितिन् । १ सय मिटर दौडकी विजेता मध्यमाञ्चलकी लुजस्ला अमात्य दोस्रो र पूर्वाञ्चलकी नेहा चौधरी तेस्रो भए ।

मध्यमाञ्चलका वीरेन्द्र चौधरीले ज्याभ्लिन थ्रोको स्वर्ण जिते । उनले ४५.६५ मिटर थ्रो गरे । सुदूरपश्चिमका रमेश पोखरेल दोस्रो र मध्यमाञ्चलका सन्तराम माझी तेस्रो भए । छात्रामा सुदूरपश्चिमकी खगेश्वरी ठगुन्ना २५.१९ मिटरसहित विजेता बनिन् । 

४ गुणा ४ सय मिटर रिलेमा दुवैतर्फको स्वर्ण मध्यपश्चिमाञ्चल जित्यो । एथलेटिक्समा मध्यपश्चिमाञ्चल सर्वा्धिक १ सय ७३ अंक जोडै टिम च्याम्पियन बन्यो । १ सय ६७ अंकसहित मध्यमाञ्चल दोस्रो र १ सय ३८ अंकसहित पश्चिमाञ्चल तेस्रो भए ।भलिबल स् भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन् ।
राउन्ड रोबिन लिगका आधारमा पश्चिमाञ्चल अपराजित रह्यो । मध्यमाञ्चल दोस्रो र मध्यपश्चिमाञ्चल तेस्रो भए । छात्रामा मध्यमाञ्चलले पनि कुनै खेल नगुमाई च्याम्पियन भयो । पूर्वाञ्चल दोस्रो र मध्यपश्चिमाञ्चल तेस्रो भए । शनिबार छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१, २५–२३ र मध्यपश्चिमले सुदूरपश्चिमलाई २५–१५, २१–२५, २५–१६ को सेटमा हराए । छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१०, २५–१८ र मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमलाई २५–१९, २५–१६ ले हराए ।


फुटबल स् फुटबलतर्फ छात्रमा मध्यपश्चिम र छात्रामा मध्यमाञ्चलले उपाधि जिते । दशरथ रंगशालामा छात्र फाइनलमा दिपेनसिंह ठकुरी र हेमराज राउतको गोलमा मध्यपश्चिमले मध्यमाञ्चललाई २–० ले हरायो ।छात्रा फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ ले हराउँदा रश्मीकुमारी घिसिङले दुई, सविता रानामगर र रजनी थोकरले १–१ गोल गरे । पश्चिमाञ्चलकी उदया थापाले एक गोल फर्काइन् ।

मध्यमाञ्चल लगातार च्याम्पियन

मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदममा उपाधि रक्षा गरेको छ । ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० सहित २९३ अंक जोड्दै टिम च्याम्पियनको उपाधि जोगायो । तीन खेलबाहेक कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक टिम च्याम्पियनमा गणना नहुने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पश्चिमाञ्चल २ सय ६४ अंकसाथ दोस्रो, मध्यपश्चिमाञ्चल २१५ अंकसाथ तेस्रो भए । शीर्ष तीन स्थानका विजेता टिमले क्रमशस् २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले कुल ७ सय १० खेलाडी सहभागी थिए ।

मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदममा उपाधि रक्षा गरेको छ  । 

समापनका राजधानीमै गत वर्ष भएको आठौं संस्करणका कीर्तिमानी खेलाडी पुरस्कृत भए ।मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमकी मन्जु रावतले १५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक बिकले सटपुट र पश्चिमाञ्चलकी विपना परियारले ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए । दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपैयाा पाए । बाँकीले जनही १० हजार नगद प्राप्त गरे ।
 
 कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook