डोल्मालाई कुवेत सरकारले घर फिर्ती 

आईतवार २५ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

डोल्मालाई कुवेत सरकारले घर फिर्ती 

कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ ।

१० बर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्रा्ष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो ।

कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ ।

इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो । सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बााकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो ।‘मलाई देश–विदेशका नेपालीले गरेको सहयोग र जनाएको शुभेच्छाप्रति म धन्यबाद भन्न चाहन्छु,’ छोटो कुरानकानीमाझ डोल्माले भनिन्, ‘यो सहयोग नभएको भए शायद म आज घर फर्कन सक्ने थिइान ।’

डोल्माले कुवेतस्थित नेपाली दुतावासले जेलमा रहेका नेपालीको पक्षमा आवाज उठाउन नसकेको प्रतिक्रिया दिइन् । डोल्मा दुतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ लिएर घर फर्केकी हुन् ।  डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिना अनुमती वा सरकारी प्रकृयाबिनै जाने नेपाली महिलाहरुको सरोकार नेपालमा सदनदेखि सडकसम्म तातेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् ।
दुतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ बर्षको जेल सजायमा थुनामा राखिएको छ । यसमा १ देखि १५ वर्षसम्मको जेल सजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांश लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् ।

डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिना अनुमती वा सरकारी प्रकृयाबिनै जाने नेपाली महिलाहरुको सरोकार नेपालमा सदनदेखि सडकसम्म तातेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् ।

कुवेतमा घरेलु कामदारमाथि भएको श्रम शोषण र बढ्दो गैरकानूनी कामकारवाहीलाई आधार मानेर नेपाल सरकारले २०१४ को मार्च महिनादेखि घरेलु काममा श्रम स्वीकृति दिन बन्द गरेको छ । तैपनि लुकिछिपी अथवा भारतको बाटो भएर जाने महिलाहरु उत्तिकै रहेको स्थिति छ ।
डोल्मा भारतको बाटो हुादै अवैध रुपमा कुवेत गएकी थिइन् । कुवेत पुगेको केही महिनामा कुवेती मालिकको घर फेर्ने क्रममा र भगौडा भएर बस्नुपरेको तनावको अवस्थामा फिलिपिनो युवतीको हत्या प्रकरण उब्जिएको थियो । उनी कुवेत पुगेर बेहोरेको हैरानी र घरपरिवारको कथानक जोडेर निर्देशक केसाङ छेतेनले बनाएको ‘सेभिङ डोल्मा’ वृत्तचित्र निकै चर्चामा रहिआएको छ ।

कान्तिपुर दैनिकमा समाचार देवेन्द्र भटटराईले लेख्नु भएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook