संविधानको कार्यान्वयन गर्दै समावेशी समाज निर्माणमा जोड

मंगलवार २७ आषाढ, २०७४   |   राजनीति

Print This   |   Font Size + -

संविधानको कार्यान्वयन गर्दै समावेशी समाज निर्माणमा जोड

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधानको मौलिक हकमा व्यवस्था भएको समानुपातिक समावेशी, मातृभाषामा शिक्षाको व्यवस्थालाई कार्यान्वयनमा जोड दिनु भयो । 


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १६ औ सञ्चालक परिषद बैठक उद्घाटन गर्नु हुदै उहाँले संविधानको कार्यान्वयन गर्दै समावेशी समाज निर्माणमा गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले संविधानमा आदिवासी जनजाति आयोगको व्यवस्था भए पनि विद्यमान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज हुन नहुने बताउनु भयो । आदिवासी जनजाति संग सम्बन्धीत कानुनी पक्षमा आयोगले काम गर्ने हुदा आयोग र प्रतिष्ठनको काम कर्तव्य फरक फरक रहेको अध्यक्ष बरामले बताउनु भयो । 


आदिवासी जनजाति विज्ञ डा. चैतन्य सुब्बालले प्रतिष्ठान आदिवासी जनजातिको सामाजिक, आर्थीक उत्थानका लागि काम गर्ने एक मात्र सरकारी निकाय भएको हुदा आगामी दिनमा यसको खारेजी भन्दा पनि प्रतिष्ठानको स्थानीय र प्रादेशीक तहमा साखा विस्तार गर्दै लानु पर्नेमा जोड दिनु भयो । साथै उहाँले कनुै पनि बाहाना गरेर सरकारले प्रतिष्ठान खारेज गर्नु नहुने पनि बताउनु भयो ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook