स्थानीय तहको चुनावमा एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरे

मंगलवार २७ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

स्थानीय तहको चुनावमा एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरे

स्थानीय तहको चुनावमा एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरेको छ । कांग्रेसका तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै एमालेका तारा सुब्बा मेयर निर्वा्चित भएका छन् । सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गरेका छन् । कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाए ।

एमालैकै मञ्जु भण्डारी सुवेदी २१ हजार २ सय ५६ मत प्राप्त गर्दै उपमेयर निर्वा्चित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी श्याम रेग्मीले १४ हजार ९ सय १७ मत पाइन् । 
मेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ३८ मत प्राप्त गरे भने माओवादीसहित ८ दलसाग गठबन्धन गरेको संघीय समाजवादी फोरमका पारस काङबाङले ५ हजार १ सय ८१ मत पाए ।

स्थानीय तहको चुनावमा एमालेले धरान उपमहानगरपालिकामा ह्याट्रिक गरेको छ । कांग्रेसका तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै एमालेका तारा सुब्बा मेयर निर्वा्चित भएका छन् । सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गरेका छन् । कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाए ।

तारा सुब्बाको जित र ह्याट्रिक गरेसागै एमालेले धरानमा आफ्नो इतिहासलाई कायम राख्न सफल भएको छ भने कांग्रेसको बामपन्थी किल्ला भत्काउने सपना अधुरो भएको छ । 
धरानसँगै एमालेले १ नम्बर प्रदेशको अर्को उपमहानगरपालिका इटहरीमा पनि विजय हासिल गरिसकेको छ । सुनसरीमा साना गाउँपालिकारनगरपालिकामा पराजित भए पनि एमाले ठूला दुई उपमहानगरपालिका र बराह नगरपालिकामा विजय भएको छ । 

नवनिर्वा्चित मेयर सुब्बाले दुइटै मृगौला फेल भएर गत वर्षमात्र भारतमा मृगौला प्रत्यारोपण गरेका थिए । सुब्बा धरान उपमहानगरपालिका एमाले विशेष कमिटीका इञ्चार्ज हुन् । मतदानपछि मतगणना सुरु भएलगत्तै उनी थप उपचारकालागि भारत गएर चार दिनपछि फर्केका थिए । 

यसअघिका स्थानीय चुनावमा एमालेले ०४९ को चुनावमा एमालेबाटै उठेका ध्यानबहादुर राई र ०५४ मा मनोजकुमार मेन्याङ्बोल कांग्रेसलाई पराजय गरेको थियो । राई भने एमाले छाडेर संघीय समाजवादी फोरममा गएका छन् । बामपन्थीको किल्ला मानिएको धरानमा कांग्रेसको विजयको झण्डा फहराउने सपना हालसम्म पूरा हुन सकेको छैन । यसपालिको चुनावमा कांग्रेसले धरानका २० वटा वडामध्ये  १, २, ५, १४ र १८ वडामा मात्र जित हात पारेको छ । माओवादीले वडा नम्बर १७ मा मात्रै विजय हासिल गरेको छ । बााकी सबै वडामा एमालले आफ्नो प्रभुत्व जमाएको छ ।

नवनिर्वा्चित मेयर सुब्बाले दुइटै मृगौला फेल भएर गत वर्षमात्र भारतमा मृगौला प्रत्यारोपण गरेका थिए । सुब्बा धरान उपमहानगरपालिका एमाले विशेष कमिटीका इञ्चार्ज हुन् । मतदानपछि मतगणना सुरु भएलगत्तै उनी थप उपचारकालागि भारत गएर चार दिनपछि फर्केका थिए । 

चुनावअघि माओवादी केन्द्रले आफ्नो निकट प्रतिस्पर्धी एमाले रहने बताएपनि मत परिणामले तेश्रो स्थानमा पुगेको छ । माओवादीले एमालेलाई हराउन संघीय समाजवादी फोरम नेपालसहित ८ दलसँग गठबन्धन गरेको थियो । 

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्षसमेत रहेका कांग्रेसका तिलक राईलाई धरानका सबैभन्दा धेरै जनसंख्या र मतदाता संख्या रहेको २८ हजार राई समूदायबाट भोट खस्ने अनुमान गरिएको थियो । जातीय मतको भूमिका धरानमा पहिलेदेखि रहेको बताइए पनि यसपटक त्यस्तो नदेखिएको मत परिणामले देखाएको छ । 

मेयर विजेता घोषणपछि एमालेका तारा सुब्बाले धरानको विकास, समृद्धि र उन्नतिका लागि आफ्नो योग्यताले भ्याएसम्म काम गर्ने बताए । धरान उपमहानगरपालिकामा कुल ७९ हजार २ सय ८२ जना मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

कान्तिपुर दैनिकमा प्रदिप मेन्याङवोले समाचार लेख्नु भएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook