रत्नजित र नङसलदेवीले छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टनको उपाधि रक्षा गरे

बुधवार २८ आषाढ, २०७४   |   कला र साहित्य

Print This   |   Font Size + -

रत्नजित र नङसलदेवीले छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टनको उपाधि रक्षा गरे

रत्नजित र नङसलदेवी तामाङले छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टनको उपाधि रक्षा गरेका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध उनीहरू नाताले दिदीभाइ हुन् । दुवैले युगलतर्फ पनि उपाधि जिते । 
पुरुष एकलको फाइनलमा डिफेन्डिङ च्याम्पियन रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई २३–२१, २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जोगाएका थिए । महिला एकलमा नङसलदेवीले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१४, १९–२१, २१–८ ले हराइन् । नङसल पनि डिफेन्डिङ च्याम्पियन हुन् ।दुवैतर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार जितेका थिए । मंगलबार सम्पन्न प्रतियोगितामा आर्मीका खेलाडीले वर्चस्व जमाए । उनीहरूले ९ मध्ये ७ विधामा सफलता पाएका थिए । ब्वाइज यू–१५ एकल र भेट्रान ४५ माथिको विधामा आर्मी खेलाडी पछि परे ।

रत्नजित र नङसलदेवी तामाङले छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टनको उपाधि रक्षा गरेका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध उनीहरू नाताले दिदीभाइ हुन् । दुवैले युगलतर्फ पनि उपाधि जिते । 

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आयोजना प्रतियोगिताको पुरुष युगलतर्फ रत्नजित र नवीनको जोडीले पुलिसका विष्णु कटुवाल र दिपेश धामीलाई २१–१७, २१–१८ ले हराएर उपाधि जित्यो । महिला युगलको फाइनलमा नङसलले अनुमाया राईसँग मिलेर एपीएफका पूजा श्रेष्ठ र यामकुमारीलाई २१–११, १६–२१, २१–१४ ले पराजित गर्दै उपाधि जिते । ब्वाइज यू–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१–२३, २१–१६, २१–१५ ले तथा ब्वाइज यू–१७ मा आर्मीका प्रफुल्ल महर्जनले सेनाकै प्रवीण लिङथेपलाई २१–९, २१–१६ ले पराजित गर्दै उपाधि जितेका छन् ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आयोजना प्रतियोगिताको पुरुष युगलतर्फ रत्नजित र नवीनको जोडीले पुलिसका विष्णु कटुवाल र दिपेश धामीलाई २१–१७, २१–१८ ले हराएर उपाधि जित्यो ।

गल्र्स यू–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जन च्याम्पियन भइन् । उनले यू–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१–१२, २१–१७ ले तथा यू–१७ मा विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशीलाई २१–१०, २१–६ ले पराजित हराए । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गरे ।भेट्रान ४५ वर्ष माथिको फाइनलमा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई हराएको थियो । 

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा २०६६ सालमा सुर्रु याकिङ प्रतियोगिता यसपल्ट खुला स्पर्धामा आयोजना भएको थियो । अर्को संस्करण मोफसलमा आयोजना गरिने आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । 

कान्तिपुर दैनिकमा समाचार लेखिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook