दशैं मगरको चाड होइन

मंगलवार १० आस्विन, २०७४   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

दशैं मगरको चाड होइन

दसैैँ बहस श्रृङ्खला – ५

समिर थापा मगर ,आदिबासी जनजाति सम्पर्क मंच

 

नेपालको विशेष गरी पश्चिमी भागमा मगर समाजले मनाउने सबैभन्दा ठूलो चाड दशैं र त्यसपछि तिहार हो । तर मगर समाजमा यो चाडपर्व मनाउने चलन कहिलेबाट सुरु भयो ? यसको ऐतिहासिक महत्व र कारण के हो ? यस सम्बन्धमा वास्तविक खोजी नगरी पुर्खाले मान्दै आएको भनी सबै मगरहरुले आँखा चिम्ली मान्दै आएको बुझिन्छ ।
रामायण र दशैं हिन्दू साहित्य ‘रामायण’ को कथनअनुसार अयोध्याको रामले लङ्काका राक्षस राजा रावणलाई दशौं दिनमा हराई लंका विजय गरी अयोध्यामा राम फर्केको खुसियालीमा दशैं अर्थात् विजया दशमी मनाएको भनी मगरहरुमा हिन्दु बाहुनहरुले प्रचार गरेको बुझिन्छ ।

दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार राजाका कर्मचारी घरगाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।

वास्तवमा ऐतिहासिक दृष्टिले हेर्ने हो भने आर्यहरुको अनार्य भारतीयहरुमाथि विजयको रुपमा रामायणको कथा लेखिएको स्पष्ट हुन्छ । अर्थात् इरानबाट भारत बसाइँ सरेका आर्यहरुको पुरानो भारतीय बासिन्दा भील, द्रविड, गौड र कोलहरुका बीचको लडाइँको कथा रामायणको कथा हो । ऋग्वेदको पात्र इन्द्र र वृत्रको कथालाई रामायणमा इन्द्रलाई राम र वृत्र (अनार्य) लाई रावणको नाम दिई लेखिएको कथा रामायण हो भनिएको छ ।

पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । 

अर्कोतर्फ रामायणको कथालाई भारतका महान् शासक अशोक (ई.पु.३७२–३३२ को कथा हो, अशोकको छोरा कुणालको श्रीमती कञ्चनमालालाई सीताको नाउँ लिई लेखिएको कथा हो र यसमा बौद्ध जातक कथाहरु (जातक संख्या ४६१) मिसाएर लेखिएको हो भनेको पाइन्छ (बैद्धिक मतका सुख मर्दन, पृष्ठ ११) ।

उपरोक्त उदाहरणबाट के स्पष्ट हुन्छ भने रामायणको कथा वास्तविकतामा आधारित नभई अधिकांश काल्पनिक कथा वा एउटा कथाको काल्पनिक, कथ्यौरी मात्र हो । भारतमा १६औं शताब्दीभन्दा अघि राम मन्दिर बनेको वा रामलाई ईश्वरको रुपमा पूजा गरेको पाइँदैन । सन् १५५४ वा १५३२ मा जन्मेका तुल्सीदासको इष्टदेव रामको महिमालाई ईश्वरतुल्य बनाई तुल्सीदासको रामायण लेखेपछि मात्र रामलाई ईश्वरको अवतारको रुपमा मानिने वा पूजा गरिने चलन भारतमा चलेको हो (नवभारत टाइम्स, ४ जनावरी १९९०) । कालान्तरमा आएर रामायणको कथामा देश, काल, परिस्थितिअनुसार विभिन्न अन्धविश्वास, परम्परा र प्रचलन थपिँदै गएर आज विकृत रुपमा रामायणको कथा हाम्रोसामु छ ।

पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् ।

मगर र दशैं

नेपालमा मगर जातिहरुको इतिहास हेर्दा मगरहरु सुरुमा हिन्दु चाडपर्व मान्ने जाति थिएनन् । तेह्रौं शताब्दीमा मुसलमानहरुको भारत प्रवेशपछि नेपाल पसेका शरणार्थी बाहुनहरुको चपेटामा सबैभन्दा पहिले यहाँका खसहरु (बाहुनबाट खसेको क्षेत्री होइन) थारुहरु र मगरहरु परेका हुन् । मध्य–नेपाल हालको गण्डक–लुम्बिनी, गण्डकको, धौलागिरी क्षेत्रमा बाहुनहरुले प्रवेश गर्दा सर्वप्रथम यस क्षेत्रका मगर राजाहरु र मगर मुखियाहरुलाई प्रभावित पारी हिन्दू क्षेत्री बनाए । फलस्वरुप आज अमरसिंह थापा, भीमसेन थापाहरु थापा क्षेत्री भनी बाहुनहरुले लेखेको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा यिनीहरु मगर हुन् (Gurkhas, Vansitart, पृष्ठ ६१) । पाल्पाका मुकुन्द सेन मगर नै हुन् (Nepal, Daniel Right, पृष्ठ १०२) । यहाँसम्म कि गोरखाको राजालाई पनि मगर हो भनी प्रस्ट उल्लेख गरेको पाइन्छ (हिमपत साँस्कृतिक, वि.सं २०१६, पृष्ठ ९) । जेहोस्, बाहुनहरुको हिन्दुकरणको अभियानबाट सबैभन्दा बढी मगरहरु प्रभावित भएका छन् ।

बाहुनहरुको हिन्दुकरणको अभियानबाट सबैभन्दा बढी मगरहरु प्रभावित भएका छन् ।

नेपालमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि मात्र खस भाषाको विकास भएको देखिन्छ । पृथ्वीनारायण शाहको समयदेखि नै नेपालमा हिन्दुवादको विस्तार भएको मात्र भएको होइन, यहाँका आदिवासी जनजातिहरुका संस्कृति तथा चाडपर्वलाई पनि विकृत पार्ने काम भयो र कतिपय चाड मनाउन बाध्य पारियो । भानुभक्त आचार्यले रामायणलाई खस भाषामा लेखी नेपालमा प्रचार गरेपछि रामायण वा रामको विजयादशमी मनाउने चलन अझ व्यापक भएको पाइन्छ ।

प्राचीन भारतमा देउतालाई खुशी पार्न फलफूलले पूजा गरिन्थ्यो भने पछि बसाइँ सरी भारत र त्यसपछि नेपालमा प्रवेश गर्ने हिन्दूहरुले देउतालाई खुशी पार्न जीवजन्तुको बली चढाएर “होम” गर्ने चलन थियो । त्यसप्रकार पूजा प्रथा अनार्य र होम प्रथा आर्य हिन्दूहरुको प्रचलन हो (Kirat Janakriti, Suniti Kumar Chaterjee) ।

प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको इमानसिं चेम्जोङले लेखेका छन् ।

दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार पछि राजाका कर्मचारी घर गाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।

नेपालमा हिंसापूर्ण बली प्रथा प्रचलनमा ल्याउन दशैं चाडको सुरुवात गरिएको हो । दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार पछि राजाका कर्मचारी घर गाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।

पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् । यहाँ छोटकरीमा भन्न खोजिएको के हो भने दशैं चाड मगरहरुको पर्व होइन र यसलाई नमानेमा कुनै मगर नक पस्दैन । मगर जातिको पूर्वइतिहास, परम्परा र संस्कृतिसँग दशैं पर्वको कुनै सम्बन्ध छैन ।

मगर र तिहार

तिहार (त्योहार, दीपावली) पर्व सम्बन्धमा भने अझै अनुसन्धान गर्न बाँकी छ । किराँतीहरुको मुन्धुममा तिहार मगरहरुले चलाएको चाड हो भन्ने उल्लेख गरिएको छ । श्री इमानसिंह चेम्जोङले लेख्नुभएको History and Culture of the Kirat People नामक पुस्तकको पृष्ठ ७७–८१ मा किराँतहरुको मुन्धुममा दीपावलीसम्बन्धी कथा उल्लेख छ । त्यसलाई यहाँ छोटकरीमा उल्लेख गरिएको छ :

“प्राचीन नेपालमा हालको पोखरादेखि गोरखपुरसम्मको राज्य बलिहाङ नामको राजा थिए । उनी धर्मात्मा र भविष्यसम्बन्धी जान्ने पुजारी पनि थिए । उनलाई प्रजाले ज्यादै माया गर्थे ।

“बलिहाङ राजाले आफू अब मर्ने कुरा थाहा पाई यो कुरा प्रजालाई भनिदिए । आफ्नो प्यारो राजा छिटै मर्ने भए भनी प्रजाले साह्रै पीर मानी बाँच्ने उपाय के छ भनी प्रजाहरुले राजालाई सोध्दा ‘मंसिर महिनाको पूर्णिमाको अन्त्य र औंसीको सुरुवातमा म मर्ने भएकोले त्यस दिन राती यमदूतले लिन आउँछ । यमदूत आउँदा सबैले रोइकराइ बिन्ती गरी बत्ती बाली मेरा प्राण माग्नू । यमदूत खुशी भएमा मलाई प्राणदान दिई बचाउनेछ’ भनेकोले सोही दिन राती सबै प्रजाले आआफ्नो घरमा बत्ती बाली नुहाई चोखो भई जागा बसे ।

“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”

“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”

प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको भनी चेम्जोङको उक्त किताबमा उल्लेख भएको छ ।

वास्तवमा आज पनि देउसी र भैलो खेल्दा हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको भनी तिहारमा भट्याउने चलन छ । तर यस पर्वलाई पनि कौवा पूजा, कुकुर पुजा, पशु मार्ने प्रथा चलाई गाईको तिहार भनी बाहुनहरुले विकृत पारेको बुझिन्छ । त्यसैमा उल्टै जुवा, तास खेल्ने प्रचलन घुसाएको बुझिन्छ ।

माथि उल्लेखित कथामा कत्तिको सत्यता छ त्यसबारे अध्ययन र अनुसन्धानको खाँचो छ । तापनि तिहारमा मगर राजा बलिहाङ (हाङ भनेको किराँत भाषामा राजा, राज्य आदि हुन्छ) को उल्लेख भएकोले धेरैजसो सत्यताको नजिक देखिन्छ ।

Source : मगराँत, २०७२ 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook