यसकारण हुँदैछ दशै बहिस्कार !

बुधवार ११ आस्विन, २०७४   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

यसकारण हुँदैछ दशै बहिस्कार !

जीवन मंगोल 


पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो । युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटे पछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो बनाउने युग पुरुषहरुको खोजले कट्घरामा उभ्याउदै असत्यले ठडिएको कथित इतिहासको स्तम्भ भत्काउन सुरु भयो । त्यहि सेरोफेरोमा दशै बहिस्कार अभियानहरु सुरु भयो । देवासुर संग्राम, अनैकौ मिथक जोडेर राज्यले कसरी नेपालीकरण ग¥यो र कसरी हिन्दुकरण ग¥यो ? कसरी दशै प्रचलनमा आयो र भित्रि रहस्य के हो यहि रहस्यलाई अझ सुक्ष्म ढंगले बुझ्न जरुरी छ । 

दशैको पृष्ठभूमि 

वर्तमान नेपाल मंगोल र आर्यन वर्णको बसोवास भएको देश हो । भोट बर्मेलि र भारोपेली भाषा परिवार, अहिन्दु र हिन्दु बसोवास रहेको छ । बहुसंख्यक अहिन्दु मूलबासी मंगोलहरुको धर्म, संस्कृति, सामाजिक चलनहरुमा विविधता रहेको भएता पनि राजनैतिक सत्ता र धार्मिक अतिक्रमणको चपेटाले धरापमा परेका छन् । यसैबीचमा राजनैतिक र धार्मिक रुपमा जोडिएको दशैको पृष्ठभुमिलाई यहाँ उजागर गर्नु महत्वपूर्ण हुन आउछ । वास्तवमा दशैको प्रचलन नेपालमा कहिले देखि शुरुभयो ? धेरै लामो इतिहास र भरपर्दो आधार नभेटिए पनि दशैको ऐतिहासिक सुरुवातको बारेमा लिच्छवीकालसम्म जवरजस्ती घिसार्ने प्रयत्न नभएको होइन ।

यद्यपि, हिन्दु शास्त्रीय कथा, उपकथा, देवासुर संग्रामसंग जोडिएर आएको छ । यसैसंग सामञ्जस्य राख्ने भारतमा प्रचलीत दसहरा वा दुर्गा पुजाको नेपाली संस्करण भनिए पनि बिल्कुल फरक छ । दशैलाई बिजय दशमी, बडा दशै भनेर मनाइने जस्तो भारतमा मनाइएको पाइन्दैन । कथित विजय दशमी वा दशै दार्जिलिङ, सिक्किम, भाक्सु, देहरादुन, आसाम भारते नेपालीहरु बसोबास भएको क्षेत्रमा मात्र मानेको पाइन्छ । नेपालको सन्दर्भमा रातो टिका र सेतो टिका लगाउने प्रचलन रहेको छ । कतै कसै–कसैले कृषिसंग जोडेर बालि भित्र्याउने(हार्भेष्ट फेष्टिवल) भनेको पनि पाइन्छ । कतिले मूलबासीको चाड भएको दावी गर्ने गर्दछन् । मूलबासी मंगोलहरुको हो भन्ने आधार भने पाइएको छैन । र दशैले आर्थिक रुपमा पीडा दिएको त मंगोलहरुकै मुखबाट सुन्न पाइन्छ ।

कसैले कृषिसंग जोडेर बालि भित्र्याउने(हार्भेष्ट फेष्टिवल) भनेको पनि पाइन्छ । कतिले मूलबासीको चाड भएको दावी गर्ने गर्दछन् । मूलबासी मंगोलहरुको हो भन्ने आधार भने पाइएको छैन ।

वास्तवमा बाली भित्र्याउने चाड भन्ने ठोस आधार नै छैन । किनकी दशै प्राय हिन्दु पञ्चांग अनुसार अशोजमा पर्ने गर्छ । तिथि मितिको आधारले कहिले कहीँ मात्र कात्तिकमा पर्न जान्छ । अशोज लगाइर्एको बाली गोडमेल गर्ने बेला हो । अशोजको अन्तिमतिर फल्ने फुल्ने समय हो भने फल भित्र्याउने अर्थात बाली भित्र्याउने समय भनेको कात्तिक अन्तिम देखि मंसिरमै हो । यसकारण बाली भित्र्याउने पर्वको रुपमा व्याख्या गर्नु तर्कसंगत छैन । दशैलाई कृषि चाड भन्ने हो भने कृषि युग प्रारम्भ हुँदा एसियामा पुरानो मानिने गहुँ भन्दा अरु थिएन । अहिले जस्तो धान प्रसस्त उत्पादन वर्तमान नेपालमा भएको पाइन्दैन । मैदानी तराईको भुभागमा समेत धान खेति गरेको धेरै पछि हो । पहाडमा अहिले पनि प्रमुख बाली भनेको कोदो, मकै, गहुँ, जहुँ हो । हिमालीभेगमा फापर, आलु हुने गर्दछ । कतिपय हिमाली जिल्लामा तराइबाट पुगेको चामल बाहेकको खाद्य भनेको आलु नै हो ।

यसकारण निधारमा टाँसिने धान चामलको चलन धेरै पुरानो होइन भन्न सकिन्छ । यो आधुनिक गोरखा साम्राज्य निर्माण भएपछि प्रचलित संस्कार हो । यसकारण राजनैतिक, धार्मिक, आर्थिक, सामाजिक तथा सास्कृतिक रुपमा यसको बिश्लेषण गर्दा यो शब्द भारतबाट भित्रिएका आर्यन बाहुन क्षेत्रीहरुले वर्तमान नेपालको गोरखा राज्य स्थापना गर्नु अघि गोरखा भन्ने नाम थिएन । वर्तमान गोरखाको उपल्लोकोट क्षेत्र, लिगलिगकोट, र तल्लोकोटमा मगर गुरुङहरुकै राज्य चल्थ्यो । यिनै गणराज्यका घलेको इतिहाससंग जोडिएको छ, दशै । यिनै राजाको षड्यन्त्रपूर्वक हत्यागरी द्रव्यशाहले गोरखा राज्यको स्थापना गरेको इतिहासकार बताउछन् । 

लिगलिग र दशै

दशैसंग जोडिएको लिगलिगकोट(लिङलिङ) नाम स्थानीय मगर भाषामा “सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विश्वास गरिन्छ ।” हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुँदा उक्त स्थानलाई लिङलिङकोट भनिएको र त्यहि शब्द अपभ्रंश भएर लिगलिगकोट भएको हो । आर्य खस बाहुन क्षेत्रीहरुको आगमन हुनु भन्दा पहिला गाउँ ठाउँहरुको नाम स्थानीय मंगोल समुदायको भाषामा रहेको पाइन्छ । मस्र्याङ्दी, दरौंदी भुसुन्दी, घिरुङ्ग, खोप्लाङ नामहरु जस्तै लिङलिङ रहेको पाइन्छ, त्यहि राज्यका दयालु घले राजा द्रव्य शाहको नेतृत्वमा भागिरथ पन्त, गणेश पाण्डे, नारायण अर्याल, सर्वेश्वर खनाल, गजानन भट्टराई, केशव बोहोराको योजनामा द्रव्य शाहका सैनिकहरुले राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट घले राजा मारिए । यस प्रकारले सन् १५५९ मा गोरखा राज्य स्थापना भयो ।

घले राजाको रगतमा मुछिएको चामल निधारमा टाँसी उत्सव मनाउन थालियो र गोरखा र लमजुङका आदेश नमान्ने अहिन्दु मूलबासीहरुलाई चेपे नदीमा निर्मम हत्यागरी फ्याकियो । कतिपयले आफू बच्नकै लागि शान्तिको कामना गर्दै सेतो टिका ग्रहण गर्दै आत्मासमर्पन गरे । 

गण्डक आसपासमा रहेका मगर गुरुङ बुद्ध धर्मावलम्बि थिए । जब घले राजाको हत्या भयो तव वर्तमान गोरखाका कोटहरु द्रव्य शाहको कब्जामा आयो र समग्रमा बुद्धमार्गीहरुलाई जवरजस्ती हिन्दुकरण गर्दै विजय उत्सव मनाइन थालियो । द्रव्य शाहको उर्दी अनुरुप घलेलाई मारि गोरखा स्थापना भएको हुँदा अब गोरखाको नियम मान्नु पर्ने बाध्यता सिर्जना भयो र अन्ततः घले राजाको रगतमा मुछिएको चामल निधारमा टाँसी उत्सव मनाउन थालियो र गोरखा र लमजुङका आदेश नमान्ने अहिन्दु मूलबासीहरुलाई चेपे नदीमा निर्मम हत्यागरी फ्याकियो । कतिपयले आफू बच्नकै लागि शान्तिको कामना गर्दै सेतो टिका ग्रहण गर्दै आत्मासमर्पन गरे । त्यहि दिन देखि बहुसंख्यक मूलबासी मंगोलहरुको राजनैतिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरु बन्देज गर्न थालियो, खोसिने अभियानको थालनी भयो । 

जवरजस्ती लादिएको दशै 

दशै गण्डक क्षेत्रमा मात्र सिमित रहेन । जव द्रव्य शाहका सन्तति पृथ्वीनारायण शाहले गद्धि सम्हाले त्यसपछि साम्राज्य फैलाउन थाले । यसैगरी  पृथ्वीनारायण शाहले नुवाकोटका ग्याल्छेन रुम्बा राजाको राज्य कव्जा गरे, काभ्रे तेमालका रिन्जेन दोर्जे तामाङलाई पृथ्वी नारायण शाहका सेनाले मित लगाउने बहानामा गोरखाली सेनाका कमाण्डर जयकृष्ण कुवरको सेनाले धेरै दिन अघिनै सुनकोशी नदीको किनारमा बालुवामा लुकाइ राखेको हातहतियार प्रयोग गरी राजा रिन्जेन दोर्जेको हत्या गरे त्यसपछि उक्त कोट तिमाल पृथ्वीनारायण शाहले कब्जा गरे । धादिङ सेम्जोङका तागुर वाइवाको राज्य, रामेछाप दोरम्बामा ताल्च्योमा छ्योईमे दोर्जे घिसिङ त्यसैगरी रसुवा जिल्लाको गालाङमा अवस्थित बुङ्चुर घले लगायतका राज्यहरु लुटिए, खोसिए मारिए । मार्न नसकेकाहरुको खुनी आक्रमणबाट किपट कब्जा गर्ने, हिन्दुकृत गर्ने नमान्दा भोट्यो, भुटिया, मुर्मी भनेर अपमानबोध शब्दले बोलाउने चलनको बिकास भयो । पृथ्वीनाराय शाहको राज्य विस्तारको नाममा निरन्तर साम्राज्य विस्तार गर्दै उपत्यका प्रवेश गरे । जय प्रकाश मल्ललाई हराई काठमाण्डौमा दशैं प्रवेश गराए । यसको प्रमाणको रुपमा नागार्जुन डाडामुनिको ‘अर्को गोरखा’ बाट ल्याइएको फूलपातीलाई हनुमानढोकामा कसरी भित्र्याइन्छ ? यसबारे यहाँ प्रष्ट्याइरहन पर्दैन । 

दशै नमान्दा पूर्वको धनकुटामा दुइजना राईहरु जंगेको आदेशमा मारिनु प¥यो । राजेन्द्र विक्रम शाहले रुक्का जारी गरि दुर्गा, कालि मान्नु पर्ने दशै मान्नु पर्ने बाध्य बनाएको हो ।

पूर्वतिर बढ्दै जादा माझ किराँत र लिम्बुवानको इतिहासले पनि दशै मंगोलहरुको होइन भन्ने प्रसस्त आधार भेटिन्छन् । राज्यको एकोहोरा पेलानमा परेर राज्य गुमाएका मूलबासीहरुमा दशैले राजनैतिक, आर्थिक, धार्मिक र सामाजिक रुपमा बलियो मनोविज्ञान स्थापित गरेको भएता पनि दशैको रौनक हराउदै गएको केहि समाचार आउने गरेका छन् । दशै नमान्दा पूर्वको धनकुटामा दुइजना राईहरु जंगेको आदेशमा मारिनु प¥यो । राजेन्द्र विक्रम शाहले रुक्का जारी गरि दुर्गा, कालि मान्नु पर्ने दशै मान्नु पर्ने बाध्य बनाएको हो । बि.सं. १८४३ मा रणबहादुर शाहले लिम्बुहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लिम्बुहरुलाई लालमोहर दिएपछि बि.सं. १८४८ सालमा पूर्वमा वसोवास गर्ने लिम्वु समुदायमा दशै मान्ने नमान्ने भन्ने विवाद नै भएको कथन छ । दशै नमान्नेलाई कार्वाही गर्न थाले पछि बि.सं. १८४८ पछि लिम्बुवानका लिम्बुहरुलाई दशै मान्न बाध्य बनायो । यहिबाट दशै नमाने सुव्वाङ्गी र किपट खोस्ने जस्ता कार्य शाह राजाले गर्न थालेको पाइन्छ ।

यसरी विस्तारै आफ्नो चाड मनाउनेलाई हिन्दु दशै मनाउन उर्दी जारी भयो । बि.सं. १८४८ साल पछि लिम्बु राईहरुमा सुव्वा, कार्वारी र जिम्मावाल रहने भएको हुँदा अनिवार्य नौ दुर्गा भवानीको पूजा गर्नु पर्ने दशै मान्नका लागि घर लिपपोत गर्नुपर्ने र भित्तामा बलि दिएको हात तथा पैताला डुवाई छाप हान्नुपर्ने जस्ता उर्दी जारी भयो । यी तथ्यबाट के प्रमाणित हुन्छ भने, (१) प्राचिन मूलधर्म, संस्कार, संस्कृति मास्ने काम भयो, (२) राजनीतिक रुपमा राज्य विहिन हुनु प¥यो । यसैको परिणति आज मंगोलहरु राज्यको मूलधारमा छैनन् । मौलिक संस्कार, संस्कृति, धर्मको ठोस आधारहरु गुमाएर अर्कै परिस्थितिमा उभिनु पुग्नु परेको छ । यसकारण मंगोलहरुले आफ्नो मालिकता, आफ्नो सभ्यता, आफ्नो इतिहास, आफ्नो अस्तित्व खोजि गर्न थालेका छन् ।  यसैभित्रकै अर्को पाटो सामन्ती चाडको वढवा राज्यले दिनु दशैको लामो विदा, तलवमा पेस्की सुविधा साथै मिडियाले आफ्नो तागतले भ्याएसम्मको हर्कत दशैलाई प्रचार गर्नु खेद जनक छ ।  

अफसोच प्रकट गर्ने कि उत्सव मनाउने ? 

रातो रंगमा मुछिएका अक्षता चामल निधारमा टाँसेर हिन्दुहरुले उत्सव मनाउने गर्छन भने गैर हिन्दुहरु पनि त्यसैको प्रभावमा परेका छन् । कतिले सेतो टिका लगाउने गरेका छन् । भारतमा अयोध्याका राजा वेश्यपुत्र वशिष्ठकै चेला रामचन्द्रले नवरात्रीभर दुर्गा भवानीको आराधना गरी दशौं दिनमा लंकाका राजा रावणको वध गरेको दिनको सम्झना स्वरुप कथित हिन्दूहरुले विजयोत्सव दशैं मनाइएको होइन भारतीय हिन्दुहरुले दसहरा मनाउने गर्छन र  रातो टिका लगाएर फूलपाति भित्र्याएर होइन ।  रावन एक प्रकाण्ड विद्वान हुन । एक वौद्ध मार्गी भएकैले राक्षेसको उपमा दिए पनि नारीप्रति अनुदार रामको महिमा गाएर दशैको बहिस्कार रोकीने होइन । मैसासुरलाई राक्षसको उपमा दिएर दुर्गालाई देवी भनेर प्रस्तुत गर्नु नै हिन्दु र अहिन्दुवीचको विभाजनको स्पष्ट रेखा हो । तर मैसासुर र दुर्गाको कथालाई जवरजस्ती घुसाएर दशैको बिकास भएको होइन, दसहरा हो । जुन नेपालमा दसहरा मनाइदैन । यो सत्य हो कि हाम्रै पुर्खा र हाम्रै राज्य हडपेर वाहिरबाट आएका नाजीवाद, फाँसीवादका जननी बाहुनवादीहरु बाहुन क्षेत्रीले साम्राज्यको झण्डा गाँडेको दिन हो । त्यसैले अफसोच प्रकट गर्ने बेला आएको छ । 

मंगोलहरुले दशैमा रमाउनु र आफ्नो बाउ आमा मरेको दिन रमाउनु एकै हो ।

दशै बहिस्कारमा एक्येवद्धता 

दशै मंगोलहरुको राज्य लुटिएको, पुर्खाको हत्या भएको दिन भनेर सबै जसो अभियन्ताहरु सहमत छन् । २०२८ साल देखि मसिनो स्वरहरुमा दशै बहिस्कारको लालनी भएको भएता पनि बहुदल आए पछि दशै वहिस्कार सतहमा देखा प¥यो । २०४२ सालमा जव डा. गोपाल गुरुङद्वारा नेपाली राजनीतिमा अदेखा सच्चाइ प्रकाशित भयो त्यसपछि सोही पुस्तकका आधारमा धार्मिक, सांस्कृतिक विभेदको पोल खुल्यो र दशै बहिस्कार सबैले गर्दै आए । त्यस मध्ये दिवंगत गोरे वहादुर खपांगीको नाम चर्चित छ । उनी ज्ञानेन्द्रको निगाहामा मन्त्री बने र ज्ञानेको हातबाट टिका ग्रहण गरे पछि दशै वहिस्कारमा धक्का लाग्यो । अडान विनाका नेताकै कारण यस्ता अभियानहरु सफल हुन सकेनन् । तर मंगोल नेशनल अर्गनाइजेसनले त्यसको सफल नेतृत्व गरिरहेकै छ । सशक्त रुपमा कालो टिका लगाएर बिरोध गरिरहेको छ । २०७२ मा धर्मोदय सभा लम्जुङ शाखाद्वारा पनि दशै बौद्धहरुको पर्व नभएको भन्दै बहिस्कारको घोषणा गरेको थियो । यो एकदम स्वागत योग्य कदम हो । भारतका विभिन्न इलाकामा दशै वहिस्कार अभियान जारी छ । अहिले पनि केही संघसंस्थाले दशै बहिस्कारको घोषणा गर्दैछन् । यो अत्यन्त सकारात्मक कदम हो । 

अन्त्यमा, वर्णभेदी शासन पद्धतिले जन्माएको राजनीतिक, धार्मिक, सामाजिक वैमनुष्यताको कारण धरातलमा आइपुगेको दशै बहिस्कार ढिलो चाडो बहिस्कार हुनेछ । मंगोलहरुले दशैमा रमाउनु र आफ्नो बाउ आमा मरेको दिन रमाउनु एकै हो । हिन्दु आर्यन बाहुन क्षेत्रीलाई भन्दा दोष होइन यो र नमान भनिएकोे कदापी होइन । राजनीतिक र धार्मिक रुममा हाम्रो संस्कारभित्र दशै पर्दैन भनिएको हो । त्यो भन्दा महत्वपूर्ण चाहिँ गोरखा राज्य नजन्मिदा मंगोल राजाको हत्या संगै राज्यको समाप्त भएकोमा मंगोलहरु अफ्सोचमा छन् । गण्डकीका मंगोल मात्र होइन काठमाण्डौ उपत्यकाको, उपत्यका आसपासका राज्यहरु पूर्वमा ओल्लो किराँत, माझ किराँत, पल्लो किराँतका राज्य हडपी ठड्याइएको जरा बिनाको इतिहासले झुलाउदै राज्यको ताला चावी हातमा कब्जा गरेको हिंसात्मक विजय दशमी नमनाएका हुन भनि बुझे अति उत्तम, यति कुरा नबुझे त्यसको मोल आफैले बेहोर्नु पर्ने सर्त हो । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook