लिच्छवि अभिलेखमा किरात

सोमबार ३० आस्विन, २०७४   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

लिच्छवि अभिलेखमा किरात

“लिच्छविकालिन अभिलेखहरुमा गैरसंस्कृत शब्दहरुबाट उल्लेख गरिएका कैयौ नामहरु छन, यस्ता गैरसंस्कृत शव्दहरु भनेका किरात भाषाका शब्दहरु हुन” । ( शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८)  शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरुका अलवा केही विमति राख्ने विद्धानहरु पनि पाइन्छन् । केही विद्धानहरुले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरुमा आधारित कपोलकल्पित दन्तेकथाका रुपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ ।

काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ । अंशुवर्माको नक्साल गहिरीधारामा रहेको ई.६१५ को अभिलेखमा निलिशाला प्रणाली र जोन्जोन्दिङ ग्रामको उल्लेख भएको पाइनछ । (धनबज्र बज्रचार्य २०३०, ३५४) 

किरात भाषामा दिङ शव्दले नै गाउँ वा ठाउँको अर्थ  दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाइन्छ ।

उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरुपले आइरहोस भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ । यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमैरही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ । (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६)

अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको ‘’’ग्राम शव्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो संभावना देखिन्छ कारण किरात भाषामा दिङ शव्दले नै गाउँ वा ठाउँको अर्थ  दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाइन्छ । यसको पुष्टि निम्न किरातहरुका साबिक किपट अन्तरगत रहे भएका ठाउँहरुको नामबाट हुन्छ । वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तरगत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं.८४१खमा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ । यही थिमथेमदिङ शव्दको अपभ्रंशीत रुप थिङथिङटार हुदै हाल टारकेराबारी कायम हुन पुग्यो । किरात कोइँच भाषामा थिमथेमदिङ(म) को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरुको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।

किरात कोइँच भाषामा थिमथेमदिङ(म) को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरुको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।

साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरुप चेर्मादिङ हुदै छेर्मादिङ जस्को साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ । यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किपट अन्तरगतको वामदिङ (जो वामद्याल हुदै उबु,बन्नपुग्यो), पाचथरको फेउदिङ, संखुवासभाको लिङलिङ(दिङ),रामेछापको पोलदिम(ङ) र कोटदिम(ङ) आदि । 

कोलि(ग्राम)द्रंग

इ.५३०को पाटन खपिन्छें अभिलेखमा दक्षिण कोलिग्रामको पहिलो प्रमाणिक चर्चा  पाइन्छ । यसैगरी इ.६१५को जैसिदेवलको मिननारायणस्थानको अभिलेख, इ.६३० तिरको लगनटोल यंगालहिटीको अभिलेख, इ.६३३को थानकोटको अभिलेख र इ.६४०को लगनटोल यंगालहिटीकै अर्को अभिलेख समेतमा दक्षिण कोलिग्रामको उल्लेख पाइन्छ । (धनवज्र वज्रचार्य लिच्छवि कालिन अभिलेख २०३०)

धनवज्र वज्रचार्य र ज्ञानमणी नेपालले दक्षिण कोलिग्रामको कोलि शव्दलाई कपिलवस्तु पूर्वको कोलीराज्यका कोली जातिसंग सम्वद्ध गराएको पाइन्छ भने इतिहाँसकार बाबुराम आचार्यले पंचकोलीका रुपमा पाँच कोलिवस्तिको अनुमानगर्दै कोलि शव्दलाई किरात भाषासंग सम्वद्ध गर्नुभएको पाइन्छ । (आचार्य बाबुराम,किरात नाम लिच्छवि कालका शिलालेखमा किरातकालको झलक, नेपाली पूर्णांक १६,पृ.३–३०)  आचार्यले कोलिग्रामलाई किरातकाल देखिकै बसेको बस्तिकोरुपमा लिएको पाइन्छ । आचार्यको मतसंग सहमतहुदै ठाकुरलाल अमात्यले (विजेल १९८०, ३१६)उध्रितगर्दै सिंहदरवार पछाडिको कुरिया गाउलाई पंचकालि मध्यको एक कोलि भएको अनुमान गर्नू भएकोछ ।    

किरातभित्र पनि कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरु हुनेहुदा कोली शव्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ ।

किरातभित्र पनि कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरु हुनेहुदा कोली शव्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ । कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाइ पनि कोअ्ली भनिन्छ । लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका   किरात बस्तिका ठाउहरुसंगको सामिप्यताको  अध्ययनगर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसंग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसंग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ । 

भिमार्जुन र विष्णुगुप्तको इ. ६४०को यंगालहिटिको अभिलेखमा द्रंग शव्दको उल्लेख पाइन्छ । “दक्षिणकोलीग्रामस्य पूर्वभेव द्रंगचतुर्भागत्वेन प्रविभक्तस्यैतत्सीमनिवासिनाम्” र “एतदंगचतुर्भागसीमाभ्यन्तरवर्तिनः”(वज्रचार्य २०३०) अर्थात द्रंगको चारभागको एकभाग रुपको यो इलाकामा बस्ने जस्ता शव्द उल्लेख भएको पाइन्छ । द्रंग शव्द किरात भाषाको हुनुलेपनि कोलि शव्दपनि किरात भाषा हुनुको पुष्टि हुनआउछ । यसकुराको थप पुष्टि ठाउ, गाउ र वस्ति अर्थाउने वर्तमान चलनचल्तिका किरात शव्दहरु दिङ, दिम, तेल, देल, द्याल,दोरोङ, दरेशले पनि गर्दछन । अभिलेखमा उल्लेखित “पूर्वभेव” शव्दलाई गौंढगर्दा पनि पहिलेदेखिकै भन्नेहुन्छ अर्थात साविक दरसाविकको “द्रंग”को चारभागको एक भाग भन्ने हुन्छ जुन साविककाल किरातकाल थियो । 

राजा नरेन्द्रदेवको लगनटोल यंगालहिटीको इ.६४३को अभिलेखमा कोङको, विल्वमार्ग (मार्ग शव्द लिच्छवीकालमा जोडिएको हुनसक्ने ले.)र हुस्प्रिन्दुङ गरी तीन गाउहरु विशेष सुविधाकासाथ दक्षिण कोलिग्राम द्रंगलाइनै सुम्पिएको कुरा उल्लेख पाइन्छ । (वज्रचार्य २०३०)  लगनटोलकै शिवदेव द्धितियको इ.६९५को अभिलेखमा पनि वैद्यग्रामको सीमांकनगर्दा चौहदीमा उल्लेखित दक्षिण र पश्चिमतर्फ तेङखु  (हालको टेकु),उत्तरपट्टि चिशिमण्डा तिलमकको उल्लेख पाइन्छ । (वज्रचार्य २०३०)  जैशिदेवलनिरको इ.७२७को अभिलेखमा लञ्जग्वल  भन्ने स्थानको नाम उल्लेख पाइन्छ । लञ्जग्वल वस्ति नै हालको लगन भएको अनुमान डा. जगदिशचन्द्र रेग्मीको छ । इ.६३३ को भिमार्र्जून र जिष्णुगुप्तको थानकोट स्थित अभिलेखमा थेञ्चो(ग्राम)का किसानहरुले दक्षिण कोलिग्राममा हुने गोयुद्ध का लागि एकहलो जग्गामा केही कर तिर्नपर्ने उल्लेख पाइन्छ । (वज्रचार्य २०३० पृ.४३४) 

यसरीहेर्दा दक्षिण कोलिग्राम(द्रंग) अन्तरगत रहेका स्थानहरुमा कोङको, विल्व(मार्ग), हुस्प्रिन्दुङ, चिशिमण्डा तिलमक, लञ्जग्वल, थेञ्चो (हाल थानकोट)हरुजस्ता स्थानका नाम किरात भाषामा उल्लेख हुनुलेपनि इतिहाँसकार बाबुराम आचार्यको साविक किरात वस्तिकै अवशेषको रुपमा कोलिद्रंग नै लिच्छवीकालमा दक्षिण कोलिग्रामको अस्तित्वमा आएको पुष्टिहुन्छ ।

लायकु

इ.८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाण्डू भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसंख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ.९८७ –९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएकोछ । राजधानीहुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकाशको क्रम अगाडी बढेको अनुमान गरिन्छ । (डा.जगदिशचन्द्र रेग्मी,काठमाण्डू शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३)

लायकु भेक काठमाण्डूको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शव्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउका नाउहरुमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउहरु पाइन्छन ।

यो पुरानो लायकु भेक काठमाण्डूको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शव्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउका नाउहरुमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउहरु पाइन्छन । अधिकांस किरात भाषामा कु शव्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाइ जनाउछ । वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकु ले पानी(वकु) र ङाकु दु विकु दु ले खोला(गुलो) अर्थाउछ ।(तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरु तथा वाकुले पानी जनाए झै अन्य किरातहरुमा काकु(जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि । अत यो लायकु क्षेत्रपनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छ ।

कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउहरु पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ । 

प्रोज्ञाम्वु (इ.५९३ बज्रचार्य,२०३०,२३४), 

थम्वु (इ.६२४,वज्रचार्य २०३०,४०१), 

यम्वु (इ.१०११,पेटेक१९८४,३६) 

वर्तमान अवस्थासम्मपनि बु उपसर्ग लागेका स्थानहरु किरात किपटिया क्षेत्रमा प्रसस्ततै पाइन्छन । जुबु(सोलु), खुम्बु(सोलु), आङबु(पाँचथर), सिलिबु(तेरथुम), सालामबु(खोटाङ), आदि ।

बृम, ब्रु र ब्रू उपसर्ग लागेका ठाउपनि लिच्छवी अभिलेखमा उल्लेख पाइन्छ । 

गुम्पदबृम : इ.४८०, वज्रचार्य २०३०,पृ.४९९

पीतुब्रु    : इ.६७९     ,,      ,,      ५००

पृच्छिब्रू   : इ.  ,,      ,,      ,,        ,,

उक्त नाउहरुसंग सामिप्यता राख्ने वर्तमान किरात वस्तिहरुका ठाउहरुमा सोब्रू (ओखल्ढुंगा), दिव्रु(ङ) खोटाङ, लाम्ब्रु(ङ) लाम्राङ भञ्ज्याङ, दोब्रु (दोब्रे भत्तज्याङ) खिरिब्रु(ङ) आदि । कतै ब्रु को रेफ अलप भै बु को अवशेषमात्र पनि रहेभएको पाइन्छ जो किरातहरुको पाछा(उपथर)मा पनि पाइन्छ ।  

भक्तपुर बोडे, निलबराहीको लिच्छवीकालिन अभिलेखमा तात्कालिक संयुक्त राजा जिष्णुगुप्तलाई याप्रिङ ग्राममा बसी सत्रुको संहार गर्नलागिएको भनिएकोछ । लिच्छवीकालिन अभिलेखमा यस्तो प्रिङ उपसर्ग लागेको स्थानहरु अरुपनि उल्लेख पाइन्छ ।

नरप्रिङ   :  वज्रचार्य २०३०, ४७२

जोलप्रिङ :    ,,      ,,    ५६,४१९

प्रङप्रिङ  :    ,,      ,,    ५,५५,५६

थंसम्प्रिङ :   ,,      ,,    ३९५

खोप्रिङ  :    ,,      ,,    ५०,५१,५४,२५१

वर्तमान अवस्थामा आएर किरात समुदायमा प्रिङ उपसर्ग केवल पिङ को रुपमामात्र रहेको पाइन्छ । साविक फोरोप्रिङ कालान्तरमा फरपिङ भएजस्तै साब्रा खापिङ (रामेछाप), फुल(ङ)पिङ (रामेछाप),जुपिङ (सोलु), लामपिङ (खोटाङ) आदि ।

काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीका स्थानहरुको नाम प्राय धेरैजसो किरात भाषाबाट रहेभएको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा(साँगा), चाङगु(चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थेँचो(ठेचो) आदि ।

काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीका स्थानहरुको नाम प्राय धेरैजसो किरात भाषाबाट रहेभएको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा(साँगा), चाङगु(चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थेँचो(ठेचो) आदि । माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरुको नामपनि किरात भाषामा उल्लेख भएको पाइन्छ । कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउको अभिलेखमा “धावक गेच्छिञ्जाकस्य पू.३ प. १”को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाक को किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५) 

माथी उल्लेखित तथ्यहरु मननगर्ने हो भने लिच्छवीकाल अगाडीको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरुलाई निधार चाउरी पारेर सोच्नवाद्य अवस्यै गराउनेछ कि “लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शव्दहरु कुँदिन पुगे ?”

 

सन्दर्भ सामग्री

१.आचार्य बाबुराम     किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,

२.बज्रचार्य धनबज्र    लिच्छवीकालका अभिलेख,नेपाल तथा एसियाली अध्ययन संस्थान त्रि.वि.वि.२०३०

३.रेग्मी जगदिशचन्द्र    काठमाण्डू शहर सांस्कृतिक अध्ययन भाग १, २०५१

४.खनाल मोहनप्रसाद    अभिलेख संकलन, साझा प्रकाशन, ललितपुर

५.डा.स्वामी प्रपन्नाचार्य    प्रचीन किरात इतिहाँस २०५१

६.भण्डारी ढुण्डिराज        नेपालको ऐतिहाँसिक विवेचना, २०२७

७.दाहाल पेशल            नेपालको इतिहाँस,सुरुदेखि सुधौली सन्धिसम्म २०५०

८.रापचा लाल श्याँकारेलुसमेत इन्डो नेपाल किराँती भाषाहरु २०६५

९.वाहिङ तेजलाल            वाहिङ लोरोतुम्लो २०६४

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook