परम्परागत संस्थाः एक अध्ययन (नेवार, थकाली, माझी, धिमाल, थारु, ह्योल्मो, ज्यापू र मगर)

Author:   अधिबक्ता शंकर लिम्बु

Published:   2015

Status:  Free

परम्परागत संस्थाः एक अध्ययन (नेवार, थकाली, माझी, धिमाल, थारु, ह्योल्मो, ज्यापू र मगर)

नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले प्रकाशनमा ल्याएको यो पुस्तक नेपालका आदिवासीहरूको परम्परागत संस्थाहरूको अध्ययनमा आधारित छ । आदिवसीहरूको आफ्नै राजनीतिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक संरचनाहरू हुन्छ, जुन समतामूलक र समन्वयमा आधारित छन् । तर अढाईसय वर्षदेखि नेपालका आदिवासी जनजातिहरूमाथि राज्यबाट लादिएको आन्तरिक उपनिवेशवादको कारणले ती आदिवासी संरचनाहरू विस्थापन र नामेट हुने क्रममा छन् । नेपालका धेरै आदिवासीहरूको पहिचानजनित परम्परागत संस्था तथा प्रथा र प्रथाजनित कानूनहरू राज्यको विभेदकारी तथा पूर्वाग्रही नीति र व्यवहारका कारणले विस्थापन भएका
छन् । धेरैजसो आदिवासीका परम्परागत संस्था तथा प्रथा र प्रथाजनित कानूनहरू लोप भइसकेका छन् भने संचालनमा रहेका केही आदिवासीका त्यस्ता संस्थाहरू पनि लोपोन्मुख अवस्थामा रहेका छन् ।

ती लोपोन्मुख अवस्थामा रहेका आदिवासीहरूका परम्परागत संस्था तथा प्रथा र प्रथाजनित कानूनहरूको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यका साथ लाहुर्निपले अध्ययन गरी यो पुस्तक प्रकाशन गरेको हो । यस पुस्तकमा हाल संचालनमा रहेका धिमाल, ह्योल्मो, ज्यापू, मगर, माझी, नेवार, थकाली र थारु आदिवासीहरूको
परम्परागत संस्थाहरूको अध्ययन समावेश गरिएको छ । पुस्तकले लोपोन्मुख अवस्थामा रहेका आदिवासीका परम्परागत संस्थाहरूको संरक्षण र पुनरोत्थानमा सहयोग पु¥याउने उदेश्यले लिइएको छ ।
 

 डाउनलोड गर्नुहोस्

Like us on Facebook