आदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ

बुधवार १४ जेष्ठ, २०७७   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

आदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ

कोरोना भाइरसको महामारी (कोभिड १९) का कारण बिश्वव्यापी लकडाउन बढे पछि मानव  समाजलाई जिवन्त र चलायमान वनाउनका लागि मौलिक परम्परा र अनुभवजन्य जीवनबाच्ने शैली पुनस्थापना गर्ने जमर्को हुन थालेको छ । यही क्रममा आदिवासीको परम्परागत ज्ञानमा आधारित जीवन पद्यतिको खोजी सुरु भएको छ । 

‘आदिवासी ज्ञान पुर्खाहरुको अनुभव र अभ्यासबाट सिर्जित  सीप, कला र मानव जीवनलाई निरन्तरता दिने विज्ञान भएकाले यो वैज्ञानिक हुन्छ, आधुनिक विज्ञानले परम्परागत ज्ञानलाई खण्डन गर्न सक्दैन ।’ आदिवासी ज्ञानका अध्येता डा लाल रापचाले भन्नु भयो –‘आधुनिक संसाधनको जन्म नहुँदै पुर्खाहरुले हरेक समस्याको समाधान प्रयोगमा ल्याएका थिए, अहिलेको कोरोना महामारीमा यसको खोजी हुन थालेको छ, यो खुशीको कुरा हो ।’

‘आदिवासी तामाङले आफनो साँस्कृतिक पर्बमा प्रयोग गर्ने टोटलाको फूललाई नै एक उदाहरण मान्न सकिन्छ,’ नेपाल तामाङ घेदुङका उपाध्यक्ष अजितमान तामाङ भन्नु हुन्छ,–‘ आदिवासीको संस्कार देखि संस्कृतिमा आदिवासी ज्ञानको  प्रयोग भई रहेको छ । हाम्रो आदिवासीय खानपान, पेसा, व्यबसाय, रहनसहन सबै बिषयमा आदिवासी ज्ञानबाट निर्देशित छ । हरेक पर्ब र जात्राहरु गर्नका पछाडि बिज्ञानसम्मत तर्कहरु रहेका छन् ।’ 

आदिवासी ज्ञानलाई प्रयोगमा ल्याउने मूख्य माध्यम मातृभाषा हो । ज्ञानको महत्व, अर्थ र तात्पर्य पनि मातृभाषामा नै खोज्नु पर्ने हुन्छ । आदिवासी ज्ञानको प्रयोग बढाउन भाषा संरक्षण जरुरी छ ।

‘आदिवासी ज्ञानलाई प्रयोगमा ल्याउने मूख्य माध्यम मातृभाषा हो । ज्ञानको महत्व, अर्थ र तात्पर्य पनि मातृभाषामा नै खोज्नु पर्ने हुन्छ । आदिवासी ज्ञानको प्रयोग बढाउन भाषा संरक्षण जरुरी छ ।’ आदिवासी अभियन्ता तथा अन्वेषक जय शिवाहाङले भन्नु भयो–‘ नेपालमा  बोलिने धेरै मातृभाषा संरक्षणको पर्खाइमा रहेका छन् । सरकारी नीतिहरु मातृ भाषा बिरोधी रहेको छ । यस्तो समयमा आदिवासी ज्ञानको संरक्षणका लागि मातृभाषालाई कसरी संरक्षण गर्ने भन्ने सवालमा हामी सबै गंभीर बन्नु पर्दछ ।’

उता आदिवासी ज्ञानको अनुसन्धानकर्ता ङवाङ सोनाम शेर्पा भने राज्यले मातृभाषा मात्र हैन ज्ञानलाई पनि संरक्षण गर्नु पर्ने दायित्व भएको तर्क गर्नु हुन्छ । आदिवासी ज्ञान केवल आदिवासी जनजातिको मात्र सरोकारको बिषय नभएर राज्यको सम्पत्ति र सम्पदा भएकाले राज्यले आदिवासी ज्ञानको संरक्षणको कार्यक्रम ल्याउने पर्ने जिकिर गर्नू भयो । 

‘नेपाल सरकारले अनुमोदन गरी सकेको जैविक विविधता सम्बन्धी महासन्धी, आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट संघीय घोषणा पत्र र अन्तराष्टिय श्रम संगठनको महासन्धी १६९ ले आदिवासी ज्ञान नागरिकको अधिकारका रुपमा स्थापित गरेको हुँदा यसको संरक्षण गर्ने, प्रयोग गर्ने र प्रचलन गर्न प्रोेत्साहित गर्ने दायित्व राज्यको हो ।’ आदिवासी अभियन्ता शेर्पाले अगाडि थप्नु भयो –‘आदिवासी ज्ञान अहिलेको कोरोना महामारीमा मात्र सम्झने बिषय होइन, समाजलाई नै समृद्ध बनाउने आधार भएकाले यसको सरक्षण र सम्बद्र्धन सधै हुनु पर्छ ।’

आदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ । पुर्खाहरुले हजारौ बर्ष अगाडि देखि अभ्यासमा आएको यो परम्परामा मौलिक साधन र स्रोतमा नै सम्भव छ ।

आदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ । पुर्खाहरुले हजारौ बर्ष अगाडि देखि अभ्यासमा आएको यो परम्परामा मौलिक साधन र स्रोतमा नै सम्भव छ । यसले आयातित बस्तु, सामान र कुनै पनि बनावटी सामानमा भर पर्न पर्दैन । औषधि उपचारमा हाम्रोआफनै जटिबुटीको प्रयोग हुने गरेको थियो । हिमाली आदिवासीले प्रचलनमा ल्याएको सोवारिग्पा उपचार पद्यति विभिन्न देशमा प्रचलित छ भने प्रकृति पुजक आदिवासीहरुले आफनो चाडपर्बमा प्रयोगमा ल्याउने र प्रदर्शन गरिने सामाग्रीहरुमा यसको महत्व देख्न सकिन्छ । 

राई किरातहरुले सधै प्रयोग गर्ने चिन्डोले खोला नदी पार गरेर एक अर्को स्थानमा जाँदा उपयोगी ठानेर प्रयोग गरेको हुन सक्छ ।  आदिवासी अभियन्ता जय शिवाहाङ थप्नु हुन्छ, आधुनिक भनिइने आजको पुस्ता भन्दा हाम्रा अग्रजको परम्परा ज्ञान र चेतना धेरै अग्रगामी थियो । यस्ता बिषयबस्तुलाई हामीले छाड्नु हुन्न । 

आधुनिक भनिइने आजको पुस्ता भन्दा हाम्रा अग्रजको परम्परा ज्ञान र चेतना धेरै अग्रगामी थियो । यस्ता बिषयबस्तुलाई हामीले छाड्नु हुन्न । 

नेपाल तामाङ घेदुङका उपाध्यक्ष तामाङ पनि आदिवासी ज्ञानमा जीवन र जगत प्रति बेग्लै दृष्ट्रिकोण हुने भएकाले यसको बुझाईमा फरक धारणा आउने भएता पनि यो परम्परालाई अन्धविश्वास वा अवैज्ञानिक भन्न नमिल्ने बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ,–‘फेरिएको व्यस्थ मानव जीवनका कारण यी अमूल्य सम्पदा संकट तिर गएको मात्र हो । तर यसको महत्व घटेको छैन ।’

आदिवासी अध्येता रापचा पनि यसलाई कुसंस्कार अन्ध विश्वासको प्रचार गर्नू आफैमा अर्को अन्ध विश्वास भन्नु हुन्छ । ‘हाम्रा मौलिक ज्ञान र परम्परालाई बुझन मौलिक चिंतन र चेतना पनि हुनु पर्दछ ।’ उहाँको थप भनाई थियो ।   

आदिवासी ज्ञानमा खाद्य परिकार देखि लगा फाटा, औषधिजन्यसम्म्का बिषय पर्दछन् ।  बर्तमा कोरोना महामारीको बेला रोगप्रतिरोधात्मक क्षमताको चुनौतिको सामना गर्न आदिवासीय चालचलन, परम्परा र आदिवासीय संस्कार र संस्कृतिलाई पुनस्थापन गरेर आफनो जीवन शैली त्यतर्फ ढाल्नुको बिकल्प छैन । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook