कोभिडमा आदिवासीका प्रथाजनित संस्थाको भूमिका

मंगलवार २० श्रावण, २०७७   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

कोभिडमा आदिवासीका प्रथाजनित संस्थाको भूमिका

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) मा नेपालका आदिवासीहरुको प्रथाजनित संस्थाको असल अभ्यास यतिबेला विशेष चर्चामा रहेको छ । विशेष गरेर मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले कोरोना महामारीको समीक्षा गर्दै जारी भएको मार्गदर्शनमा नेपालका आदिवासीका प्रथाजनित संस्थाहरुले असल काम गरेको विवरण प्रकासित गरे पछि यस सम्बन्भी चासो बढेको छ । 

‘कोरोना महामारीको संक्रमण बढने संकेत पछि सरकारले लकडाउन घोषणा अघि नै आदिवासीको प्रथाजनित संस्था क्रियाशिल रहेको स्थानमा ती संस्थाहरुले प्रथाजनति कानुन प्रयोग गरी संक्रमण नियन्त्रणको प्रयास गरेको थियो ।’ नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरका अनुसार प्रथाजनित संस्था जिवित रहेको स्थानमा कोरोना संक्रमणको संभावना अत्यन्त न्युन हुन्छ । तर, जहाँ जहाँ आदिवासीका यी प्रथा, परम्परा र प्रथाजनित संस्थाको अस्तित्व छैन, त्यहाँ कोरोना संक्रमणको संभावना बढी रहेको छ । 

जहाँ जहाँ आदिवासीका यी प्रथा, परम्परा र प्रथाजनित संस्थाको अस्तित्व छैन, त्यहाँ कोरोना संक्रमणको संभावना बढी रहेको छ । 

विश्वका सबै आदिवासीका प्रथाजनित संस्थाहरु हुन्छन् । आदिवासीको सामुहिक अधिकारलाई प्रत्याभूत गर्ने गरी यस्ता प्रथाजनित संस्थाहरुले पृथक सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अभ्यास गर्ने गरेका छन् । तर पछिल्लो समयमा विश्वव्यापिकरण, उदार अर्थतन्त्र तथा प्रभूत्वशाली जाति वा समूदायको प्रभाव र राज्यका असहिष्णु व्यबहारका कारण यस्ता अभ्यासहरु लोप हुँदै गएका छन् । 
नेपालमा पनि केही आदिवासी जनजातिहरुको मात्र यस प्रकारको प्रथाजनित संस्थाको अस्तित्व जिवित रहेको छ । महिला अधिकाकर्मी यशोकान्ति भट्टचनका अनुसार नेपालका आदिवासीहरु मध्ये मगर, थारु, थकाली, नेवार, माझी, धिमाल, ह्योल्मो, सन्थाल, तामाङ, डोल्पो तथा ल्होमी आदिको मात्र प्रथाजनित संस्थाहरु सक्रिय रहेको खुल्न आएको छ । अन्य आदिवासीका बारे स्वतन्त्र अनुसन्धान हुन बाँकी नै छ । 

काठमाडौ उपत्यकामा नेवार समुदाय तथा ज्यापुहरुको गुठी प्रथाजनित एक क्रियाशिल संस्था हो । यो परम्परालाई आदिवासी नेवारहरुले आजपर्यन्त जोगाएर ल्याएका छन् । यसरी नै मगरहरुको भेजा, थकालीहरुको घम्प, सन्थालको माझीको मझेसेवा, धिमालको माझीवाराङ, थारुको बरघर, ह्योल्मो ह्युलठीम, तामाङहरुको चोको प्रणाली प्रमूख छन् । 
‘मगरहरुको प्रथाजनित संस्थालाई भेजा भनिन्छ, यो प्रथा पाल्पामा अभ्यासमा रहेको छ ।’ नेपाल मगर महिला संघकी अध्यक्ष खासुमगरले भन्नु भयो –‘कोभिड– १९ को संक्रमण सुरु हुन भन्दा अगाडि नै भेजाले बिशेष निर्णय गरेर समुदायलाई जोगाउने काम गरेको छ ।’ 

कोभिड– १९ को संक्रमण सुरु हुन भन्दा अगाडि नै भेजाले बिशेष निर्णय गरेर समुदायलाई जोगाउने काम गरेको छ ।

‘हामी मगरहरु कोरोना जस्ता महामारीलाई ‘देशान’ भन्ने गर्दछौ ।  यस्तो देशानका बेला भेजाको भूमिका महत्वपूर्ण हुन्छ । भेजाले भनेको कुरा हामी सबै भेजारी (समुदायका सदस्य) ले मान्नु पर्दछ ।’ खासुमगरले भन्नु भयो –‘राज्यले प्रबाह गरेको सूचना स्थानीय तहमा सबैसाधारण मगरहरुले नबुझने र विश्वास पनि कम हुने भएकोले भेजा मार्फत देशानको सहि सूचना प्रबाह भएको छ । यस्तो सूचना निगू वा सेरले प्रबाह गर्ने गर्दछन् । मगर खाम भाषामा सेर र मगर ढुड भाषामा निगु भनेको भेजाको प्रमूखलाई जनाउँछ ।’

अर्का महिला अधिकारकर्मी यशोकान्ति भट्टचनले पनि राज्यले प्रबाह गरिरहेको सूचना भन्दा आदिवासीको प्रथाजनित संस्थाको सूचना प्रभावकारी भएको बताउनु भयो । ‘आदिवासीहरु दुर्गम  एबम् राज्यका सेवा प्रबाह नपुग्ने स्थानमा बसेका हुन्छन् । यस्तो स्थानमा राज्यको उपस्थिति अत्यन्त न्युन छ ।  ती स्थानमा आदिवासीका प्रथाजनित र्संस्थाको अभ्यासले नै आदिवासीले आफनो परिचय, पहिचान पाएका छन् भने आदिवासी ज्ञानको हस्तान्तरण सम्भव भएको छ  ।’ उहाँले थप्नु भयो –‘कोरोना जस्तो महामारीका बेला आदिवासीको प्रथाजनित संस्था भएकै कारणले अतिसिमान्तीकरण अवस्थामा रहेका आदिवासीहरुले प्राण पाएका हुन ।’ 

महामारीका बेला खाद्य संकट, औषधिमूलो एबम् रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने खाद्य पदार्थको उपलव्धतालाई सहजीकरण गरेका थिए । आदिवासीहरुको आफनो परम्परागत ज्ञानमा आधारित औषधि तथा खाद्य जोहो गर्ने विधिहरु रहेका छन् । 

आदिवासी अभियन्ताहरुका अनुसार कोभिडजस्तो महामारीका बेला प्रथाजनित संस्थाहरुले आफनो समुदायका जनतालाई रोगबाट बचाउन आफनो भौगोलिक क्षेत्र भित्र बाह्य मानिसको प्रबेशलाई नियमन गर्ने गरी बन्दाबन्दीको घोषणा गरेका थिए । यस्तो अभ्यास आदिवासी बहुल रहेको सबै गाउँ टोलमा थियो । यसरी नै कोरोना जस्ता महामारीका बेला खाद्य संकट, औषधिमूलो एबम् रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने खाद्य पदार्थको उपलव्धतालाई सहजीकरण गरेका थिए । आदिवासीहरुको आफनो परम्परागत ज्ञानमा आधारित औषधि तथा खाद्य जोहो गर्ने विधिहरु रहेका छन् । 

संखुवासभाको मित्रराष्ट चीनको स्वाशासित क्षेत्र तिव्वतसंग सीमा जोडिएको क्षेत्रमा बसोबास गर्ने आदिवासी ल्होमीहरुले पनि यही विधि अपनाएर आफनो भूक्षेत्रमा बसोबास गर्ने ल्होमीहरु कोरोना महामारीका संभावित संकट समाधान गरेका थिए । ल्होमी आदिवासी जनजातिहरुको जातीय संस्था ल्होमी (सिङ्सा) महिला कल्याण केन्द्रकी अध्यक्ष चिङचिपा ल्होमीले बताउनु भए अनुसार गौरुङ तथा मलुङ्वा जस्ता प्रणालीले समाजलाई एकताबद्ध र सामुहिक निर्णय गर्न प्रेरित गरेको छ । ‘कोरोना जस्ता महामारीका बेला मलुङ्वाहरु (गाउँका प्रमूख) ले आफनो भाषामा कराएर सूचना दिए पछि यसको पालना हरेक सदस्यले गर्नू पर्दछ ।’ 

आदिवासी जनजातिको चिनारीका रुपमा बाँचेको यी प्रथा परम्पराहरुले समुदायस्तरको संकट न्युन गर्न सहयोग गरेको छ । प्रथाजनित संस्थाहरुको धेरै पक्षहरुमा असल अभ्यासहरु छन् । तर तिनको लेखाजोखा गर्ने परम्परा भने त्यति साह्रो छैन । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook