आदिवासी आन्दोलनमा नेपालको उपलव्धी सकारात्मक

शनिवार २४ श्रावण, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

प्रा. डा. ओम गुरुङ

प्रा. डा. ओम गुरुङ

कृतिपुर, नेपाल

आदिवासी आन्दोलनमा नेपालको उपलव्धी सकारात्मक

२६ औ विश्व आदिवासी दिवश बिशेष 

सदा झै यस बर्ष पनि विश्व आदिवासी दिवश आइपुगेको छ । अगष्ट ९ मा विश्व आदिवासी दिवश मनाउने क्रममा नेपालमा पनि यो  दिवस मनाउन  लागेका छौ । यसरी बिश्व आदिवासी दिवश मनाउन लागेको पनि २५ वर्ष पुरा भएर २६ बर्ष पुगेको छ । 

विगतका बर्षहरुमा नेपालमा मात्र होइन, बिश्वभरी नै विश्व आदिवासी दिवश भव्य रुपमा  मनाउने हाम्रो परम्परा थियो  । तर यस बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सार्वजनिक समारोहको आयोजना गर्न सम्भव भएन ।  यस बर्ष बिगतमा जस्तो  संगठित र व्यवस्थित ढंगले आदिबासी संघ सगठनहरु एक स्थानमा भेला भएर कार्यक्रम गर्ने वातावरण छैन । 

तथापि, आदिबासी क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्था तथा व्यक्तिहरुले केही न केही रचानात्मक कार्य गर्दै यो दिवशलाई मनाई रहेका छन् । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले र सरकारी तथा गैरसकारी संस्था र आदिबासी जनजाति स्वयमले यस दिवशलाई हक अधिकारका विषयमा र चेतनामुलक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् । 

आदिबासी जनजातिहरुको अधिकार सुनिचित गर्ने, उनीहरुको भाषा,  संस्कृति,  परम्परागत ज्ञान,  मानव अधिकार, बाताबरण अधिकार, स्वास्थ्य रोजगारमा सहज पहुँचजस्ता बिषय यस दिवशसंग जोडिएका छन् ।

नेपालको सन्दर्भमा विश्व आदिबासी दिवसको महत्व धेरै रहेको छ । संयुक्त राष्ट्र संघले यो दिवश मनाउनुको पृष्ठभूमिमा केही उदेश्यहरु अङगिकार गरेको छ । आदिबासी जनजातिहरुको अधिकार सुनिचित गर्ने, उनीहरुको भाषा,  संस्कृति,  परम्परागत ज्ञान,  मानव अधिकार, बाताबरण अधिकार, स्वास्थ्य रोजगारमा सहज पहुँचजस्ता बिषय यस दिवशसंग जोडिएका छन् । ती उदेश्य पुरुा गर्नका लागि संयुक्त राष्टसंघले आदिवासीको  स्थायी मञ्चजस्तो संरचना नै खडा गरेको छ । तर उसका पनि आफ्नै सिमाहरु छन् । 

संयुक्त राष्टसंघीय आदिवासी स्म्बन्धि स्थायी मञ्च आफैपनि एक अधिकार सम्पन्न निकाय नभएरु परामर्सदाता निकाय मात्र हो । यसका लागि संयुक्त राष्ट्र संघले नियमित बजेट उपलव्ध गराउँदैन । केही भोलेन्टरी फन्डका आधारमा यो निकाय चलेको छ । यसकारण पनि आदिवासीका उदेश्यहरु पुरा गर्न कठीन भएको बुझन सकिन्छ । 

बिश्वका धेरै देशहरुमा आदिवासीको अवधारणाले प्रबेश नै पाएको छैन ।  कुनै मुलुकहरुमा त विश्व आदिबासी दिवस किन मनाइन्छ भन्ने सम्मको सूचना पुगेको छैन । विश्व आदिबासी दिबस मनाउन सुरु भएको २५ बर्ष भयो, तर केही आदिवासी बहुल भएका मुलुकमा यसको जानकारी समेत छैन । तथापि नेपालमा भने आदिवासी दिवशले व्यापकता पाएको छ । यो हाम्रो उपलव्धी हो । 

बिश्वका धेरै देशहरुमा आदिवासीको अवधारणाले प्रबेश नै पाएको छैन ।  कुनै मुलुकहरुमा त विश्व आदिबासी दिवस किन मनाइन्छ भन्ने सम्मको सूचना पुगेको छैन । विश्व आदिबासी दिबस मनाउन सुरु भएको २५ बर्ष भयो, तर केही आदिवासी बहुल भएका मुलुकमा यसको जानकारी समेत छैन ।

नेपालमा आदिबसीहरुको पहिचानको विषय उठेर भर्खर आन्दोलन हुँदै थियो । आदिबासी जनजाति को हुन् भन्नेसम्म पत्तो थिएन । त्यसबेला पहिलो पटक विश्व आदिबसी दिबस १९९३ मा मनाइयो । १९९५ देखि २००४ सम्म पहिलो आदिवासी दशक, २००५ देखि २०१५ सम्मको दोस्रो दशकको रुपमा मनाइयो । यसले नेपालका आदिबासीको अन्दोलनलाई अन्तराष्ट्रिय कानुनी मान्यता दिन सफल भयो । त्यसपश्चात आदिबासी जनजातिहरु क्रमशः संगठित हुन थाले ।  आदिवासीका हक अधिकारको कुरा  गाउँगाउँमा संस्थाहरुले पु¥याउन थाले ।  यी गतिविधिले राज्यको पनि ध्यानआकर्षण भयो । यसैको परिणाम स्वरुप ५९ आदिबासी जनजातिको सुचिकरण सहित आदिवासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानको गठन भयो । 

नेपालको आदिबासी जनजातिको आन्दोलनमा विश्व आदिबासी दिवसले राम्रो योगदान गरेको छ । आदिबासीहरुका हकअधिकार,  समानुपातिक समाबेशीकरणका कुराहरु, भाषा, संस्कृति, परम्परा ज्ञान, पुर्खोली भुमिमाथिको अधिकार, प्रकृतिक स्रोत सम्पदा माथिको अधिकार, आत्मनिर्णय, जातीय स्वसाशान जस्ता सबै मुद्धा उठ्नुमा विश्व आदिबासी दिबसको योगदान छ । आदिबासीहरुको अधिकार सुनिश्चित गर्ने आइएलओ महासन्धी नम्बर  १६९,  आदिबासी  अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषणापत्र जस्ता अन्तरमाष्टिय कानुनहरु अनुमदित भए । नेपालले त्यसको पक्षराष्ट्रका रुपमा अनुमोदन गरेका कारण नेपालको आदिबासी आन्दोलनलाई अझ बलियो बनायो । अन्तराष्ट्रियस्तरका आदिबासी सम्बन्धी कामगर्ने संस्थाका प्रतिनिधि नेपालमा आदिबासी विषयकमा हौसला र साथ सहयोग दिएका छन् । यसकारण अन्य मुलुकहरुको तुलनामा नेपालमा आदिबासी जनजातिको हकअधिकारका तुलनात्मक रुपमा सकारात्मक ढंगले अघि रहेको देखिन्छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु प्रा. डा. ओम गुरुङ

किताबहरु

Helping Hands

Like us on Facebook