थारु ज्ञानबाट बाढी नियन्त्रण, इन्जिनियर पनि छक्क !

विहिवार ११ भाद्र, २०७७   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

थारु ज्ञानबाट बाढी नियन्त्रण, इन्जिनियर पनि छक्क !

समाचारदाता 

बर्दियाको राजापुर र गेरुवा बाढीका कारण उच्च जोखिममा परेको गाउँलाई आदिवासी थारुको परम्परागत ज्ञानको प्रयोगबाट जोखिम रोकथाम गर्न सफल भएको छ ।  लगातारको बर्षादले कर्णाली नदीको जलसतह बढे पछि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र उच्च जोखिममा परेका थिए । राजापुर नगरपालिकाको वडानम्बर ३ स्थित तिगरामा कर्णालीले तटबन्ध भत्काउन थाले पछि स्थानीय थारुहरुले आफनो परम्परागत ज्ञानको प्रयोग गरी नदीको बहावलाई विपरित दिशातर्फ पठाउन सफल भएका हुन् । 

‘आदिवासी थारुहरुको परम्परागत कुलापानी चौधरी ज्ञान हुन्छ । यहाँ यसैको प्रयोग भएको छ ।’ आदिवासी थारु अगुवा तथा पूर्बमन्त्री डा. गोपाल दहितले भन्नु भयो  ‘आदिवासी थारु ज्ञानमा आधारित गुन्टा र ठोकर बनाएर नदीको मूल प्रबाह अन्यत्र फर्काउन सफल भएका छन् ।’

‘आदिवासी थारुहरुको परम्परागत कुलापानी चौधरी ज्ञान हुन्छ । यहाँ यसैको प्रयोग भएको छ ।’

बन तथा बनस्पतिजन्य पदार्थको प्रयोग गरी गुन्टा निर्माण गरिन्छ र नदीको प्रबाहमा राखिए पछि नदी नियन्त्रण हुन्छ । स्थानीय फत्तेपुर बरघरको नेतृत्वमा नदी कटान रोकथामका लागि स्थानीय डेसाहुरको टोलीले गरेको थियो ।  

फत्तेपुर बरघरका मोतीराम थारुले पनि तटबन्ध सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । ‘पुर्खाले गरेकै काम हो, यहाँ प्रयोग गर्न पाएकोमा खुशी छौ ।’ आदिवासी थारुहरुको बरघर प्रथाजनित संस्था हो । प्रथाजनित कानुनका आधारमा सञ्चालन हुने बरघर समुदायमा आधारित हुन्छ । सामुहिक निर्णयका आधारमा स्थानीय समस्यालाई यस्ता संस्थाले दीगो समाधान खोज्ने प्रयत्न गर्दछ । बरघरका मोतीरामका अनुसार बिगतमा पनि यस्तै स्थानीय साधन र स्रोतको परिचालन गरी आइपरेका समस्या समाधान गर्ने परम्परा अनुसार त्यहाँ तटबन्ध बनाइएको हो । 

‘पुर्खाले गरेकै काम हो, यहाँ प्रयोग गर्न पाएकोमा खुशी छौ ।’

पूर्ब मन्त्री डा गोपाल दहितका अनुसार बिगतमा तटबन्ध गर्ने प्रयास विफल भए पछि आदिवासी थारुको परम्परागत ज्ञानका आधारमा तटबन्ध गर्ने प्रयास गरिएको हो । थारुहरुको यो सीपलाई देखे पछि तटबन्ध क्षेत्रमा खटिने इन्जिनियर तथा प्राविधिकहरु पनि छक्क परेर परम्परागत ज्ञानको प्रसंशा गर्ने गरेका छन् ।  

यस अघि कर्णाली नदी व्यबस्थापन आयोजनाले दुईबर्ष अघि यहाँ दुईसय मिटर लामो तटबन्ध बनाएको थियो । यस अघि आर्थिक बर्ष २०७२÷७३ मा ६ करोड ८६ लाख ४० हजारको लागतमा तटबन्ध बनाइएको थियो । तर ती तटबन्ध नदीले भत्काएको थियो । यसरी नदी कटान बडदै जाँदा सिंगो राजापुर नगरपालिका उच्च जोखिममा परेको थियो । तत्कालका लागि यो जोखिम घटेको छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook