आदिवासी ‘सेल्फ क्वारेन्टाइन’ र ‘सेनिटाइजर’

शुक्रवार १२ भाद्र, २०७७   |   कला र साहित्य

Print This   |   Font Size + -

आदिवासी ‘सेल्फ क्वारेन्टाइन’ र ‘सेनिटाइजर’

समाचारदाता 

विश्वव्यापी कोरोना महामारी बढेसंगै क्वारेन्टाइन, आइसोलेशन, सेनिटाइजरको व्यापक प्रचार भएको छ । विश्वव्यापी रुपमा नै महामारीको संक्रमणबाट बच्नका लागि मानव मानव बीचको दुरी कायम गरी प्रत्यक्ष सम्पर्कबाट अलग बस्न आम नागरिकलाई आह्वान भएको छ । समय समयमा मिची मिची हात धुने र  सेनिटाइजरको प्रयोग गरी किटाणुको निर्मलीकरण गर्ने उपाय सुझाईएको छ । धेरैका लागि यस्तो उपायहरु नौलो लागे पनि आदिवासी ज्ञानका बारे जानकारी राख्नेहरु यो उपाय नयाँ नभएर आदिवासीहरुले प्रयोग गरिरहेको विवधका रुपमा व्याख्या गर्ने गरेका छन् । 

असनको यिताचपाः 

आदिवासीका जानकारहरुका अनुसार यस्तो विधि आदिवासी ज्ञानका आधारमा प्रयोगमा आएको दावी गर्दछन् । काठमाडौको असनस्थित ‘यिताचपाः’लाई धेरैले परम्परागत क्वारेन्टाइनको संज्ञा दिने गर्दछन् ।

 ‘यिताचपाः’ मल्ल्कालीन सत्तल हो । तत्कालीन समाजमा काठमार्डौका नेवारहरु ल्हासाको व्यापार गर्दा यही सत्तलमा दुइ साता बसेपछि मात्र घर जान पाउने नियम रहेको थियो । जसलाई परम्परागत क्वारेन्टाइनका रुपमा मान्न सकिने स्थानीयबासीको भनाइ छ । 

 परम्परा अनुसार काठमाडौका नेवारहरुमा तुलाधर, बज्राचार्य, शाक्य तथा धाख्वाः  तथा श्रेष्ठहरु ल्हासाको व्यापार गर्दथे । यसरी व्यापारमा जाँदा महिनौ र बर्षौ घर बाहिर हुने भएकाले घर फर्किदा संक्रमण रोग समुदायमा नफैलियोस भनेर यस प्रकारको सेल्फ क्वारेन्टाइनको व्यबस्था गरिएको हो । 

असनको अन्नपूर्ण मन्दीरसंगै रहेको सिताचपा हाल गुठीसंस्थानको स्वामित्वमा रहेको छ । गुठीसंस्थानले यस सत्तललाई अन्नपुर्ण ज्ञानमाला भजनखलः सञ्चालन गर्न दिएको छ । 

परम्परा अनुसार काठमाडौका नेवारहरुमा तुलाधर, बज्राचार्य, शाक्य तथा धाख्वाः  तथा श्रेष्ठहरु ल्हासाको व्यापार गर्दथे । यसरी व्यापारमा जाँदा महिनौ र बर्षौ घर बाहिर हुने भएकाले घर फर्किदा संक्रमण रोग समुदायमा नफैलियोस भनेर यस प्रकारको सेल्फ क्वारेन्टाइनको व्यबस्था गरिएको हो । 

स्थानीय बिष्णुलाल बज्रचार्यको भनाईमा पुर्खाहरुले यस्तो प्रचलन चलाएका थिए । ल्हासाबाट फर्के पछि यिताचपामा अनिवार्य बस्नै पर्दथ्यो । यदी नबसेमा गुथीले प्रश्न गर्ने हुँदा सबैले यो नियम स्वीकाररेका थिए । उपत्यकाका नेवारहरु सन् १९५९ सम्म ल्हासाको व्यापार गर्ने गरेका थिए । बज्रचार्यको थप भनाई छ, उपत्यकाबाहिर घुमेर फर्कनेहरुलाई एक प्रकारको जडिबुटी ‘खालु’ पानीमा डुबाएर रस खुवाए पछि मात्र घर भित्र छिर्न दिने चलन अहिले पनि कायम छ । 

इतिहासविद मोतीलक्ष्मी शाक्यकका अनुसार ल्हासाबाट फर्कनेहरुको शरीर सुन्निने रोग लाग्ने गरेको थियो । यस्तो रोगलाई पानी रोग भनिन्छ । ल्हासाबाट फकिएका व्यापारीहरु सत्तलमा उपचार गरेर यहाँको हावापानीमा घुलमील भए पछि मात्र  घर पस्न दिइने प्रचलन छ । 

क्वारेन्टाइन नेपालका लागि आदिवासीका लागि नयाँ र नौलो होइन । नाममा फरक भए पनि प्रचलन र विश्वासका आधारमा यस्तो क्वारेन्टाइन चल्ने गर्दथ्यो ।

क्वारेन्टाइन नेपालका लागि आदिवासीका लागि नयाँ र नौलो होइन । नाममा फरक भए पनि प्रचलन र विश्वासका आधारमा यस्तो क्वारेन्टाइन चल्ने गर्दथ्यो । संस्कृतिविद् पुरुषेत्तमलोचन श्रेष्ठले १८ ओ शताव्दी अर्थात नेपाल सम्बत ७३६मा महामारीका बेला तत्कालीन राजा भास्कर मल्ल अहिलेको हनुमानढोका तिनढोलमा सेल्फ क्वारेन्टाइनमा बसेका थिए । सातबर्षसम्म चलेको त्यस महामारीमा धेरै मान्छे मरेको इतिहासमा उल्लेख छ । 

तामाङको स्युक्पा

नेवार समाज जस्तै आदिवासी तामाङ समाज पनि कामको खोजीमा घरबाहिर जाने समुदाय हो । श्रमको खोजीमा बाहिर निस्केका तामाङहरुले घर फर्कदा बिशेष नियमको पालना गर्नू पर्दथ्यो । हालको  व्यबस्था झै सेनिटाइजरको बदलामा धुपबालेर शरीरलाई रोगमुक्त बनाईने गरिन्थ्यो । तामाङहरुले प्रयोग गर्ने धुपी, तीतेपातीमा संक्रमण बिरुद्धको किटाणुनाशक औषधि हुने उनीहरुको बिश्वास छ । यसलाई तामाङहरुले स्युक्पा भन्ने गर्दछन् । अहिले पनि तामाङ वोन्पोहरुले उपचारगर्दा तितेपाती र (स्युक्पा) धुपीको प्रयोग गर्दछन् । बच्चाहरुको न्वारान गर्दा यीनै धुपी सहित भलायो लगायतका बनस्पत्तिको प्रयोग गरेर रोग प्रतिरोधलाई बलियो बनाउने गरेको भनाई छ । 

तामाङलगायतका आदिवासीहरु मलामी गएर फर्के पछि धुपबात्ति गरेर मात्र घर छिर्ने प्रचलन छ । आदिवासी अभियन्ताहरु यसलाई परम्परागत ज्ञानमा आधारित उपचारपद्धतिको दावी गर्दछन् । जस्लाई आदिवासीले प्रयोगमा ल्याएको सेनिटाइजर भन्न सकिन्छ । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook