उपत्यकाका नेवारहरु सरकारसंग किन रिसाए

शुक्रवार १९ भाद्र, २०७७   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

उपत्यकाका नेवारहरु सरकारसंग किन रिसाए

आवरणमा देखिए भन्दा फरक हुन्छ, वास्तविकता  । खोल राम्रो भएर मात्र हुँदैन, गुदी राम्रो हुनु पर्छ । कतिपय फलफूलहरु बाहिरबाट हेर्दा खाउँ खाउँ लाग्ने भए पनि भित्र कुहिएको हुन सक्छ । खोलकै कुरा गर्दा चाउचाउ धेरै राम्रो छ, बिज्ञापन पनि चौधरी ग्रुपको नराम्रो भन्न मिल्दैन । थ्रिडिमा बनेको बहुभाषिक विज्ञापन धेरै टेलिभिजन र रेडियोले घन्काई रहेकै छन् । तर के गर्नु डा. अरुणा उप्रेतीलगायतका वरिष्ठ चिकित्सकहरुले पत्रु खानाको एक नम्बरमा यही चाउचाऊ राखेका छन् । यसैले कुनै घटना वा बिषयबस्तु एकातिर हुन्छ, वास्तविकता अर्केतिर हुन्छ । 

मानिसहरु मत्सेन्द्रनाथको जात्रा र सरकारको कफ्युको सन्दर्भलाई विश्लेषण गरिरहेका छन् । बजारमा सरकार र नेवार समुदायलाई स्यावासी दिने र गाली गर्ने सरोबरी भेटिन्छन् । कोही भन्छन् नेवारहरुलाई दमन गरेर सरकारले ठिक गर्यो । कसैको तर्क छ निषेधाज्ञा उल्लघन गरेर नेवारहरुले गज्जव गरे । यसरी आफना–आफना तर्कको निशाना स्वघोषित विश्लेषकहरुले बजारमा फालि रहेका छन् । यस्ता विश्लेषकहरुका लागि अहिलेको जमानामा न त कुनै पत्रिका चाहिन्छ, न त रेडियो वा टेलिभिजन नै चाहिन्छ । फेसबुक नामको सन्जालमा फाले पछि आफै भाइरल भई दिन्छ । मिडियाका लागि पाठकपत्रमा पनि नछापिने यस्तो बिश्लेषणका भरमा मान्छेहरु तरङ्ंगित भइरहेका छन्, हुन्छन् पनि । 

घरको दैलोबाट बाहिर निस्कने वित्तिकै ‘कोरोना नामको अजंगको महामारी हुन्छ, त्यस्ले च्याप्प समाउँछ’ भन्ने प्रकारको प्रचारका बाबजुद ‘रोग लागे लागोस् तर हाम्रो परम्परा र संस्कृतिको निरन्तरता चाहान्छौ’ भनेर युवाहरु नै तात्तिनुको के अर्थ हुन्छ ? फेसबुके विद्वानहरुको बिश्लेषण जस्तो यो लहै–लहैमा भएको झडप हुँदै होइन । न त असमझदारी र भ्रमको उत्पादन नै हो । 

विश्वव्यापी महामारीका बेला सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेर घरबाट बाहिर निस्केमा जेलसम्मको सजाय हुने धम्की दिइरहेका बेला ललितपुरका नेवारहरु स्वतःस्फुर्त सडकमा निस्केर सरकारलाई चुनौति मात्र दिएनन्, हतियारधारी प्रहरीसंग आँखामा आँखा जुधाएर प्रतिकारमा समेत उत्रिए । घरको दैलोबाट बाहिर निस्कने वित्तिकै ‘कोरोना नामको अजंगको महामारी हुन्छ, त्यस्ले च्याप्प समाउँछ’ भन्ने प्रकारको प्रचारका बाबजुद ‘रोग लागे लागोस् तर हाम्रो परम्परा र संस्कृतिको निरन्तरता चाहान्छौ’ भनेर युवाहरु नै तात्तिनुको के अर्थ हुन्छ ? फेसबुके विद्वानहरुको बिश्लेषण जस्तो यो लहै–लहैमा भएको झडप हुँदै होइन । न त असमझदारी र भ्रमको उत्पादन नै हो । 

विषयका रुपमा अहिले परापूर्बकाल देखि चलि आएको बुंगद्यो (रातो मत्सेन्द्रनाथ) को रथयात्रा केन्दीय विषयबस्तु रहेको छ । रातो मत्सेन्द्रनाथको जात्रा राज्यले समेत मान्यता दिएको ऐतिहासिक–साँस्कृतिक जात्रा हो । हरेक साल बर्षा र सहकालको देवता भनेर धुमधामका साथ यो जात्रा मनाउने उपत्यकाबासीको परम्परा छ । यस पटक पनि सरोकारवालाले समयमा नै रथयात्रा गर्न सरकारलाई सुझाव दिँदा दिदै सरकारले यो पर्बलाई महत्वका साथ हेरेन । स्थानीय सरोकारवाला गुथीका पुजारी, ज्योतिष, भक्तजन र गुथियारहरुले राज्यका विभिन्न निकायमा धाएर जात्रा सञ्चालन गर्न अनुरोध गरिआएको हो । तैपनि राज्यका निकायहरु कोरोनालाई देखाउँदै अनिर्णित भए । कोरोनाका नाममा अन्य जात्रा पर्बहरु झै दवाउन पाए हुने थियो भनेर सरकार मौन बस्यो । परिणाम स्वरुप ललितपुरमा युवाहरुले निषेधाज्ञा उल्लंघन गर्न पुगे । सरोकारवालहरुको माँगलाई कसरी समाधान निकाल्न सकिन्छ भन्ने तर्फ सोच्दै नसोची बल प्रयोग गरेर रोक्ने बाटो सरकारले रोज्यो । यसबाट के फल हुने थियो, त्यही भईरहेकोछ, कर्फयु, निषेधाज्ञा र फेरि झडप । 

मत्सेन्द्रनाथको जात्रा राजधानीका आदिवासी नेवारहरुका लागि जीवन भन्दा प्यारो संस्कार र संस्कृति हो । उनीहरु आफनो प्रथा, परम्पराको विरासतको भारी भावी पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । इतिहासमा कहिलै नरोकिएको जात्रा र पर्बहरु यसैपटक रोक्न खोज्नुलाई उनीहरुले रोगको भय भन्दा पनि राज्यको विभेदको चरित्र देखे ।

मत्सेन्द्रनाथको जात्रा राजधानीका आदिवासी नेवारहरुका लागि जीवन भन्दा प्यारो संस्कार र संस्कृति हो । उनीहरु आफनो प्रथा, परम्पराको विरासतको भारी भावी पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । इतिहासमा कहिलै नरोकिएको जात्रा र पर्बहरु यसैपटक रोक्न खोज्नुलाई उनीहरुले रोगको भय भन्दा पनि राज्यको विभेदको चरित्र देखे । किन पनि उनीहरुको आशंकामा दम छ भने उपत्यकाका नेवारहरुको मनमा विभेदको घाउका धरै खाटाहरु छन् । केही दिन अगाडि नेपाल समाचारपत्र नामक राष्ट्रिय दैनिकका प्रकाशक आफैले वाइलाइनमा नेवार समुदाय माथि बिद्यमान सरकारको विभेदका बारे मूख्य समाचार प्रकासित भएको  प्रसंगलाई गंभिरतापूर्बक लिनु पर्छ । यस्ता समाचारहरु अन्य सञ्चारमाध्यमले पनि पछिल्लो समयमा बाक्लै प्रकाशन र प्रसारण गरिरहेका छन् ।  तर, सरकारले यसलाई गम्भिरतापूर्बक लिएको पाइन्न । नेवार समुदायका गुनासा र माँगहरु गंभिरतापूर्बक नलिएकै कारण यो घटना सतहमा देखिएको हो । 

उपत्यकामा गरिएको गैह्न्यायिक सडक विस्तारबाट यी आदिवासी नेवार समुदाय बिच्किनुसम्म बिच्किएको सबैमा जगजाहेर छ । उपत्यकाका सबै शहर र गाउँमा सडक विस्तारको खिचलोले छोएको छ । धेरै आदिवासी नेवारहरु घरबार बिहिन भएका छन्, सम्पत्तिका नाममा भएको एउटा घर सरकारले डोजर लगाएर भत्काए पछि कतिको उठीबास भएको छ, कति जना डिप्रेशनमा परेर बसेका छन् । यस्तो बेला सरकारले ती पिडीत जनताको आवाज लाई सम्बोधन गर्न त कता हो कता ? झगडिया झै यतिबेला सरकार जनताबिरुद्ध अदालतमा तारेख धाइरहेको छ ।  

कहिलेकाँही सरकार नदुखेको टाउको डोरीले बाँधेर दुखाउन चाहन्छ । प्रथा, परम्परा र साँस्कृतिक मान्यता अनुसार चली आएको नेवारहरुको गुठी व्यबस्थालाई सरकारीकरण गर्ने उद्देश्यका साथ ल्याइएको गुठी बिधेयक यस्तै टाउको दुखाउने खेल थियो । यसका बिरुद्ध नेवारहरुले शसक्त प्रतिकार मात्र गरेनन्, सरकार घुँडा टेक्न बाध्य भयो । यी सबै नेवार समुदाय बिरुद्ध राज्यको सिलसिलेवार आक्रमण थियो ।

कहिलेकाँही सरकार नदुखेको टाउको डोरीले बाँधेर दुखाउन चाहन्छ । प्रथा, परम्परा र साँस्कृतिक मान्यता अनुसार चली आएको नेवारहरुको गुठी व्यबस्थालाई सरकारीकरण गर्ने उद्देश्यका साथ ल्याइएको गुठी बिधेयक यस्तै टाउको दुखाउने खेल थियो । यसका बिरुद्ध नेवारहरुले शसक्त प्रतिकार मात्र गरेनन्, सरकार घुँडा टेक्न बाध्य भयो । यी सबै नेवार समुदाय बिरुद्ध राज्यको सिलसिलेवार आक्रमण थियो । यस्तो आक्रमण, जाल झेल, षडयन्त्र बुझेका नेवार समुदायको आज राज्य संयन्त्र प्रति विश्वास छैन । राज्यका हरेक क्रियाकलाप उस्लाई जाती बिरोधी लाग्छ । यो मनोविज्ञानको निर्माता अरु नभएर राज्य सरकार आफै हो । यही मनोबिज्ञानको परिणाम थियो, ललितपुरको घटना । 

योस्तम्भकारलाई सिंगो नेकपाको सरकार जाती बिरोधी र आदिवासी नेवार समुदाय बिरुद्ध जातीय संहारमा नै लागेको भन्ने ठान्दैन । केही नभए पनि यो सरकार जननिर्वाचित सरकार हो । सरकारका प्रतिबद्धताहरु र घोषणापत्रहरु सुन्दर र कर्णप्रिय पनि छन् । तैपनि सरकारको व्यबहार जातीय संहारकर्ताकै ्रुपमा देखिदै आएको छ । चेपाङ घटना होस कि, लिम्बू बिरुद्धको घटनाहरु हुन् । गौहत्याको आरोपमा जेल चलान गरिदै आएका बिषय हुन् वा घरेलु रक्सीको उत्पादन गरेको निहुँमा चेलीबेटीको पैकार नष्ट गरेको विषय हुन् । प्रकारान्तरले जातीय संहारकर्ताकै एयटा पाटो हो । हिन्दुशास्त्रमा खसहरुलाई समाप्त गर्ने अभियानमा पर्शररामले विश्व परिक्रमा गरेका थिए रे ! अहिलेको सरकार तिनै पर्शुराम त होइनन्, जो आदिवासी बिरुद्ध सम्पूर्ण शक्ति केन्द्रीत गरिरहृको छ । ताजुव लाग्ने कुरा यही छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook